सैनामैनालाई हरियालीसहितको समृद्ध सहर बनाउने एमालेको प्रतिबद्धता

मेचीकाली संवाददाता

१९ बैशाख २०७९, सोमबार
545 shares


अमृत गिरी
सैनामैना । स्थानीय तहको चुनावको माहौल सबैतिर तातेको छ । उम्मेदवारहरु प्रचा, पम्प्लेट र प्रचार सामग्रीसहित प्रतिबद्धता पत्र लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसैक्रममा सैनामैनामा नेकपा एमालेका उम्मेदवारहरुले प्रतिबद्धता पत्रसहित मतदाताको घरदैलोमा पुगेका छन् । पहिलो कार्यकालमा गरेका कामहरुको सूचीसहित प्रमुखका उम्मेदवार चित्रबहादुर कार्की, उपप्रमुखका उम्मेदवार बिना रानासहित अगुवा नेता कार्यकर्ताहरु चुनावी घरदैलोमा निस्किएका छन् ।

सबै विद्यालय र टोलमा योगा केन्द्र र खुला व्यायामशाला
कृषिजन्य कच्चा पदार्थका उद्योगलाई सहुलियत
५० शैयाको अस्पताल निर्माण र १०० वेडको ट्रमा सेन्टर
गरिबलाई निशुल्क खानेपानी
खाद्य परीक्षण प्रयोगशाला निर्माण र जैविक उत्पादनमा जोड
कृषि पकेट क्षेत्रमा एक टोल एक पाठशाला
प्रत्येक घरपरिसरमा ५ वटा बिरुवा अनिवार्य, सबै बिरुवा निशुल्क दिइने

११ वटा वडा रहेको सैनामैनाका ०७४ को चुनावमा एमालेले जितेको थियो । वडा नं. ४ मा सबै सेट र वड नं. ११ मा अध्यक्ष मात्रै कांग्रेसले जितेको थियो । पहिलो कार्यकालमा समृद्धिका आधार तयार पार्ने, समृद्ध र सुन्दर सैनामैनाको जग बसाल्ने काम भएको विवरणसहित प्रमुख कार्कीले अबको कार्यकालमा अधुरा योजना साकार पार्ने, बहुवर्षीय योजनाहरुलाई प्रभावकारी रुपमा सम्पन्न पार्ने र मुलुकको हरियाली सहरका रुपमा सैनामैनाको विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यस्ता छन् एमालेले सैनामैनाको विकास लागि गरेका प्रतिबद्धता
१) जनप्रतिनिधि आचारसंहितालाई लागू गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा सेवा प्रवाहमा चुस्तता, दुरुस्तता र आचरणमा शुद्घताको संकल्पसहित समृद्ध सैनामैनाको लक्ष्य साकार पार्ने ।
२) सैनामैना नगरपालिकाको भू–उपयोग योजनालाई आधार बनाई नगरपालिकाले तयार पारेको यातायात गुरुयोजनालाई कार्यान्वयन गर्ने ।
३) नेपालकै नमुना रिङ्गरोडका रुपमा रहेको सैनामैना चक्रपथ गौरवको परियोजनाको हरित सडकका रुपमा विकास गरी सम्पन्न गरिनेछ । सडकको मापदण्ड तोकिने र प्रत्येक वडाका सडकहरुलाई पूर्व–पश्चिम लोकमार्ग, चक्रपथ र मेजर रोडसँग पक्की सडकले जोड्ने ।
४) जोखिमपूर्ण क्षेत्रमा रहेका र असुरक्षित अवस्थाका बस्तीहरुलाई स्थानान्तरण गरिने र जनता आवास कार्यक्रमलाई विस्तार गर्ने, सम्पूर्ण सरकारी एवं सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षण गर्ने र स्थानीय विशेषता तथा आवश्यकता अनुरुप त्यस्ता जग्गाको उपयोग गर्ने ।
५) विपन्न परिवारलाई खानेपानीको धारा निःशुल्क जोडी दिने कार्यक्रमलाई निरन्तरता दिँदै गरिबीको परिचयपत्रबाहक सम्पूर्ण घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराइने छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायी, सिपयुक्त एव्म स्वाबलम्बी नागरिक बन्नका लागि सहयोय पु¥याउने उद्देश्यसहित सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमलाई सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई उत्प्रेतिर गर्ने एमाले सैनामैनाको प्रतिबद्धता छ ।

