निजी क्षेत्रबीच समन्वय र सहकार्य सुदृढ गर्न स्नेह मिलन कार्यक्रम

मेचीकाली संवाददाता

२० असार २०८३, शनिबार
1 shares

बुटवल। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा निजी क्षेत्रका विभिन्न व्यावसायिक संस्थाबीच आपसी समन्वय, सहकार्य तथा शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले शुक्रबार बुटवलस्थित चेम्बर प्रदेश कार्यालय, मिलनचोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम नारायण पराजुली, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश तथा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलम, नेपाल घरेलु तथा साना उद्योग महासंघ ९लुम्बिनी प्रदेश० का अध्यक्ष गणेश प्रसाद अधिकारी, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जे।पी। कंडेल, सचिव प्रदिप आचार्य तथा कार्यालय प्रमुख सुशिला बुढाथोकी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा निजी क्षेत्रका संस्थाहरूबीच आपसी सहकार्यलाई थप सुदृढ बनाउँदै प्रदेशको आर्थिक विकास, उद्योग–व्यवसाय प्रवर्द्धन तथा साझा सरोकारका विषयमा एकताबद्ध भएर अघि बढ्ने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले निजी क्षेत्रको एकता र समन्वयलाई अझ प्रभावकारी बनाउँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका अध्यक्ष टंक प्रसाद पोखरेलले निजी क्षेत्रका सबै संस्थाहरू साझा उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउँदै प्रदेशको आर्थिक समृद्धि र निजी क्षेत्रको हितका लागि संयुक्त पहल अपरिहार्य रहेको धारणा व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले आगामी दिनमा पनि यस्ता समन्वयात्मक तथा सहकार्य प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।