जिल्ला समन्वय समितीद्वारा सरोकारवालाहरु बिच छलफल

मेचीकाली संवाददाता

११ श्रावण २०७८, सोमबार
903 shares

पार्बती आचार्य
कपिलवस्तु । जिल्ला समन्वय समिती कपिलवस्तुको आयोजनामा सरोकारवालाहरु बिच समन्वय बैठक सम्पन्न भएको छ । जिल्लामा योजनाका कामहरु के कसरी भैरहेका छन् र आगामी दिनमा बिभिन्न कार्यक्रमहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी लिनकालागि सो बैठकको आयोजना गरिएको जिल्ला समन्वय समिती कपिलवस्तुले जानकारी दिएको छ ।

कार्यक्रममा समन्वय समितीद्वारा ०७७/०७८ मा भएका गतिबिधी तथा ०७८/०७९ मा नदीजन्य पदार्थको ठेक्का ब्यबस्थापन लगायतका बिषयमा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले प्रस्तुत गरेका थिए । ढुङ्गा, गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ मा भएको व्यवस्था, नदीजन्य पदार्थको संकलन, उत्खनन र बिक्री, नदीजन्य पदार्थको संकलन उत्खनन र बिक्री कार्यको लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने प्रस्तुत गरिएको थियो ।

यस्तै बन तथा चुरे संरक्षणको ब्यबस्था, उत्खनन वा संकलनको परिणाम नियन्त्ररण, क्रसर उद्योग संञ्चालनका लागि दुरी सम्बन्धी मापदण्ड, लुम्विनी प्रदेश नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ मा भएको व्यवस्था लगायतका बिषयहरु प्रस्तुत गरिएको थियो । यसैगरी प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले स्थानियतह र स्थानिय प्रशासन बिचको समन्वयका बिषयमा प्रस्तुत गर्दै शान्ति सुब्यबस्था र अपराध नियन्त्ररणको अवस्था, सार्बजनिक सेवा प्रवाह र सुशासन, जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएका सेवा प्रवाह, बिपद न्युनिकरण तथा ब्यबस्थापन छलफलका प्रमुख बिषय भएको बताए ।

यस्तै कोभिड १९ को तेश्रो लहरको तयारी, स्वास्थ्य सुरक्षा र मापदण्डको पालना, एन आइसीयू बेड तथा बालबालिकाहरुलाई हुन सक्ने जोखिम र तयारी, बिद्यालय संचालन, खोपको अवस्था र समन्वय, बजार व्यवस्थापन तथा अनुगमन, नदी जन्य पदार्थ, समुदाय प्रहरी साँझेदारी लगाएतका बिषयबस्तुहरुलाई प्रमुख बिषयका रुपमा लिएर हातेमालो गरेर अगाडी बढ्न सके यस जिल्लामा केही फरक तरिकाले कार्य गर्न सकिने बताए ।

जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले सबै जनप्रतिनिधीहरु बिकास निर्माण गर्न, जनताको सेवागर्नका लागि निर्वाचित भएर आएको बताए । त्यस स्थानका गरिव बिपन्नहरुलाई ब्यबस्थापन गर्न सकियोस भन्ने उद्देश्य लिएर निर्बाचित भएर आए पश्चात सोही अनुसार काम गरिरहेको बताए । समन्वय समितीबाट ३ वर्ष अगाडी बिभिन्न १ सय २८ वटा योजनाहरु पालिकाको मागको आधारमा संबोधन भएको थियो । तिन वर्षमा जम्मा २७ वटा योजना मात्र सम्पन्न भएको तथ्यांकले देखाएको छ । यो आफैंमा लाजमर्दौ भएको समन्वय प्रमुखले बताए । अबको १ वर्षमा बाँकी कामहरु सम्पन्न गर्न समेत आग्रह गरेका छन् ।

सम्पुर्ण स्थानियतहहरुको तर्फबाट बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले कोभिड–१९ को कारण समस्यामा परे पनि ९० प्रतिशत योजनाका कार्यहरु सम्पन्न भएको बताए । समन्वय समीतीले आर्थिक बर्षको पहिलो महिनामा बैठक राखी धेरै बिषयहरुको बारेमा जानकारी लिन पाएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका थिए । बैठकमा प्रस्तुत भएका बिषबस्तुहरुलाई सम्पुर्ण पालिकाहरुलाई पालना गर्न आग्रह गर्दै आफुले पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बिभिन्न अपराधका घटनाहरुलाई न्युनिकरण गर्नका लागि नगरपालिका र गाउँपालिकाले ध्यान दिन जरुरी भएको बताए । आत्महत्या न्युनिकरण गर्नका लागि स्थानियतहहरुले बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । बिभिन्न घटनाहरुलाई न्युनिकरण गर्न समुदायमा संचालन गरिएको समुदाय प्रहरी साँझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पुर्ण स्थानियतहलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रम जिल्ला समन्वय समीतीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा समन्वय समितीका उपप्रमुमुख तारावती चौधरीको स्वागत मन्तब्य रहेको थियो । नगरपालिकाका मेयरहरु, उपमेयरहरु, गाउँपालिकाका अध्यक्षहरु, उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, ईन्जीनियर, पत्रकार, समन्वय समितीका कर्मचारीहहरु लगाएतको उपस्थितीरहेको थियो ।

सोही कार्यक्रममा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था जिल्लामा गठन गरी दर्ता भएको र संस्थाले गर्ने काम कर्तब्य र अधिकारका बारेमा नागरिक निगरानी संस्थाका अध्यक्ष शिवलाल यादवले जानकारी दिएका थिए । यस संस्थाले भ्रष्टाचार र शुसासनको बिषयमा काम गर्ने भएको हुँदा स्थानियतहहरु संग मिलेर काम गर्ने जानकारी दिएका थिए ।