६) ‘एकीकृत जलाधार क्षेत्र संरक्षण योजना’ तर्जुमा गरी तत् निकायमार्फत कार्यान्वयन गराइनेछ । सिंचाइका निम्ति आवश्यक पर्ने विद्युत डिमान्ड शुल्क हटाइनेछ । आगामी पाँच वर्षभित्र यस पालिका क्षेत्रभित्रका सम्पूर्ण कृषि योग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराइनेछ ।
७) सैनामैना खुला संग्रहालय निर्माण गरिने, कुनै एउटा बस्तीलाई थारु सास्ंकृतिक गाउँको रुपमा मौलिक र परम्परागत शैलीमा विकासित गरिनेछ ।
८) ‘समृद्धि र सुखको मुख्य आधार ः शिक्षा क्षेत्रमा सुधार’ को नारा कार्यान्वयन गरिने । भर्ना दरलाई शतप्रतिशत बनाइने छ । प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने सोचलाई साकार पार्न एक शिक्षक एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।
९) सैनामैनाको स्थानीय पाठ्यक्रम तयार पार्ने र सैनामैनाको मौलिकतालाई चिनाउने गरी पाठ्यपुस्तकबाट पठन पाठन गराइने छ ।
१०) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायी, सिपयुक्त एव्म स्वाबलम्बी नागरिक बन्नका लागि सहयोय पु¥याउने उद्देश्यसहित सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमलाई सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई उत्प्रेतिर गरिनेछ ।
११) ५ वर्षभित्र ५ वटा विद्यालयमा प्राविधिक धारका विषयको पठनपाठन गराइने । कुनै एक विश्वविद्यालयको प्राविधिक धारको आङ्गिक क्याम्पस स्थापना गरिनेछ ।

नगरपालिकालाई हरित सहर एवं बँगैचा सहरका रुपमा विकास गरिने र प्रत्येक घर परिसरमा कम्तीमा पाँचवटा फलफुलका बिरुवा लगाउनुपर्ने र बिरुवा निशुल्क उपलब्ध गराइने छ । वनक्षेत्रको संरक्षण गर्दै त्यसलाई पर्या–पर्यटन प्रबद्र्धन गर्नमा समेत सदुपयोग गर्ने एमालेले प्रतिबद्धता जनाएको छ ।

१२) निर्माणाधीन १५ शैयाको विशेषज्ञसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य पूरा गरी दुई वर्षभित्र पूर्ण रुपमा सञ्चालन गरिनेछ र सो अस्पताललाई क्रमशः ५० शैयामा स्तर वृद्धि गरिने छ । नगरलाई कुपोषण, कुष्ठरोग र क्षयरोग मुक्त पालिका बनाइनेछ ।
१३) ‘निरोगी नेपाल’ निर्माणको अभियानअन्तर्गत प्रवद्र्धनात्मक एवं उपचारात्मक दुवै खालका स्वास्थ्य कार्यक्रमहरु संचालन गरिनेछन् । योग, व्यायाम तथा मनोरञ्जनका लागि पालिका तथा वडा तहमा आवश्यक पूर्वाधारहरुको विकास तथा त्यस सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।
१४) स्वस्थ खाद्य सामाग्रीको सुनिश्चितताको लागि पालिकाको केन्द्रमा एक ‘खाद्य परीक्षण प्रयोगशाला’को स्थापना गरिनेछ ।
१५) नगरका अस्पताल तथा स्वास्थ्य चौकीमा थप आधुनिक प्रयोगशालाको निर्माण गरिने छ र गुणस्तरीय फार्मेसी सेवा सञ्चालन गरी सुपथ मूल्यमा औषधी उपलब्ध गराइनेछ ।
१६) नगरका सबै नागरिकको स्वास्थ्य बीमा गरिने र गरिब परिचयपत्रबाहक नागरिक तथा अन्य पछाडि परेका वर्गको निशुल्क स्वास्थ्य बीमा गरिने छ ।
१७) हरेक विद्यालयमा प्राथमिक उपचारको प्रबन्ध मिलाइने छ । साथै किशोर–किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

