सियारी गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा निर्वाचन आचारसंहिताबारे प्रशिक्षण

मेचीकाली संवाददाता

९ बैशाख २०७९, शुक्रबार
460 shares


तुलसीराम पौडेल —
सियारी, बैशाख ८
बैशाख ३० गते हुने स्थानीय निकायको चुनावको लागि रुपन्देहीको सियारी गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।निर्वाचन अधिकृत गिरीराज ज्ञवालीले उदघाटन गर्नुभएको थियो । सोही अवसरमा विभिन्न दलका प्रमुखहरु, उम्मेदवारहरु ,सुरक्षा कर्मी ,पत्रकार लगायतलाई निर्वाचन आचारसंहिता २०७९ अन्तरगत नियमहरु बारे प्रशिक्षण दिनुभएको थियो ।प्रशिक्षण तथा छलफल कार्यक्रममा विभिन्न राजनीति दलका प्रमुख तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको पुर्ण रूपमा पालन गरी शान्त ,निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।निर्वाचन आचारसंहिता अन्तरगत राजनीतिक दल ,उम्मेदवार तथा दलको भातृ संगठनले स्थानीय प्रशासनको अनुमती नलिइ सार्वजनिक स्थलमा कुनै पनि किसिमको जुलुस ,आमसभा ,कोणसभा ,बैठक एवं भेला गर्न पाइने छैन ।जुलुस आमसभा ,कोणसभा ,बैठक एवं भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति ,समय मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अघि जानकारी गराउनुपर्ने छ।जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा ,टोपी वा क्याप ,भेट ,टिसर्ट ,ज्याकेट ,कमिज ,गम्छा ,व्याच ,मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने तर उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाइ वितरण गर्न बाधा पर्ने छैन । कुनै राजनितिक दल ,उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस ,आमसभा ,कोणसभा ,बैठक ,भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने ,एकभन्दा बढी राअजनीतिक दल ,उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस ,आमसभा ,कोणसभा बैठक वा भेला गर्न नहुने ,घर वा जग्गा धनिको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन ,सार्वजनिक उद्दान ,सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा ,दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टास्न नहुने , जुलुस ,आमसभा ,कोणसभा ,बैठक ,भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साझ सात बजेसम्म मात्र गर्न पर्ने,,राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन ,रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढिमा चार पटक प्रसारण गराउन पाइनेछ।
राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च *७ इन्च सम्मको आकारमा कुनै एउटा् पत्रीकामा प्रचार सामाग्री छपाउन पाइनेछ ।उम्मेदवारले निर्वाचन सम्बन्धि खर्च गर्दा बैंक बित्तीय सस्थामा खाता खोली गर्नुपर्ने ,उम्मेदवारले निर्वाचन संबंधित खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ। मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनैपनी प्रकारका छलफल ,अन्तरक्रिया सभा सम्मेलन कार्यशाला गोष्ठी आदि गर्न नहुने ,,मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान स्थानको तिनसय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामाग्री हटाउनु पर्ने लगायतका नियमहरु पालन गर्नुपर्ने बारे प्रशिक्षण दिइएको थियो।