सिर्जनात्मक माक्सवादका अध्येता मदन भण्डारी र जबज

मेचीकाली संवाददाता

१४ असार २०७९, मंगलवार
601 shares

मेघराज भट्टराई

जबजको पृष्ठभूमि
मानिस मानिसका बिचमा हुने असमानता, भेदभाव र शोषणका सम्पूर्ण आधारहरुको समूल अन्त्य गरी वैज्ञानिक समाजवाद मार्फत साम्यवादमा पुग्ने महान लक्ष्य राखी सुरु भएको विश्व कम्युनिष्ट आन्दोलन दशकौं लामो गौरवपूर्ण इतिहासका अनेकौ उतार चढाव र आरोह अवरोहहरु पार गर्दै अहिलेको चरण सम्म आइपुगेको छ । विशेष गरेर सोभियत मोडेलको समाजवादको असफलता र सोभियत संघलगायत पूर्वी युरोपका समाजवादी शासन व्यवस्थाको विघटनले अक्टोबर समाजवादी क्रान्तिपछि सुरु भएको नया“ युगको एउटा चरणलाई नै अन्त्य गरिदियो जसबाट विश्व राजनितिक शक्ति सन्तुलनमा ठूलाठूला प्रतिकूलताहरु सिर्जना भए ।

इतिहासको अन्त्य र विचारको मृत्यु जस्ता भविष्यवाणी गरी माक्र्सवादको सान्र्दभिकता तथा समाजवादको भविष्यमाथि पू“जीपति वर्गले ठूलो आक्रमण ग¥यो । यस्तो परिस्थितिमा असफलताका कारणहरुको अन्वेषण गरी क्रान्ति र समाजवादको नया“ बाटो निरुपण गरी माक्र्सवादको सहिपना र समाजवादको अपरिहार्यतामाथि दृढ विश्वास कायम गर्नु आवश्यक थियो । विश्व कम्युनिष्ट आन्दोलनमा कार्यनीतिका सन्दर्भमा देखा परेका अन्यौलपूर्ण अवस्थाको बारेमा समयसापेक्ष समाधान निकाल्दै शान्तिपूर्ण रुपले पनि समाजको आमूल परिवर्तन गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विचार स्थापित गर्नु नितान्त आवश्यक थियो । अर्कोतर्फ विश्व कम्युनिष्ट आन्दोलनको साथै नेपालको कम्युनिष्ट आन्दोलनमा माक्र्सवादलाई जडसूत्रको रुपमा ग्रहण गर्ने, अन्य देशहरुमा भएका क्रान्तिका विशिष्ट अनुभवहरुलाई यान्त्रिक रुपमा ग्रहण गर्ने, बन्दुकको नालबाट मात्र सत्ता प्राप्ती हुन्छ भन्ने मान्यता राख्ने र एकदलीय अधिनायकवादी शासन व्यवस्थाको वकालत गर्ने मानसिकतामा समयसापेक्ष परिर्वतन गर्दै माक्र्सवाद र कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुपर्ने आवश्यकता थियो ।