१८) स्वस्थ र सुखी सैनामैनाबासी बनाउने अभियानअन्तर्गत सैनामैनाका सबै विद्यालय र प्रत्येक टोलमा आधारभूत योगा तथा व्यायामशाला निर्माण र कार्यक्रम सञ्चालन गरिनेछ ।
१९) सैनामैना ११ को वनकट्टीमा एक सय बेडको ट्रमा सेन्टर निर्माण गरी पाँच वर्षभित्रै सञ्चालनमा ल्याइने छ ।
२०) एक रोजगारी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । साथै युवा स्वरोजगार कार्यक्रम, युवामैत्री स्थानीय तह विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२१) जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधि उपचार, विश्राम, अध्ययन, खेलकुद तथा मनोरञ्जनका सुविधाहरु उपलब्ध गराइनेछ । सैनामैना वडा नं. १ मा निर्माणाधीन प्रदेशकै गौरवको रुपमा रहेका ज्येष्ठ नागरिक सरंक्षण ग्रामको निर्माण संघ र प्रदेश सरकारको सहयोगमा सम्पन्न गरी शीघ्र सञ्चालनमा ल्याइनेछ ।

२२) ‘मेरो पालिका सामाजिक विभेदमुक्त पालिका’ कार्यक्रमलाई सार्थक बनाइनेछ ।
२३) भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र विकासका लागि सबै पक्षको सहभागिता रहने गरी एक प्रतिष्ठान स्थापना गरिनेछ ।
२४) कृषि पकेट क्षेत्रमा एक टोल एक पाठशाला सञ्चालन गरिनेछ साथै घरेलु बिषादी र कम्पोष्ट मल निर्माणमा जोड दिइनेछ । कृषिमा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्दै प्राङ्गारिक कृषि उत्पादनमा जोड दिइनेछ । निर्माणाधीन शीत गोदाम र बीउ भण्डारण सञ्चालन गर्ने कृषि उत्पादन (इबिक) कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
२५) नगरपालिका अन्तर्गत एक ‘उद्यमशिलता विकास इकाई’ स्थापना गरि सहुलीयत पूर्ण बैंकिङ्ग सुविधा, अनुदान, सीपविकास तथा उद्यमशिलतासम्बन्धी तालिम दिइनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको ज्ञान, सीप र पूँजीको सदुपयोग गरी उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिने छ ।

२६) भूमि बैंकको स्थापना गरी सम्पूर्ण खेतियोग्य बाँझो जमिन उक्त बैँकमा ल्याई कृषि तथा पशुपंक्षीलगायतका उत्पादनशील क्षेत्रमा काम गर्न चाहने कृषक तथा व्यवसायीहरुलाई लिजमा उपलब्ध गराइनेछ ।
२७) स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरु स्थापना गर्न उपयुक्त वातावरण निर्माण गरिने छ ।
२८) कृषि तथा पशुजन्य उत्पादनबाट बहुउत्पादन गर्ने उद्यमीलाई आवश्यक पर्ने औजार तथा उपकरण खरिदमा विशेष अनुदान दिइने कार्यलाई निरन्तरता दिइनेछ ।
२९) सरसफाइ, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धमा विद्यालयको पाठ्यक्रममै समावेश गरी शिक्षा तथा जनचेतना अभिवृद्धि गरिनेछ ।
सैनामैना १० मा फोहोर प्रशोधन केन्द्र स्थापना एवम् सञ्चालन गरिनेछ । आवश्यकताअनुसार स्वच्छ तथा सफा सार्वजनिक शौचालयहरुको व्यवस्था मिलाइनेछ ।

३०) नगरपालिकालाई हरित सहर एवं बगैँचा सहरका रुपमा विकास गरिने र प्रत्येक घर परिसरमा कम्तिमा पाँचवटा फलफुलका बिरुवा लगाउनुपर्ने र विरुवा निशुल्क उपलव्ध गराइने छ । वनक्षेत्रको संरक्षण गर्दै त्यसलाई पर्या–पर्यटन प्रबद्र्धन गर्नमा समेत सदुपयोग गरिनेछ ।
३१) सैनामैना–७ मा बन्न लागेको औद्योगिक ग्रामको निर्माण कार्य पूरा गरिने छ । कृषिमा आधारित उद्योग कलकारखानाहरुको स्थापनाका लागि कृषक सहकारीहरुलाई प्रोत्साहित गरिनेछ ।
३२) नगरको समग्र विकासका लागि आवश्यक पर्ने लगानीका स्रोतहरुको सुनिश्चितताका लागि संघ तथा प्रदेश सरकारसंग आवश्यक समन्वय तथा सहकार्य गरिने छ ।
३३) स्वतन्त्र प्रेस, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिनेछ । प्रत्येक नागरिकलाई सूचनाको हकको प्रत्याभूति गरिनेछ ।