बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय कमिटीको बैठक बुटवलमा मंगलबार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष धुव्र आचार्यको अध्यक्षमा बैठक बसेको थियो । बैठकले आउदो असोजमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
प्रतियोगिता असोज १२ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा हुने कमिटीका केन्द्रीय सचिवालय सदस्य विनोद आचार्यले जानकारी दिए । त्यस्तै सगठन गर्ने पनि बैठकले निर्णय गरेको छ । कार्यक्रम सञ्चालन महासचिव मदन उप्रेती, उपाध्यक्ष तुलसी मैनाली, सल्लाहकार मोहन रेग्मी लगायत सबै पदाधिकारीले आ आफ्नो धारणा राखेका थिए ।