जबजको आधारस्रोत
जबजका आधारस्रोतहरु तपशिलबमोजिम रहेका छन् ।
१. १०३ वर्षे निरंकुश राणा शासन विरोधी आन्दोलन, २००७ साल पछिको प्रजातान्त्रिक काल र २०१७ सालपछिको राजाको पञ्चायती निरंकुश कालमा जनताहरु नागरिक अधिकार, सामाजिक न्याय र हरेक खालका विभेदकाविरुद्ध आन्दोलित भए । यस बीचमा कतिपय बेला राजनितिक पार्टीहरुले हतियार उठाए पनि जनताको सहभागितापूर्ण आन्दोलनले मात्रै प्रजातान्त्रिक हक अधिकार प्राप्त भएका हुन् ।
२. सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व स्थापना भनेर ठूलाठूला दस्ताबेज लेखिए पनि २०१५ सालको संसदीय निर्वाचन, २०३७ सालको जनमा संग्रह, २०४४ सालको रापस चुनाव र २०४४ सालको स्थानीय चुनावसमेतमा यो वा त्यो प्रकारले हस्तक्षेपपूर्ण ढंगले सहभागी हुँदै आएका हुन् । यसरी आन्दोलनमा सहभागी हुँदा निरंकुशतावादी शासक र शासनलाई कमजोर बनाएको र जनपक्षीय परिवर्तनकारी र अग्रगामी पक्षधरले शक्ति आर्जन गर्दै आएको इतिहास छ ।
३. तर दस्ताबेजमा उग्र क्रान्तिकारी विचार प्रवृतिले स्थान पाउने र व्यवहारमा भने अर्कै निति लिने दोहोरो चालबाजी नेपाली राजनीतिमा हाबी थियो ।
४. वि.सं. २०४६ भदौमा सिराहामा सम्पन्न नेकपा एमालेको चौथो महाधिवेशनमा बहुदलीय प्रतिस्पर्धामा समाविष्ट हुने अवधारणा प्रस्तुत भयो । यो नै जबज सिद्धान्तको प्रमुख स्रोत थियो ।
५. कमरेड पुष्पलालले राणा शासन विरोधी आन्दोलन र पञ्चायत विरोधी आन्दोलनलाई निर्णायक मोडमा पु¥याउनका लागि जनपक्षीय शक्तिहरुको मोर्चा र संयुक्त जनआन्दोलनलाई प्रमुखरुपमा जोड दिनुभएको छ । तर नेका नेता विपी यो प्रस्तावको विपक्षमा रहनुभयो । तर घटनाक्रमले प्रष्ट देखाउँछ निरंकुश पञ्चायतको अन्त्य संयुक्त बाममोर्चा र नेका समेतको संयुक्त जनआन्दोलनबाट सफल भयो । यसरी नै राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि हतियारबन्द युद्धबाट नभई जनताकै शान्तिपूर्ण जनआन्दोलनबाट सफल भएको इतिहास छ ।
६. माक्र्सवादको सिर्जनात्मक अध्येता र प्रयोगकर्ता जननेता मदन भण्डारीले समग्र नेपाली इतिहास, समाजको अन्तरविरोध, जनताको चाहाना, संर्घषका चरित्रसमेतको निर्मम अध्ययन विश्लेषण गरेर जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त प्रतिपादन गर्नुभएको हो ।
७. प्रजातन्त्र भनेको पूँजीवादीहरुको पेवा हो, कम्युनिष्टहरुले प्रजातन्त्रलाई प्रयोग गर्नु हुँदैन भन्ने मान्यताले कम्युनिष्टहरु निरंकुश हुन्छन् भन्ने संकेत गर्दथ्यो र आफूलाई प्रजातन्त्रवादी भन्न चाहनेहरुले यो शब्दलाई आफ्नो पेवा बनाएका थिए । तर मदनले यो कुरालाई नकार गर्दै मानव जातिको अग्रगमनका लागि प्रयोग गरिने साझा सम्पति र प्रणालीकारुपमा ग्रहण गर्नुभयो जसले जबज प्रतिवादन गर्न सहयोग ग¥यो ।

