जननेतन मदन भण्डारीलाई आज सम्झँदा !

मेचीकाली संवाददाता

१४ असार २०७९, मंगलवार
513 shares

देवेन्द्र घिमिरे
प्रखर बुद्धिका धनी, प्रष्ट एवम् प्रखर वक्ता, युगीन विचारका प्रणेता मदन भन्डारीलाई आन्दोलनले तानेर जनताको राजनैतिक रंगमञ्चमा नल्याएको भए असल शिक्षक हुने, आफूले पढाउने विद्यालयलाई उन्नत बनाउने कलेजसम्म बनाएर सेवा गर्दै घरको असल छोराको भूमिका निवाहा गनुहुन्थ्यो होला ।

आमरुपमा सरदर पढालेखा नेपालीले जागीर व्यापार व्यवसाय गर्नुपर्छ, घरवार चलाउनु पर्छ भन्ने मान्यता राखेका हुन्थे तिनताका । हामीसँग मदन भण्डारीको भेट हुँदाको समय देशमा राजाको निरंकुश शासन, पार्टीहरुमाथि प्रतिबन्ध, राजा र उनको निरंकुश पञ्चायतको जय मात्र भन्न पाइने युग थियो । विरोध वा आलोचना गर्नेहरु समातिन्थे । राजकाज शान्ति सुरक्षा, संघसँस्थाको आरोपमा जेल हालिन्थे । यसखाले मनिसलाई अराष्ट्रियतत्व नामाकरण गरिएको थियो । राजाको २०१७ सालको संसद विगठन गरी एकदलीय पञ्चायत लागूपछि नागरिक अधिकारमाथि रोक लागेको थियो । राजतन्त्रका हिमायती नेपाली कांगे्रसलाई समेत जेल र निर्वाशन भोग्न परेको थियो । देशभित्र कम्युनिष्टप्रति पञ्च र कांग्रेस दुबैबाट खतरा थियो । यद्यपि देश बाहिर नेताहरुको उठबस हुने गथ्र्यो । सँगै आन्दोलन गरेर पञ्चायत ढाल्ने सवालमा विपी रहँदासम्म सहमत नभएको इतिहास बोल्छ । उनी निर्वाशनबाट २०३३ सालमा राजालाई नेपालमा चिनीयाँ लालसेना आउने तर्सो देखाएर फर्केका थिए । उनी राजाबाट शासनमा हिस्सा चाहन्थे । विपीको घाँटी राजासँग जोडिएका कारण पुष्पलालको संयुक्त जनआन्दोलले पञ्चायत ढाल्न २०४६ सालसम्म मदन भन्डारी र गणेशमानलाई पर्खन परेको थियो । आन्दोलनका उपलब्धीहरुको रक्षा गर्ने र मेहनतकश जनताका हकहितका सवालमा नेपाली कांग्रेस कम्युनिष्टसँग सहमत हुन सकेन । विपीको कम्युनिष्ट विरोधी प्रजातान्त्रिक समाजवादीधार र पुष्पलालको जनपक्षीयधार नेपाली रानीतिका मूलधार बनेर रहेको पाइन्छ । यही जनपक्षीय मूलधार जबजको धार हो । नेपालमा यदाकदा देखिने हिंसा, उग्रजातीयता राजनीतिका मूलधारमा आउने वस्तुगत अवस्था देखिदैन । यद्यपि सँुढ घुसार्ने चेष्टा भने गर्न खोजेका हुन्छन् ।

लुम्बिनी अञ्चलमा कम्युनिष्ट पार्टीमा लाग्दा वारेन्टेड भएका थियौँ हामी । पार्टी कामले वनारस पुष्पलाललाई भेट्ने क्रममा विद्यार्थी मदन, लेखक र गायक मदनलाई भेटेका थियौं । २०३३ सालमा मुक्तिमोर्चा कब्जा गरेर वृहत् एकता अभियानका दौरान कोअर्डिनेशन केन्द्रमा सामेल भइसक्दासम्म हामी मदन भण्डारीलाई पूर्णरूपमा संगठनमा लगाउने प्रयासमा लाग्यौं । जागीर तथा घरव्यवहारको सोंचबाट मुक्त भएपछिका मदन भण्डारीलाई नेकपा मालेले संगठनको वैचारिक नेता मान्न थाल्यो । २०४६ को संयुक्त जनआन्दोलनको नेतृत्व पछि मदन भण्डारीको प्रभाव जनतामाझ पर्दै गयो । पार्टीको चौथो माहाधिवेशन र पाचौं माहाधिवेशनबाट उहाँ नेकपा एमालेको प्रमुख नेता चुनिनुभयो । उहाँले प्रस्तुत गरेको बहुदलीय जनवादको विचारले वामखेमामा गहिरो प्रभाव पा¥यो । राजधानीमा बहालवाला प्रधानमन्त्रीलाई आम चुनावमा पराजित गरेपछि मदन भण्डारीको प्रभावले थप उचाइ पायो । ज्युँदा कार्लमाक्र्सको चर्चासम्म पायो ।

