भैरहवा बिमान घाट ५६ वर्षपछि बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

मेचीकाली संवाददाता

२ जेष्ठ २०७९, सोमबार
596 shares

भैरहवा। २०२३ फागुन १७ गते तत्कालीन युवराज धिराज बिरेन्द्र बिरबिक्रम शाहदेवबाट उद्धघाटन भएको भैरहवा बिमान घाट ५६ वर्षपछि अन्तराष्ट्रिय बिमानस्थलका रुपमा परिणत भएको छ । तत्कालीन समयमा श्री ५ को सरकार र भारतीय सहयोग मिसनद्धारा संयुक्त रुपमा भारतीय सहायता कार्यक्रम अन्तर्गत निमार्ण भएको बिमान घाट अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा परिणत भएको छ ।
२०७१ माघ तत्कालीन प्रधानमन्त्री सुशिल कोईरालाले सिलन्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७४ पुस मसान्त भित्र संम्पन्न भैसक्नु पर्ने थियो । २०७४ पुसमा सम्पन्न हुनुपर्ने बिमानस्थल २०७९ मा आएर सम्पन्न भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बिमानस्थलको उद्धघाटन गर्ने कार्यक्रम छ । उद्धघाटन कार्यक्रमका लागी सबै तयारी पुरा भएको बिमानस्थन निमार्ण परियोजनाका प्रमुख प्रबेश अधिकारीले बताए । सोमबारनै बिहान जजिरा एयरको बिमान गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमान स्थलमा अवतरण गर्ने छ ।

राष्ट्र्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाको रुपमा मानिएको छ । नियमित रुपमा काम भएको भए चार बर्ष अगाबै बिमानस्थल संञ्चालनमा आउने थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको बिमानस्थल निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको बिमानस्थल निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नु पर्ने गरी सहमती भएको हो । २०७१ माघ मा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पुरा गर्नु पर्ने भएता पनि बिभिन्न अबरोधका कारण समयमै निमार्ण सम्पन्न हुन सकेको छैन ।

नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैया“मा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । समयमै निमार्ण कार्य सम्पन्न नभए पछि आयोजनाले पटक पटक गरेर सात पटक म्याद थप गरेको थियो । २०७२ को भूकम्प र मधेश आन्दोलनका कारण काम गर्ने वातावरण तयार नहुदा निमार्णको म्याद सरेको थियो । त्यसैगरी बिमानस्थल निमार्ण गर्ने क्रममा आबस्यक पर्ने नदीजन्य पदार्थ समयमै नपाउदा पनि बिमानस्थल निमार्ण कार्य प्रभावित भएको दाबी आयोजनाले गरेको थियो । त्यसैगरी लामो समय बिमानस्थल निमार्ण कम्पनी नर्थ साउथ र स्थानिय ठेकेदार कम्पनी बिचको आन्तरीक समस्याले पनि बिमानथल निमार्णको काम प्रभावित पारेको थियो । बिमानस्थल दुई चरणमा बनेको छ । आइसिपी १ र आइसिपी २ गरि बिमानस्थल निर्माण भएको छ । आइसिपी १ अन्तर्गत धावनमार्ग, टेक्सी वे, टर्मिनल बिलडिङ लगायत संरचना निर्माण भएका छन् । आइसिपी २ अन्तर्गत हवाइजहाज पाइलट र बिमानस्थल बिचको समन्वयको लागी प्रविधीक काम भएको छ ।

६ अर्व २२ करोडको लागतमा सुरु भएको बिमानस्थलको बजेट ८ अर्ब ८२ करोड पुगेको छ । पहिलेको तुलनामा छोटो भिजिविलिटी हुदा पनि भिजिविलिटी कम हुदा पनि उडान अवतरण गर्न सक्ने आधारका केही भागहरु थप गरेका कारण बिमानस्थल निमार्ण बजेटमा केही वृद्धी भएको परियोजनाले जनाएको छ । साढे २२ सय भन्दा बढी घरधुरी लाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर बिमानस्थल परियोजना सुरु भएको थियो । बिमानस्थल निमार्णका लागी २३ अर्व बढी रकम मुआब्जा बितरण गरिएको थियो ।

पर्यटन ब्यावसाीहरु उत्साहित
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्धघाट भएसँगै पर्यटन ब्यावसायिहरु उत्साहित भएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री आउनु र गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल पनि यहि समयमा उद्धघाटन हुनु पर्यटन ब्यावसायिहरुका लागी सुखद कुरा भएको सिदार्थ होटल एशोसिएशन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । यस क्षेत्रका लागी पर्यटनको ढोका खुलेको छ यसलाई ब्यावस्थीत बनाउन आबस्यक छ उनले भने । भारतीय सिमा संग जोडिएको नगर भएकाले बिमानस्थल खुले संगै नेपाल भारत सिमा नाका पनि २४ घण्टा खोल्ने वातावरण बनाउनु पर्ने होटल ब्यावसायि तथा होटल र्मोर्यका संचालक राम बहादुर कोईरीले बताए । गौतमबुद्ध बिमानस्थल बाट धार्मीक पर्यटनका लागी बिभिन्न स्थानहरु लुम्बिनी, मुक्तीनाथ, स्वर्गद्धारी, रेसुंगा लगायतका धार्मिक स्थानहरु सम्म जान सकिने भएकाले पनि यो उपयुक्त बिमानस्थल बन्ने व्यवसायिहरुको भनाई छ ।