जबजको अवधारणा: जबज भनेको के हो ?
माक्र्सवादलाई जवजको रुपमा सिर्जनात्मक प्रयोग गर्दै समाजको वर्गीय सारअनुरुपको बहुदलीय शासन प्रणाली हुने तथा शासन प्रणालीमा विपक्षको व्यवस्थासहित द्वन्द्ववादको प्रतिस्थापन गर्ने नवीनतम दार्शनिक मान्यता मदन भण्डारीले प्रतिपादन गर्नुभयो । बहुलवादलाई आत्मसात गर्ने तथा एकत्वबाट विकास हुँदै बहुतत्वमा बा“डिन्छ र क्रिया प्रतिक्रियाले विचारको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने दार्शनिक मान्यता जबजको रुपमा अगाडि आयोे । जनवादी तथा समाजवादी सत्तामा बहुदलिय प्रतिस्पर्धा तथा लोकतान्त्रिक प्रणालीको अवलम्बन गरेर कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण गर्ने नया“ राजनितिक सैद्धान्तिक मान्यता अगाडि सार्नुभयो । एकातिर प्रजातान्त्रिक प्रणालीको अवलम्वन त गर्ने तर वर्गीय समाजको रुपान्तरणको पक्षपोषण नगर्ने अर्कातिर समाजको रुपान्तरणको विषयलाई राम्रोसंग उठाउने तर प्रजातान्त्रिक प्रणालीलाई व्यवहारमा प्रयोगमा नल्याउने सोचलाई समन्वय गर्दै प्रजातान्त्रिक प्रणालीबाट पनि वर्गीय समाजको आमूल रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता जवजका माध्यमबाट स्थापित गर्नु भयो ।

क्रान्तिपूर्व पनि जनताको अभिमतबाट कम्युनिष्ट पार्टी सरकारमा पुग्न सक्छ र प्रगतिशील सुधारका कार्यक्रमहरु लागू गर्दै क्रान्तिकारी शक्ति सञ्चयलाई अगाडि बढाउन सकिन्छ भन्ने परिकल्पना गर्दै जनताको शक्तिमाथि आधारित रहेर शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्ने र लोकतान्त्रिक विधिबाट जनवादी–समाजवादी सत्ताहरु सञ्चालन गर्ने विचार जबजले विजारोपण गरेको छ । जनवादी राज्यसत्तासहितको क्रान्तिकारी लक्ष्य जबजको सार हो भने बहुदलीय प्रतिस्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्ने लोकतान्त्रिक विधि यसको रुप हो । अर्कोतर्फ शान्तिपूर्ण ढंगले जनवादी समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने गरी आन्तरिक लोकतन्त्रले युक्त संगठन निर्माण गर्नु पार्टी निर्माणसम्बन्धी यसको मान्यता रहेको छ (नवौँ महधिवेशनको राजनितिक प्रतिवेदन) । यसका अतिरिक्त राजनितिक अधिकार आर्थिक अधिकारको पूर्व शर्त हुने र उत्पादक शक्तिको विकास नै राष्ट्रको विकास हो भन्ने चरणबद्ध विकासको सिद्धान्त अगाडि सार्नुभयो । मिश्रित अर्थतन्त्र, शान्तिपूर्ण रुपमा क्षतिपूर्ति सहित सामन्ती भू–स्वामित्वको अन्त्य, विदेशी पू“जी र प्रविधिको प्रयोग, जनवादी क्रान्तिपछि समाजवादमा संक्रमणका लागि लामो तयारी र तीनवटा चरणहरु हुँदै अगाडि बढ्नेसहितको अर्थतन्त्रको क्षेत्रमा नया“ सैद्धान्तिक मान्यताहरु पनि अगाडी सार्नुभयो ।

सिद्धान्तको रंग खैरो हुन्छ, जीवनको रंग हरियो हुन्छ भन्ने एंगेल्सको उक्तिलाई आत्मसात गर्दै मदनले जीवनका निम्ति सिद्धान्त हो, सिद्धान्तका निम्ति जीवन होइन भन्दै जीवनवादी र व्यवहारिक सिद्धान्तमा जोड दिनुभयो । क्रान्तिकारी लफ्फाजी छाट्नुभन्दा जे गरिएको छ, जे गरिँदै छ र जे गर्न सकिन्छ त्यसलाई जस्ताको तस्तै व्यवहारमा उत्राने कुरामा जोड दिनुहुन्थ्यो । तर कम्युनिष्ट राजनितिक संस्कृतिमा बहुदलीयता, संसद्, निर्वाचन जस्ता कुरालाई नकार गर्ने प्रवृति हाबी भइरहेको सन्र्दभमा कमरेड भण्डारीले कमलको फुल टिप्ने हो भने हिलो टेक्न डराउनु हँुदैन भन्ने धारणा राख्नुहुन्थ्यो । त्यसैले उहाँले सर्वहारा श्रमजिविको नेतृत्वदायी संगठन नेपाल कम्युनिष्ट पार्टी र त्यसका नेताले पनि संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनको शासन, नागरिक स्वतन्त्रता जस्ता मानव जातिले आफ्नो अनुभवका आधारमा लामो समयदेखि प्रयोगमा ल्याएका अवधारणलाई अंगाल्नु पर्दछ भन्ने मान्यता अगाडि सार्नुभयो ।

