निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अन्तरकथा

तीन मुलुकका प्राविधिक एकसाथ जुट्न नसक्दा विमानस्थल सञ्चालनमा ढिलाई

मेचीकाली संवाददाता

३ पुष २०७८, शनिबार
715 shares

शिलान्यासदेखि उद्घाटनको पर्खाइसम्म, झिनामसिना काममा अल्झदै म्याद सार्दै

दिपेश पछाई
भैरहवा । वि.सं २०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गर्नुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७४ पुस मसान्तभित्र सम्पन्न भैसक्नुपर्ने थियो । २०७४ पुसमा सम्पन्न हुनुपर्ने विमानस्थल २०७८ पुसमा आइसक्दा पनि पूरा हुन सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलको सञ्चालनको मिति अझै टुङ्गो लाग्न सकेको छैन । लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाको रुपमा मानिएको विमानस्थलको निमार्ण कार्य कहिले सकिने हो भन्ने एकिन भन्न सकिने अवस्था छैन । नियमित काम भएको भए चार वर्षअगावै विमानस्थल सञ्चालनमा आउने थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।

विमानस्थल निमार्णको काम सकिएको छ । विमानस्थलमा जडान भएका उपकरणहरुको जाँच गर्न क्यालीब्रेसन फ्लाइट मात्र बाँकी छ । क्यालीब्रेसन फ्लाईट सकिनेबित्तिकै विमानस्थल उडानका लागि योग्य हुने छ । तर विगत एक बर्षदेखि विमानस्थल आयोजना यही क्यालिब्रेसन फ्लाइटको पर्खाइमा छ । विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानसम्मको जिम्मा थाइल्याण्डको एरो थाई कम्पनीलाई थियो । कोरोनाका कारण एरो थाइका प्राविधिकहरुलाई थाई सरकारले बाहिरी देश जानका लागि अनुमति नदिँदा करीब एक बर्ष अगाडिीगर्नुपर्ने काम सर्दैसर्दै आएको छ । अहिले एरो थाइका प्राविधिकहरु नेपालमा छन् तर युरोप र अमेरिकाका प्राविधिकहरु नेपाल आउन सकेका छैनन् । निमार्णाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा क्यालीब्रसन फ्लाइट गर्नका लागि थाई, अमेरिकन र युरोपमा प्राविधिक एक साथ भए मात्र क्यालीब्रसन फ्लाइट गर्नका लागि मिल्छ । तीन मुलुकबाट आउने प्राविधिक एक साथ जुट्न नसक्दा विमानस्थलमा क्यालीब्रेसन फ्लाइट हुन सकिरहेको छैन ।

(३१ डिसेम्बर २०१४ ) का दिन तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको बिमानस्थल निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नुपर्ने गरी सहमति भएको हो । २०७१ माघ मा शिलान्यास भएको विमानस्थल २०७४ पुस मसान्तभित्र पूरा गर्नुपर्ने भएतापनि विभिन्न अवरोधका कारण समयमै निमार्ण सम्पन्न हुन सकेको छैन ।

नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैया“मा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको विकल्पका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल छिटो निर्माण कार्य सम्पन्न गर्न दवाव छ । समयमै निमार्ण कार्य सम्पन्न नभएपनि आयोजनाले पटकपटक म्याद थप गरेको छ । सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी शुरु गरिएको विमानस्थल २०७२ को भूकम्प र मधेश आन्दोलनको अवरोधले सन् २०१८ को जुनसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिए पनि केही काम बाँकी रहेपछि तेस्रो पटक समय थप भएको थियो । तेस्रो पटक थप गर्दा निर्माण अवधि डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने भनिएको थियो । २०१९ डिसेम्बरमा पनि सक्ने अवस्था नभएपछि परियोजनाले चौथौ पटक म्याद थप गरेको छ । पटकपटक गरी छैटौँपटक म्याद थपिएको छ । अहिले पुनः म्याद थप गर्ने तयारीमा छ । अहिले म्याद थप भए विमानस्थल निमार्णका लागि सातौँपटक म्याद थप हुने छ ।

२०७२ को भूकम्प र मधेश आन्दोलनका कारण काम गर्ने वातावरण तयार नहुँदा निमार्णको म्याद सरेको छ । त्यसैगरी विमानस्थल निमार्ण गर्ने क्रममा आवश्यक पर्ने नदीजन्य पदार्थ समयमै नपाउँदा पनि विमानस्थल निमार्ण कार्य प्रभावित भएको दाबी गरिएको थियो । त्यसैगरी लामो समय विमानस्थल निमार्ण कम्पनी नर्थ साउथ र स्थानीय ठेकेदार कम्पनीबीचको आन्तरीक समस्याले पनि बिमानथल निमार्णको काम प्रभावित पारेको थियो ।

विमानस्थल दुई चरणमा बनेको छ । आइसिपी १ र आइसिपी २ गरी विमानस्थल निर्माण भएको छ । आइसिपी १ अन्तर्गत धावनमार्ग, टेक्सी–वे, टर्मिनल बिलडिङलगायत संरचना निर्माण भएका छन् । आइसिपी २ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थल बिचको समन्वयको लागी प्रविधिक काम भएको छ ।

