युवाहरुमा ड्रग्सको लत अभिभावकीय भूमिका

मेचीकाली संवाददाता

१८ असार २०७९, शनिबार
961 shares

कमल पोखरेल
बाटोमा हिँड्दै छु । एउटा क्याम्पसको छेउछाउको बाटोबाटै मेरो आँखा अचानक सामान्य नस्ता पाइने होटेलमा पर्छ । त्यहाँ २÷४ जना युवाहरु कलेजको ड्रेसमा गफिँदै थिए । त्यसमध्येमा २ जनाले चुरोट खाइरहेका थिए । त्यहाँ स्पष्ट के देखिन्थ्यो भने युवाहरुले लगाएको कलेज ड्रेसको टाइमा कलेजको नाम । यो त भयो सामान्य देखिएको वास्तविक दृश्य ।

यस्ता दृश्य कयौँ देख्न पाइन्छ । आजकाल किन यस्तो बन्दै छ आजको युवा जेनेरेसन ? नेताहरुले देश बिगार्ने युवाहरु कुलतमा लागेर जेनेरेसन नै सखाप हुने । अस्ति भर्खर गृहमन्त्रालयले नेपालमा १ लाख ३० हजार भन्दा बढीले लागुऔषध प्रयोग कर्ता छन् भन्ने देखाउ छ । ड्रग्सको कुलत लागेकामध्ये ८०% भन्दा बढीले गाँजा खाएर सुरु गरेको तथ्यबाट देखिएको छ । उक्त तथ्य २०७६ को सर्भेबाट लिएको हो । अझै एउटा अचम्मको तथ्य त के छ भने गएको ६ वर्ष मा नेपालीहरुले करिब १ खर्ब बराबरको रक्सी खाएका छन् । प्रयोग कर्ताहरु दिनानुदिन बढेको बढ्यै छन् । हिजो आज १५÷१६ वर्षका बच्चाहरूसमेत चुरोट खाँदै असभ्य शब्दहरू बोलेको सुनिन्छ र देखिन्छ । क्लब र डान्स बारमा हुने विकृति रक्सी खाने निहुका पार्टीहरु जन्म दिन मनाउन, बिहे एनिभर्सरी, बिहेको पार्टी, केही काम राम्रो बन्यो खुशीको पार्टी, केही काम बनेन तनावको पार्टी, हँुदा हँुदा त बच्चा जन्मिन पाएको छैन बेबी सावर पार्टी रे । यी जे जस्ता पार्टी भए पनि रक्सी खाने निहुका विकृतिका पार्टी देखिन थालेको छ ।

अभिभावकले छोरा छोरीलाई ध्यान दिने मुख्य कुरा राति भए पछि छोरा कहाँ गया,े छोरी कहा गई ? कहिले निगरानिमा राखेका छन् । ध्यान दिनुहोला यस्तै पार्टीमा छन् हजुरहरुका छोराछोरीहरु । योसम्म सुन्न पाइन्छ कि बाहालावाला मन्त्रि त खत्तम हुने रैछन्, जे पनि बोल्ने रैछन्, जे पनि गर्ने हामीलाई कसले के गर्छ ? । फ्लिम क्षेत्रमा जस्तै नेपाली लोकदोहोरी र ¥यापर गीत क्षेत्रमा पनि सेन्सर लगाउनु पर्ने देखिन्छ । युटुबमा भिउज बढाई पैसा कमाउने निहुमा डबल मिनिङ लाग्ने लोकदोहोरी हिजोआज युटुबमा प्रशस्त भेटिन्छन् । सोझै बुझ्न सकिन्छ अर्थ दोहोरो तर मनोविज्ञान शब्द छाडा न यसलाई सेन्सर गर्ने नियमक निकाय छ न त यसमा नेपाल सरकारले ध्यान दिएको छ । ¥यापरहरुले पनि छाडा शब्दहरू प्रयोग गरी खुलेआम गीत निकालेको देखिन्छन् त्यस्ता गीत अहिलेको युवा जेनेरेसनले खुब रुचाउने गरेक छन् । १४÷१५ वर्षका खाली दिमाग भएका बाच्चाहरुले गलत बाटो लिएपछि आफ्नो भविष्य कस्तो निर्धारण गर्छन् भन्नेमा प्रश्न चिन्ह खडा भएको छ । अस्ति भर्खर एक उदाउँदा फ्रि स्टाइल ¥यापरले आफ्नै आमाबाविरुद्धमा म बाआमाबाट स्वतन्त्र हुन पाउनु पर्छ भनि प्रहरीसमक्ष निवेदन नै दिए र पत्रकार सम्मेलन पनि गरे ।