साथसाथै जबज जडसुत्रवादी सिद्धान्त नभई गतिशील सिद्धान्त भएकोले यसले परिवर्तित समयानुकल संघीयता र समावेशितालाई समेत आत्मसात् गरेको छ । यो हरेक आन्दोलन, यथा–राजनीतिक संर्घष, सामाजिक रुपान्त्रण, विकास र समृद्धि, सदाचारिता, पारदर्शिता र सुशासन, हरेक खालका विभेदको अन्त्य, राष्ट्रिय स्वाधिनता जस्ता आन्दोलनमा श्रेष्ठता हासिल गर्ने उद्देश्यले अभिप्रेरित छ । जबजको माध्यमबाट समाजवादका आधारहरु निर्माण गरी एउटा उच्च खालको वैज्ञानिक लोकप्रिय संस्कृतिले अतोप्रोत समाजवादी समाज निर्माण गर्ने दिशामा परिलक्षित छ । स्वयं मदन भण्डारी भन्नुहुन्छ–बहुदलीय जनवाद र नयाँ जनवादमा तात्विक भिन्नता छैन । नेकपा एमालेको राजनितिक कार्यक्रम बहुदलिय जनवाद हो । यसको तात्पर्य बहुदलीय प्रतिस्पर्धा भएको राजनीतिक शासन प्रणाली सहितको जनवादी राज्यसत्ता हो । बहुदलीयता र जनवाद दुईवटा शब्दहरु यसमा संयोजित छन् । बहुदलीयता शासन प्रणालीलाई व्यक्त गर्नका निम्ति राखिएको शब्द हो भने जनवाद राज्यसत्तालाई परिभाषित गर्न राखिएको शब्द हो ।

जनताको प्रजातान्त्रिक शासन व्यवस्थालाई अभिव्यक्त गर्नका निम्ति यी दुवै शब्द अपरिहार्य छन् । तिनीहरुलाई समन्वित, संयोजत गरेर एउटा एकीकृत व्यवस्थाको रुपमा प्रस्तुत गर्न हामीले बहुदलीय जनवाद भनेका छौं (मदन भण्डारीको संकलित रचनाहरु भाग १, पृ. १–२) । जडसुत्रवादको विरोध र माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने कुरामा जोड दिँदै मदन भण्डारी भन्नुहुन्छ,‘माक्र्सवादी आन्दोलनको प्रारम्भिक बेलामा गरिएको व्याख्या र प्रयोगभन्दा अहिले कतिपय मानेमा परिस्थिति भिन्न भएको छ । त्यसकारण भिन्न र नयाँ कुराहरुबारे माक्सवादी दृष्टिकोण प्रष्ट पानै अहिले नै ठोस व्याख्याहरु अघि सार्नुपर्दछ । पुरानै सूत्रहरुमा टासिई रहेर आजका समस्या हल हुन सक्दैन । माक्सवादी सिद्धान्तको एउटा शास्वत पक्ष यहि हो । दोस्रो माक्र्सवादी सिद्धान्तको वर्ग स्वरुप । माक्र्सवाद–सर्वहारा श्रमजिवि उत्पादक शक्तिको मुक्ति र समृद्धिको सिद्धान्त हो’ (मदन भण्डारीको संकलित रचनाहरु भाग १, पृ. १–२) ।

