जिल्ला समन्वय समिति कपिलवस्तुको पाँचौँ वार्षिक समीक्षा

मेचीकाली संवाददाता

१५ कार्तिक २०७८, सोमबार
853 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला समन्वय समिति कार्यालय कपिलवस्तुको पाँचौँ वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती कपिलबस्तुको आयोजनामा जिल्लाअन्तर्गतका नगरपालिका, गाउँपालिका तथा कार्यालयहरुको आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक समीक्षा एक कार्यक्रमको आयोजना गरी तौलिहवामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले ०७७/०७८ मा भएका प्रगती बिवरण प्रस्तुत गरेका थिए । जिल्लाका १० स्थानीयतहका प्रमुख प्रशसकीय अधिकृतहरुले आ–आफ्नो स्थानीयतहमा भएका प्रगती बिवरणहरु प्रस्तुत गरेका थिए ।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज पौडेल, डिभिजन वन कार्यालय गौतम बुद्धका अधिकृत गणेश चौधरी, जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयका प्रमुख पुरुषोतम उपाध्याय, कपिलबस्तु अस्पतालका मेसु किशोर बञ्जाडे, जिल्ला आयुर्वेद अस्पतालका डाक्टर प्रबेश श्रीवास्तव , प्रधानमन्त्री कृषि आधुनिकीकरणका प्रमुख र कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र नाथ चौवेले वार्षिक प्रगती प्रस्तुत गरेका थिए ।

यसैगरी बाणगंगा सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख कोफुला श्रेष्ठ, सडक डिभिजन कार्यालयका लेखा प्रमुख धनिश्वर पोखरेल, बाबुराम अर्याल, पशुसेवा शाखा प्रमुख डाक्टर उत्तम आचार्यलगायतका कार्यालयहरुका प्रमुखहरुले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य बिमला घिमिरेले प्रतिस्पर्धाको जमानामा बजेट छुट्टाएर मात्र नहुने भएको हुँदा त्यसको व्यवस्थापन कसरी गरिएको छ भन्ने विषय महत्वपूर्ण भएको बताइन् । यस समीक्षाबाट कपिलवस्तुको सम्पुर्ण गतिविधिहरुको बारेमा प्रष्ट हुने बताइन् ।
राष्ट्रियसभा सदस्य घिमिरेले हिजका दिनहरुमा लक्ष अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष हासिल भए कि भएनन् र आगामी दिनहरुका लागि कस्ता खाल्का लक्ष्यहरु पूरा गर्न खोजी रहेका छौँ भन्ने यस्ता कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पुर्ण पालिकाहरुले समन्वयकारी भुमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिइन् ।

यस जिल्लाका लागि बजेट त आफ्नै तालमा आएको छ तर समन्वय भएर बजेट आएको भए धेरै बजेट ल्याउन सकिनेसमेत धारणा व्यक्त गर्दै समन्वय र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताइन् । स्वच्छ हिसाबले प्रतिस्पर्धा गर्न सके बिकासको गति बढ्ने छ, राजनिती हिसाबले फरक भए पनि कार्यालयको हिसाबमा फरक भए पनि जिल्लाको बिकासका लागि सबै एकजुट हुन आबश्यक भएको बताइन् ।
प्रतिनिधिसभा सदस्य अभिशेषप्रताप शाहले स्थानियतहरुका लागि सरकारले उपयुक्त रुपमा बजेट बिनियोजन गरेको छ तर स्थानियतहले बिगत ४ बर्षदेखि बजेत सक्ने । स्थानियतहलाई प्रदेश सरकारले हेर्ने भएको हुँदा प्रदेशलाई पनि बलियो बनाउनु पर्नेमा जोड दिएका थिए । उनले सिसडयो र प्रहर िप्रमुखलाई सरुवा गर्न प्रदेशलाई अधिकार दिन पर्छ भन्दै अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासहरुको उदाहरण दिएका थिए ।
राष्ट्रियसभा सदस्य दिर्घनारायण पाण्डेयले स्थानितह विकास निर्माणका लागि प्रमुख अंग भएकोले जनताको इच्छा र आकांक्षाअनुसार विकास निर्माणका कार्यगर्न आग्रह गरे ।
सहभागीहरुका तर्फबाट शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले जिल्ला समन्वय समितिलाई धन्यवाद दिएका थिए । आँटेका र सोंचेका कुराहरुलाई लक्षमा पुराउने र समृद्धितर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लाका दश स्थानियतहमा कोभिड–१९ को समयमा बिद्यालयहरु बन्द रहँदा समेत पनि शुल्क उठाएको गुनासो आएको हुँदा नियन्तरणका लागि स्थानियतहले कुनै पहल नभएको बताए । यस्तै तीन तहको सरकारमध्ये स्थानियतहमा अनुगमनको अधिकार दिएको छ तर पालिकाहरुबाट अनुगमन कार्य फितलो रहेको हुँदा यस विषयमा गम्भिर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले वार्षिक समीक्षा आयोजना गरेकोमा जिल्ला समन्वय समितिलाई धन्यबाद दिंदै कामहरु गर्ने क्रममा धेरै चुनौती तथा समस्याहरु रहेको बताए । कतिपय विषयहरुमा स्थानिय तहहरुमा एकरुपता नभएको बताएका छन् ।
कार्यक्रममा दश स्थानिय तहका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, सरकारी कार्यालयका प्रमुखहरु, गैसस महासंघ, संचारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालको अध्यक्षता, उपप्रमुख तारवती चौधरीको स्वागत तथा जिल्ला समन्वय समितिका नासु कमला पौडेलको संचालनमा सम्पन्न भएको थियो ।