राष्ट्रिय गौरवकै आयोजनाअन्तर्गत निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्झौताअनुसार काम गरेको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक आवतजावत गर्ने थिए । विमानस्थललाई काठमाडौँ पछिको बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ । जुन विमानस्थल पर्यटन वर्ष २०२० मा खुल्ने आशा गरिएको थियो । विमानस्थल आयोजनाका अनुसार ३ हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी–वेलगायतका संरचना निर्माण भएका छन् । मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङ्गलगायतका संरचना पनि सकिएको छ ।

९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयँको लागतमा निमार्ण भइरहेको कार्गो भवन पनि करिबकरिब सम्पन्न हुने अवस्थामा छ । २ वर्षभित्र सम्पन्नगर्ने गरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसंग सम्झौता भएको थियो । भवन आठ हजार स्क्यावर मिटर क्षेत्रफलमा निर्माण भएको छ । यो भवन केही महिनामा सकिँदै छ ।

टर्मिनल भवनमा राख्ने प्याकेज हेन्डलिङ सिस्टम र इलिभेटर (लिºट), धावनमार्गको रन–वे लाइटहरुका कामहरु पनि सकिएका छन् । टर्मिनल बिल्डिङभित्रको ºलाइटको सूचना दिने ºलाइट इन्फर्मेशन सिस्टम, प्यासेन्जर एक्सेस कन्ट्रोल जसमा कार्ड देखाएर खुल्ने खालको गेटहरु हुन्छ, सिसी क्यामेरा, युपिएस, एसीलगायत जस्ता थप उपकरणहरु जडान भएका छन् ।

विमानस्थलमा सञ्चालनको लागी अन्तीम तयारी छ क्यालिबेरेशन ºलाइट । क्यालिबेरेशन ºलाइट भनेको जडान गरेका धावनमार्गका लाइटहरु र कन्ट्रोल टावरमा राख्ने उपकरणहरुले राम्रोसंग काम गरेको छ कि छैन भनेर हेर्ने हो । क्यालिबेरेशन ºलाइट भैसकेपछि सर्टिफिकेशनको सामान्य प्रक्रिया हुन्छ त्योबाहेक अन्य निकायहरु इमिग्रेशन, भन्सार, क्वारेन्टाइन तथा गृह र रक्षातिरको निकायहरु तयारी भए बिमानस्थल सञ्चालनमा आउँछ ।

विमानस्थल सञ्चालनको लागी मन्त्रालय र विभागलेनै मिति तोक्ने हो । टेस्ट ल्यान्डिङ भएर औपचारिक रुपमा विमानस्थल सञ्चालन योग्य छ भनेर एउटा सर्टिफिकेशन प्रक्रिया सकिएपछि एयरलाइन्स र सम्बन्धित निकायहरुमा जानकारी गर्ने हो । त्यसपछि एयरलाइन्स र सम्बन्धित निकायहरुले सेड्युल ºलाइटहरु कसरी गर्ने ? हप्तामा कसरी गर्ने ? कहाबाट आउने भन्नेबारे उडानहरुको तयारी हुन्छ । मन्त्रालयले सञ्चालन गर्ने अन्तिम मिति नतोक्दासम्म एयरलाइन्स र सम्बन्धित निकायहरुमा के होला र कस्तो होला भन्ने होला तर कम्तीमा क्यालिबेरेशन ºलाइट गरेर विमानस्थल सञ्चालनको लागी तयारी छ भनिसकेपछि एयरलाइन्स र सम्बन्धित निकायहरुले गर्ने तालिकामा भरपर्ने कुरा हो । अन्तर्राष्ट्रिय अभ्यासमा पनि फुल फेजमा जहाज खाली त उड्दैनन्, ८० अथवा ९० प्रतिशत अकुपेन्शी नभइकन प्रोफिट मार्जिन पनि नहोला त्यसैले टिकट सेल गर्नको लागी केही समय लाग्ने अथवा शुरुवाती समयमा दैनिक या साप्ताहिक ºलाइट हुन्छ भनेर भन्न सकिँदैन । टिकट सेलको आधारमा कति सेल हुन्छ एयरलाइन्स र सम्बन्धित निकायहरुले सेड्युलिङ गर्नुपर्ने हुन्छ त्यसको लागी सम्बन्धित निकायहरुलाई जानकारी गराउन केही समय लाग्छ ।

६ अर्व २२ करोडको लागतमा सुरु भएको विमानस्थलको बजेट ८ अर्ब ८२ करोड पुगेको छ । पहिलेको तुलनामा छोटो भिजिबिलिटी हुँदा पनि भिजिबिलिटी कम हुँदा पनि उडान अवतरण गर्न सक्ने आधारका केही भागहरु थप गरेका कारण विमानस्थल निमार्ण बजेटमा केही वृद्धि भएको छ । साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो । करिब २३ अर्ब रकम मुआब्जामा बितरण गरिएको थियो ।