जबजकोे सान्दर्भिकता
आज जनताको बहुदलीय जनवादी सिद्धान्तको सूत्रपात भएको करिब ३० बर्ष पुग्दा यो अग्रगामी परिवर्तनका लागी चलेको संर्घषको वास्तविक नेताको रुपमा स्थापित भएको छ । । बहुदलीय प्रतिस्पर्धालाई निषेध गरी हिंसाको बाटोमा अगाडि बढेका कम्युनिष्ट पार्टीहरुले बहुदलीय प्रतिस्पर्धासहितको शान्तिपूर्ण बाटो अंगाल्न आइपुगेका छन् । जबजले अगाडि सारेका मान्यताहरु र त्यसको आधारमा लोककल्याणकारी सरकार सञ्चालन गरी श्रमजीवी वर्गको पक्षमा चालेका कदमहरुको चर्को विरोध गर्ने नवउदारवादी र उग्रवामपन्थीहरुले समेत अहिले आएर तिनै मान्यता र कार्यक्रमहरुको अनुशरण गर्न थालेका छन् । आज बहुदलीय प्रतिस्पर्धा, मिश्रित अर्थतन्त्र र आधारभूत लोकतान्त्रिक मूल्य मान्यताहरु अंगीकार गरेर शासन व्यवस्था सञ्चालन गर्दै अगाडि सारेका क्रान्तिकारी सुधारका कार्यक्रमहरुले जनताको बहुदलीय जनवादलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै यसको सान्र्दभिकता पुष्टि गरेको छ ।

नेपालको राजनीतिक आन्दोलन, समृद्धि र समाजवाद निर्माणको सवालमा जनताको बहुदलिय जनवादले नेतृत्व गरिरहेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कतिपय आफुलाई माक्र्सवादको पण्डित ठान्नेहरुले जबजको औचित्य सकियो भनेर प्रचारबाजी गर्दैछन् । तर उनीहरुको मार्गदर्शक सिद्धान्त के हो उनीहरु आफैँलाई थाह छैन । हतियारबन्द आन्दोलन समृद्धि र समाजवाद निर्माणको साध्य होइन । ढिलोचाँडो आपूmलाई कम्युनिष्ट ठान्ने व्यक्तिहरु जबजको सिद्धान्तलाई आफ्नो मार्गदर्शक सिद्धान्तमा समाविष्ट गर्न वा त्यसको वरीपरि रहन पर्ने अवस्था सिर्जना भइसकेको छ । तर उनीहरु राजनीतिक प्रतिस्पर्धाबाट बाहिर जाने कुनै आधार छैन । यदि बाहिरिने गफमा टासिइरहन्छन् भने उनीहरु इतिहासको गर्तमा बिलाउने सुनिश्चित देखिन्छ । मही माग्ने कोसी (ठेकी) लुकाउने प्रवृति भनेको क्रान्तिकारी लफ्फाजी नै हुन जानेछ । समृद्धि र समाजवाद निर्माणको लामो अवधिभरि नेपाली कम्युनिष्ट आन्दोललाई जबजले मार्गदर्शन गर्ने कुरा दिउँसोको घामझै छर्लङ्ग छ । अझ अर्को शब्दमा भन्दा जबसम्म कम्युनिष्ट तथा बामपन्थी पार्टीहरु बहुदलीय प्रतिस्पर्धा र आधारभूत लोकतान्त्रिक मूल्य मान्यताहरुका आधारमा अगाडि बढ्नेछन् तबसम्म जबजको सान्दर्भिकता र औचित्य अझै मुखरित भएर जानेछ ।

