देवदह। लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आठौँ पदहस्तान्तरण तथा नेतृत्व हस्तान्तरण कार्यक्रम देवदह नगरपालिका–७ पिपलडाँडास्थित सनलाइट होटलमा सम्पन्न भएको छ । कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो सत्रको सञ्चालन लायन निशा गुरुङ र दोस्रो सत्रको सञ्चालन पूजा ढुङ्गानाले गरेका थिए । पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष लायन उषा सुवेदीले गरेकी थिइन् भने दोस्रो सत्र तथा पदहस्तान्तरण कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष लायन चमेली श्रीस बुढाथोकी (बिनिता) ले गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर, एमजेएफ लायन विष्णुप्रसाद पौडेल रहेका थिए । विशिष्ट अतिथिका रूपमा क्लबका चार्टर्ड अध्यक्ष तथा सिनियर डिष्ट्रिक्ट एड्भाइजर लायन मीना गुरुङ उपस्थित रहेकी थिइन् । त्यसैगरी रिजन चेयरपर्सन लायन कमल पौडेल, जोन चेयरपर्सन लायन माधव आचार्य, पूर्व अध्यक्षहरू, बोर्ड सदस्यहरू तथा अन्य लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लायन उषा सुवेदीले लायन्स वर्ष २०२५–२६ मा क्लबले सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधि र उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो अवसरमा क्लबले वर्षभरि सञ्चालन गरेका विभिन्न समाजसेवी कार्यक्रमहरू तथा प्राप्त सम्मानहरूको समेत जानकारी गराइएको थियो । प्रमुख अतिथि एमजेएफ लायन विष्णुप्रसाद पौडेलले क्लबले समाजमा पु¥याएको सेवामूलक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उदाहरणीय सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरे ।
कार्यक्रममा लायन मीना गुरुङ, लायन कमल पौडेल तथा लायन शोभा थापाले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए । जोन चेयरपर्सन लायन माधव आचार्यले लायन्सका आगामी कार्यक्रम, नीति तथा जिल्ला गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य बिनिता श्रीसले व्यक्त गरेकी थिइन् भने धन्यवाद ज्ञापन लायन माया सापकोटाले गरेकीय थिइन् । सोही अवसरमा निवर्तमान कार्यसमितिबाट नवनिर्वाचित कार्यसमितिलाई विधिवत् पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । सहभागीहरूले नयाँ नेतृत्वको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै क्लबले आगामी दिनमा पनि समाजसेवा, महिला सशक्तीकरण तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
