बुटवल । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन्।
यसमध्ये, चालूतर्फ १२ खर्ब ७९ अर्ब ५८ करोड रुपैयाँ विनियोजन भएको छ । यो ५९.८ प्रतिशत हो । यस्तै, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड छ । यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशत हो ।
यसमध्ये राजश्वमार्फत १४ खर्ब ५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड ब्यहोर्ने अर्थमन्त्रीको उद्घोष छ । यसरी स्रोत व्यवस्थापन गर्दा ६ खर्ब ५७ अर्ब २९ करोड अपुग हुन्छ । यसकालागि वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड परिचालन हुनेछ ।
यस्तै, ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गर्ने अर्थमन्त्री वाग्लेको भनाई छ ।
बजेटको पूर्णपाठ हेर्नुहोस्
