बालाजी अटोमोबाइल्समा प्रोटोन इमास फाइभ गाडी सार्वजनिक

मेचीकाली संवाददाता

१२ श्रावण २०८३, मंगलवार
5 shares

बुटवल। बुटवलमामा प्रोटोन इमास फाइभ गाडी सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले लुम्बिनी प्रदेशको औद्योगिक तथा व्यापारिक नगरी बुटवलमा इमास फाइभ बिक्री सुरू गरेको हो । प्रोटोन सोरुम, बालाजी ई अटोमाबाइल्स बुटवल–११ कालिकानगरमा गाडीको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सार्वजनिक गरे । सो अवसरमा बोल्दै पराजुलीले नयाँ सुविधासहितको इमास फाइभले ग्राहकको मन जित्नेमा विश्वास व्यक्त गरे ।

कम्पनीले प्रोटोन इमास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले विशेष छुट दिँदै प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । नेपालमा प्रोटोन ब्राण्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इमास फाइभले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य लिएको जगदम्बा अटोमोबाइलका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले बताए ।
प्रोटोन इमास फाइभ अत्याधुनिक प्रविधि र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजन हो । यसमा १४.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छ । साथै, ७० लिटरको फ्रन्ट ट्रङ्क, ३७५ लिटरको विस्तारयोग्य पछाडिको लगेज कम्पार्टमेन्ट तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट सहितको व्यावहारिक डिजाइनले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज अनुभव प्रदान गर्दछ ।

क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इमास फाइभ यस क्षेत्रका ग्राहकहरूको रोजाइ बन्नेमा विश्वस्त रहेको बताए । ‘प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज हामी बुटवलका ग्राहकहरूका लागि प्रोटोन इमास फाइभ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौ । आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इमास फाइभ यस क्षेत्रका ग्राहकहरूको रोजाइ बन्नेमा हामी विश्वस्त छौं । दिगो यातायाततर्फ नेपालको यात्रालाई थप गति दिँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउन पाउनु हाम्रो लागि गर्वको विषय हो’ उनले भने ।

प्रोटोन इमास विश्वबजारमा अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको छ र नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफनो उपस्थिति निरन्तर विस्तार गरिरहेको छ बालाजी ई अटोमोबाइल्सका विशाल जैसवालले बताए । इच्छुक ग्राहकहरूले कालिकानगरस्थित प्रोटोन सोरुममा पुगेर नयाँ प्रोटोन इमास फाइभको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा यसको आधुनिक विशेषताहरू अनुभव गर्न सक्नेछन ।