तुलसीराम पौडेल —
सियारी, असोज ८
नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सियारी गाउँपालिकाको पालिका अधिवेशन बुधबार सम्पन्न भयो ।
सम्पन्न अधिवेशनले नेपाली काङ्ग्रेस सियारीको सभापतिमा सुर्यनारायण यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यसै गरि नेपाली काङ्ग्रेस सियारीको उपसभापतिमा राजेश उपाध्याय र महिला उपाध्यक्षमा माया खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । सचिबमा प्रेमबहादुर चौधरी र सहसचिवमा डुठे थारु सर्वसम्मत भएका छन् ।
नेपाली काङ्ग्रेस सियारीको सदस्यहरुमा वार्ड नम्बर १ बाट बिना भट्टराई र ॠषिराम अर्याल , वार्ड नम्बर २ बाट नन्दकुमार लोध र ननिता थारु ,वार्ड नम्बर ३ वाट जैतुन निशा मुसलमान र मंगल चौधरी ,वार्ड नम्बर -४ बाट संगीता प्यासी र सागर पोख्रेल ,वार्ड नम्बर ५ बाट विमला दर्जी र बिष्णु प्रसाद भट्टराई ,वार्ड नम्बर ६ बाट लक्ष्मी देवी अर्याल र थमन वहादुर रोका , वार्ड नम्बर ७ बाट माधुरी ठाकुर र चुरामणी रिजाल रहेका छन् ।
त्यसै गरि युवा तर्फ सुजन महत ,ओम प्रकाश नाउ र पुजा यादव सर्वसम्मत भएका छन् ।

