लिओब्स प्रोफेसनले ल्यायो नयाँ उत्पादन बजारमा

मेचीकाली संवाददाता

३० श्रावण २०८३, शनिबार
2 shares

बुटवल । लिओब्स प्रोफेसनलले आफ्ना थप नयाँ प्रोडक्स बजार ल्याएको छ । दुई दशकदेखि सामग्री उत्पादन गर्दै आएको लिओब्सले आफ्नो सेरेनोभा व्यूटी सार्वजनिक गरेको हो ।

सेरेनोभाको शुक्रबार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सार्वजनिक गरे । शुक्रबार सार्वजनिक गरिएका स्कीन र हेयर केयरसम्बन्धी सामग्री झण्डै तीन दर्जन नयाँ उत्पादन हुन् । लिओब्स प्रोफेसनलले कपाल र छालाको हेरचाह र सौन्दर्य उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालले लिओब्सका उत्पादनले बजारमा राम्रो प्रभाव र सबैको रोजाइमा रहेको बताए । उनले सुन्दरता र स्वस्थ छालाको लागि अहिले यस्ता सामानको प्रयोग बजारमा माग बढदै गएको बताए ।

लिओब्सको सुरुवात वि.सं.२०७६ सालबाट भएको हो । कम्पनीले सुरुवाती चरणमा १४ वटा स्किनकेयर उत्पादन र ४ वटा फेसियल किट गरी १८ वटा उत्पादनबाट आफ्नो यात्रा अघि बढाएको थियो । अहिले आफ्ना उत्पादन ४० वटा पुगेको सञ्चालक रेनु श्रेष्ठले बताइन । स्किनकेयरबाट सुरु भएको ग्राहकको माग र आवश्यकताअनुसार विस्तार हुँदै अहिले हेयरकेयरतर्फ समेत पुगेको श्रेष्ठको भनाइ छ । हेयरकेयरअन्तर्गत केराटिन, स्पा अर्थात् हेयर ट्रिटमेन्ट क्रिम, स्याम्पु, सिरम, स्मुथिङ क्रिम लगायतका छन । हेयरकेयरतर्फ नानो प्लाष्ट टिटमेन्ट र यसको होम केयर अत्यधिक रुचाइएका तथा उच्च माग भएका उत्पादन रहेको लिओब्स प्रोफेसनका व्यवस्थापक दीपक भुसालले बताए ।

लिओब्सले रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, स्याङ्जा र प्युठानमा बुटवलबाट प्रत्यक्ष रूपमा आफ्नो काम सञ्चालन गर्दै आएको छ । त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, दाङ र सुर्खेतमा स्थानीय वितरकमार्फत आफ्ना उत्पादन तथा सेवा विस्तार गरेको छ । यसका अतिरिक्त नारायणगढ, हेटौंडा, विराटनगर, धरान, पोखरा, नेपालगञ्ज र धनगढीमा विगतमा समेत काम गर्दै आएको कम्पनीले हाल पूर्ण रूपमा नभए पनि विभिन्न माध्यमबाट आफ्नो बजार तथा ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिइरहेको छ । यसरी सीमित उत्पादनबाट सुरु भएको लिओब्सको बजारको परिवर्तनअनुसार निरन्तर उत्पादन विस्तार गर्दै ४० भन्दा बढी उत्पादनसम्म आइपुगेको छ ।