माले माक्र्सवादी एकीकरण पछि पार्टीको गोंगबुमा बसेको राष्ट्रिय परिषद्को बैठकमा हामीले ‘जनताको’ थपेर ‘जनताको बहुदलीय जनवाद’ नामाकरण गरेका थियौं । सुरूदेखि जबजको बिपक्षमा सिपी मैनाली, झलनाथ खनाल, मोहनचन्द्र अधिकारीहरूलगायत रहेका थिए ।
परम्परागत रूपको कम्युनिष्ट संगठन र नेतृत्वको ढाचाले (केन्द्रबाट निर्देशित हुने) मात्र जनताको बहुदलीय राखेर अघि बढ्न स्वभाविक रूपले सकिदैनथ्यो । २०४६ भदौ मालेको चौथो माहाधिवेशनदेखि आन्तरिक जनवादको संघर्षले पाँचौ माहाधिवेशन २०४९ मा आउँदा बहस अघि बढ्यो मात्र निर्णयमा पुग्न सकेन । बहुपद सहितको अध्यक्षात्मक सांगठनिक ढाचाको मत थोरै देखियो । नेकपा एमाले कम्युनिष्टहरूको एकीकृत पार्टी बन्नेक्रम जारी रह्यो । पार्टी सुदृढीकरण तथा एकीकरणमा लागेका नेता द्वय मदन भन्डारी र जीवराज आश्रितको दासढुंगामा दुखद निधन भयो । यसको सत्य तथ्यको माग आज पनि जनताको रहेको छ । यो कल्पना बाहिरको अपूरणीय क्षति थियो ।

त्यसपछि माधव नेपाल महासचिव बने । २०५१ को निर्वाचनमा अल्पमतको सरकार बन्ने अवस्थामा यसमा जान हुन्न भन्ने राधाकृष्ण मैनालीहरू थिए । पार्टीले मनमोहन अधिकारीलाई प्रधानमन्त्री र महासचिव माधव नेपाललाई उपप्रधान मन्त्री बनायो ।
पार्टीमा सुस्तरी जबजलाई पन्छाउने र सत्तामोह जगाउने काम नेतृत्वले गर्न थाल्यो । फलस्वरूप पार्टी एक रहन सकेन छैटौं माहाधिवेशनमा माधव नेपाल र वामदेव पदको तानातालाई महाकाली देखाएर पार्टीलाई दुई भागमा बाँडे ।

नेकपा एमालेमा जबजको झन्डा बोक्ने बहुमत जमात हुँदाहुँदै यसको नेता नहुने अवस्था देखिन थाल्यो । मदन भण्डारी र जीवराजको निधनपछि जबज बिरोधीहरू अग्ला देखिन थाले । माहासचिव माधव नेपाल न बिरोध न समर्थनको पोजिशनमा थिए जनकपुरको सातौँ माहाधिवेशनसम्म । केपी ओली पनि सातौँ माहाधिवेशनमा जबजको नेतृत्व गर्ने पक्षमा उभिन आँटेका थिएनन् । बुटवलको आठौँ माहाधिवेशनमा आउँदा माधव नेपालको जबज बिरोधीतिर मौन समर्थन देखियो । झलनाथ खनाल पार्टी अध्यक्ष भए । जबजबिरूद्ध गतिबिधि हुन थाले । मदन भण्डारीको तस्वीरले उहाँकै विचार ढाकेर सत्तामा जाने होडले प्रसय पाउन थाल्यो । पार्टी गुटको अखाडा हुँदै गयो । नवौं माहाधिवेशनमा जबज बिरोधीहरू एउटै पार्टीम दुई प्यानल निर्वाचनमा गए । माधव नेपाललाई पराजित गरेर केपी शर्मा ओली अध्यक्षमा बिजयी भए । पार्टीमा जबजले दह्रो आड पाएन । छिर्केमिर्के विचारको केन्द्र बन्यो एमाले ।

नेकपा बनाउने धुनमा जबज छाडेको परिणाम हो वा मखेमाभित्र दक्षिणपन्थीहरूको घुसपैठ र बिध्वंश पनि । संगठन विचारले चल्ने सत्यलाई भिडले चल्छ भनेर सिद्ध नहुने नकारात्मक शिक्षा लिन सके पछिपरन्तुलाई काम लागिरहन्छ । अहिले जननेता मदन भण्डारीको ७१ औंं जन्मजयन्ती , मदन आश्रितविहीन २९ वर्षहरूमा देशले भोगेका समस्या र समाधानका प्रयत्नसँग हेरिनुपर्छ भन्ने मलाई लागेको छ । २००९ साल असार १४ जन्मेका जबजका प्रणेता जननेता मदन भण्डारीमा जन्मजयन्तीको यस अवसरमा हार्दिक श्रद्धा सुमन !