जनताको बहुदलीय जनवादले अगाडि सारेको तिन चरणहरु पार गर्दै समाजवादमा पुग्ने र साम्यवादमा पुग्नुभन्दा अगाडिसम्म समाजको वर्गीय सारअनुरुपको शासन प्रणालीको स्वरुप बहुदलीय हुने कुराले यसको औचित्व र सान्दर्भिकता झनै बढेर जानेकुरा सुनिश्चित छ । जनताको जनवादी सत्ताले पहिले पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने अवधि, दोस्रो नया“ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्न केन्द्रित भएर लाग्ने अवधि र तेस्रो समाजवादमा संक्रमणको लागि भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि पारगरी समाजवादमा पुग्ने कुराको सुनिश्चित गरेको छ । तथापि जननेता मदन भण्डारीका विचार जड नभएर एक गतिशील विचार हो जुन, व्यवहारिक परिक्षणका क्रममा तथा आवश्यकता र औचित्यका आधारमा समृद्ध र विकास भएर जाने नै छ । स्वयं मदन भण्डारीको शब्द सापटी लिएर भन्नुपर्दा ‘सिद्धान्त सिद्धान्तका लागि होइन, जीवनका लागि हो’ । सिद्धान्तको जन्म मानव व्यवहारकै क्रममा हुने तथा व्यवहारले नै सिद्धान्तको औचित्व स्थापित गर्ने हुदा“ यसको बिचमा निरन्तर द्वन्द्वात्मक सम्बन्ध रहिरहने नै छ ।

निष्कर्ष
समाजवाद निर्माणको सवालमा मदन भन्नुहुन्छ,‘जनताको सक्रिय सर्मथन र सहभागिता तथा जनताकै पहलकदमीलाई प्रोत्साहित गरेर समाजवादमा संक्रमण गर्नुपर्दछ । मजदुर सर्वहारा वर्गमात्र होइन आम जनतालाई नै समाजवादको पक्षमा संगठित नगरी समाजवादको निर्माण तथा रक्षा र विकास सम्भव हँदैन ।’ यो भनाइले जबजको मार्गदर्शनमा समाजवादका आधारशिला निर्माण गर्ने कुरामै केन्द्रित भएको पुष्टि हुन्छ । १० औ राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गइरहेको यो घडीमा दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकताकाविरुद्ध जुध्दै अनुशासित र सृद्धढ पार्टी संगठन निर्माणको माध्यमबाट जबजको मार्गदर्शनमा समाजवादका सबै आधारहरु निर्माण गर्नुपर्ने दिशातर्फ पार्टीको समग्र ध्यान आकृष्ट गरेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको अगुवाई र नेतृत्व गर्ने जनताको बहुदलीय जनवाद जस्तो नवीन विचारका प्रतिपादक कमरेड मदन भण्डारीको ४० वर्षको अल्पायुमै निधन भयो । तर कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको यस जवजको सिद्धान्त नेपालका कम्युनिष्ट पार्टीलाई मात्र होइन, यसले अब विस्तारै विश्व कम्युनिष्ट आन्दोलनमा समेत मार्गदर्शक सिद्धान्तको रुपमा स्थान लिँदै गएकोमा हामीले गर्वबोध गरेका छौं । त्यसैले हुन सक्दछ अन्तर्राष्ट्रिय जगत्मा स्थापित प्रत्रिका न्यूजविक ले छापेको मदन भण्डारीको अन्र्तवार्ताको शीर्षकमा लेख्योः In Nepal, Marx Lives अर्थात् नेपालमा कार्लमाक्र्स जीवित छन् । मदन भण्डारी भौतिकरुपमा हाम्रा बीचमा नभएपनि उहाँले प्रतिपादन गर्नुभएको माक्र्सवादको सिर्जनात्मक चिन्तन शैली, नीति र विचारले नेपाली कम्युनिष्ट आन्दोलनलाई समृद्धि र समाजवाद निर्माण गर्ने दिशाबोध गरेको छ । (लेखक भट्टराई नेकपा एमाले बुटवल उपमहानगर कमिटी सचिव हुन् ।)