पत्रकार सम्मेलनमा उनिमा यस्तो जोस देखिन्थ्यो कि मानौँ संसारै उनैको हो बाँकी कोही हैन । ती ¥यापर बाआमाविरुद्ध गलत तरिकाबाट प्रस्तुत भएका थिए । उनलाई सही बाटो दिनेहरू भन्दा उचालेर गलग बाटो देखाउने धेरै थिए । साँच्चै उनीमा अभिभावकीय स्कुलिङको अभाव थियो । अर्का चर्चित ¥यापर लाहुरे लागुऔषधसहित पोखरामा समातिएपछि उनि माथि लागुऔषधमा पुलिसले छानबिन ग¥यो, अहिले लागुऔषधविरुद्ध अभियान नै सञ्चालन गर्ने भएका छन् । यस्तै क्षणिक आनन्दले गलतबाटो समात्दै जाने हो भने युवा जेनेरेसन सखाप हुने स्थितिमा पुग्नेछ । नेपाल जस्तो अविकसित मुलुकमा यस प्रकारका समस्या बुद्यमान देखिन्छन् । अभिभावकहरूले आफ्ना छोराछोरीहरुलाई घरबाट निस्किएपछि कत्तिको निगरानीमा राखेका हुन्छन् के कामको लागि बाहिर जनछन् भनेर ध्यानमा राख्न मुख्य भूमिका रहने देखिन्छ । कलेज जान्छु भनेर हिँडेका छोराछोरी साँच्चै कलेज पुगेका छन् त, कुनै अभिभावकहरूले कहिले क्याम्पसमा सम्पर्क गरेर निगरानी राखेका छन् । यो किसिमको नियम अभिभावक र कलेज बिच नियमनको विषय बनेको होला ? कलेजले यस्तो किसिमको बिषयमा अभिभावकसंग समन्वय गर्ने प्रयास गरेका होलान् ? अभिभावक स्वयम कलेजमा उपस्थित भएर छोराछोरीको पढाइको बारेमा बुझेका छन् कि छैनन् ? यस्ता धेरै कुरामा ध्यान नदिदा आज टिनेजर जेनेरेसन गलत बाटो समाति रहेका छन् ।

६२/६३ पछि नेपालमा भित्रिएको मोबाइलले सञ्चार क्षेत्र जति सकारात्मक प्रभाव परेको छ, त्यतिनै नकारात्मक प्रभाव पनि परेको छ । युवा जेनेरेसनले चलाउने सामाजिक सञ्जालहरु फेसबुक टिकटक केही हदसम्म सदुपयोग सकारात्मक मान्न त सकिन्छ तर पछिल्लो समय यसले विकृतिको बिकराल रुप लिएको देखिन्छ । फेसबुक टिकटकबाट हुने देखासिकीले गर्दा छोराछोरीहरुले बाआमासंग नचाहिने कुराहरुको डिमान्ड गर्ने र पूरा नगरिदिएको खण्डमा घर छोड्ने गालीगलौज गर्ने दुख दिनेसम्म गरेको पाइन्छ । टिकटकमा भ्यूज बढाउने बाहानामा उशृखंल र अनैतिक भिडियो राख्ने । समय समयमा संसदमा संसद्हरुले नै गेमहरुको विषयहरुलाई लिएर गेम नै प्रतिबन्ध लगाउनु पर्ने सम्मका बिषय उठाएको पाइन्छन् । हिन्दी कार्टुन लगाइदिएर अभिभावकहरूले बच्चा भुलाउने निहुँदेखि लिएर खाना खुवाउने निहुँसम्ममा गलत लत बसालेको देखिन्छ । आजकालका बच्चा नेपालीभन्दा हिन्दी भाषा बढी बोल्छन् । यसमा सरासर अभिभावकहरूले आफ्ना बच्चाहरूलाई गलत लत बसालिदिएका छन् । सरकारले पनि यो विषयमा गम्भीर रुपमा लिएर नेपली ज्ञान मुलक कार्टुनहरु बनाउनु पर्ने देखिन्छ । हालै काठमाडौंमा स्वतन्त्र उम्मेदवारबाट जितेका बालेन साहाले एक कार्यक्रममा यस विषयमा प्रवेश गराई मदनबहादुर–हरिबहादुर नामक नेपाल भाषाको कार्टुन बनाउनुपर्छ भन्ने सकारात्मक कुरा गरका थिए । साँच्चै भन्नुपर्दा भाषालाई लिएर नेपाल सरकार गम्भीर हुनैपर्छ ।

यस्ता विद्यमान अवस्थालाई लिएर सबैभन्दा पहिला घरको अभिभावक नै जिम्मेवार हुनु पर्ने देखिन्छ । युवा छोराछोरीलाई जिम्मेवार र परिपक्व बनाउने पिलर भनेकै अभिभावक हुन् । सरकारले पनि युवाहरुप्रति ड्रग्सविरुद्ध अभियान नै सञ्चालन गरेर अहम् भूमिका खेल्नुपर्दछ । लागुऔषध सम्बन्धित कानुन भए पनि त्यसलाई कडाइका साथ पालना खासै पलना नगर्दा पनि ड्रग्स प्रयोग कर्ताहरु बढेका छन् । कानुनलाई कडाइका साथ पलना गरिदिने हो भने पनि केही प्रतिशत कमी आउँछ । स्कुल कलेजको वरिपरि सुर्तीजन्य पदार्थ, चुरोट रक्सी खुलेआम बिक्री वितरण भएको पाइन्छ । यसलाई कडाइका साथ कानुनी मापदण्ड बनाएर बिक्री वितरणमा रोक लगाउन सकिन्छ । विभिन्न नाकाहरु बाट हुने अवैध रुपमा भित्रिने लागूऔषध कडाइ गर्ने हो भने पनि केही हदसम्म प्रयोग कर्ताहरु कम हुने छन् ।