बुटवलमा नवराज पराजुलीको ‘कविता कन्सर्ट’ हुने

मेचीकाली संवाददाता

२३ श्रावण २०८३, शनिबार
1 shares

बुटवल । बुटवलमा यही साउन ३० गते युवा पुस्ताका चर्चित कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा ‘कविता कन्सर्ट’ हुने भएको छ । करियर गाइड इभेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

बुटवलको मिलनचोकस्थित होटल पालम इन्टरनेशनल सिटी सेन्टरमा दिउँसो २ बजेदेखि कार्यक्रम सुरू हुने करियर गाइड इभेन्टका सञ्चालक अर्जुन खरेलले जानकारी दिए ।

नवराज पराजुली कविता लेखन र बाचन शैलीका कारण विशेष चर्चामा रहेका साहित्यकार हुन् । निजी जीवनका अनुभूतिहरूमा आधारित उनका अधिकांश कविताले युवा पुस्तालाई विशेष आकर्षित गर्दै आएका छन् । पराजुलीको ‘सगरमाथाको गहिराइ’ पुस्तक वि.स. २०७३ पद्मश्री साहित्य सम्मानबाट पुरस्कृत काव्यकृति हो ।

प्रवेशका लागि साधारण टिकट जनही ५ सय रुपैयाँ र भिआइपी टिकट (खानासहित) १ हजार रुपैयाँ तोकिएको छ । कार्यक्रममा सहभागि हुन अनलाइनबाटसमेत टिकट काट्न सकिने छ । कविताप्रति सामान्य चासो राख्नेहरूलाई समेत पराजुलीको प्रस्तुतीले मोहित बनाउने गरेको पाइन्छ ।