‘वैज्ञानिक वन व्यवस्थापनबाट प्रदेशलाई समृद्ध बनाउन सकिन्छ’

मेचीकाली संवाददाता

७ श्रावण २०७९, शनिबार
381 shares

पार्वती आचार्य
कपिवलस्तु । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले प्रदेशलाई समृद्ध बनाउन सकिने दावी गरेका छन् । उनले वैज्ञानिक वन व्यवस्थापनले मात्र देशलाई समृद्धितर्फ अगाडि लैजान सकिने बताउँदै वैज्ञानिक वन व्यवस्थापन कसैले रोक्न नहुनेमा जोड दिए । मन्त्री हमालले वन प्रदेशको एकल सूचीमा रहेका कारण प्रदेशले बनाएको वन ऐन लागू हुनुपर्नेमा जोड दिए ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको रूपन्देहीको देवदहमा भएको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री हमालले उक्त कुरा बताएका हुन् । मन्त्री हमालले वातावरण संरक्षणमा वनले महत्वपूर्ण भूमिका निभाएको बताउँदै शुसासनलाई बढी महत्व दिनु पर्नेमा जोड दिए । उनले वनको विकास, संरक्षण र संवद्र्धनमा प्रदेश सरकार सदैव साथ सहयोग गर्न तयार रहेको बताए । उनले विज्ञानमा आधारित वन व्यवस्थापन गर्नु आजको आवश्यकता रहेकोमा जोड दिए । उनले सबैको साथ र सहयोगले मात्र वनको संरक्षण, संवद्र्धन गर्न सकिने बताए ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष रेनु सेनको अध्यक्षतामा ‘सम्वृद्धिको लागि वैज्ञानिक वन’ भन्ने मूलनाराका साथ अधिवेशन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापनको पृष्ठभूमिको बारेमा जानकारी दिदैं बार्षिक प्रतिवेदन र आगामी कार्ययोजनाको बिषयमा संस्थाका अध्यक्ष रेनु सेनले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै केन्द्रिय महासचिव मधु बिलास अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रकाश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वन निर्देशनालय भैरहवाका प्रमुख जिवन पंगेनीले नेपाल सरकारले खारेज गरेको नियमामावलीलाई यस लुम्बिनी प्रदेश सरकारले फिर्ता ल्याउन सफल भएको बताए । बैज्ञानिक वन व्यवस्थापन लागू गर्नु गलत थिएन अध्ययन गरेरै धेरै समयपछि प्रदेशले ऐन र नियमावली बनाउन समेत सफल हुनु गर्वको बिषय भएको बताए । साथै सबैले शुसासनको बिषयलाई ध्यान दिन समेत आवश्यक भएको बताए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख नारायण देव भट्टराईले वैज्ञानिक वन व्यवस्थापनलाई व्यवस्थापन गर्नका लागि बैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका पदाधिकारीहरु सम्पूर्ण नेपालीहरुको प्रेरणको श्रोत बन्न सफल भएको बताए । लामो समय सम्म संघर्ष गरेर संस्था बचाउन सफल भएको भन्दै संस्थालाई अगाडी बढाउन बैज्ञानिक वन व्यवस्थापन समितीका जिल्ला, प्रदेश र केन्द्रिय प्रतिनिधीहरु तथा आमनागरिक एकजुट हुनुपर्नेमा जोड दिइ । वन व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट पूर्ण साथ रहने महाशाखा प्रमुख भट्टराईले प्रतिवद्धता जनाए ।
त्यसैगरी देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले बैज्ञानिक वन व्यवस्थापनलाई जिवित राख्नकालागि लामो समय सम्म जिल्ला, प्रदेश र केन्द्र सम्म संघर्ष गर्ने पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले लामो समय सम्म वन ऐन, नियमावली बाँझिदा आम उपभोक्ताहरुले धेरै दुःख पाएको बताए । तयारी भएका काठदाउरा निकासीमा एक्कासी रोकिए पछि कार्य सम्पादनमा समेत समस्या भएको बताए ।

डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले बैज्ञानिक वन व्यवस्थापनका पदाधिकारीहरुलाई शुभकामना दिदै राम्रो कामकालागि डराउनु नपर्ने बताए । वन व्यवस्थापनको बारेमा जानकारी दिंदै दियो वन व्यवस्थापन भनेको एक कन्टेन भएको बताए ।
त्यस्तै डिफानका अध्यक्ष दामोदर शर्माले बन संंग सम्बन्धित कुनै समस्याहरु आएमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । कार्यक्रम महासंघका उपाध्यक्ष खेमनारायण अधिकारीको स्वागत तथा महासंघका सचिव डिल्लीराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश नं. १, मधेश प्रदेश २, गण्डकी प्रदेश ४, लुम्बिनी प्रदेश ५ र सुुदुर पश्चिम प्रदेश ७ गरी ५ प्रदेशका बिभिन्न जिल्लाहरुबाट ५ सय ४३ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यसैबिच प्रथम साधारण सभाबाट बैज्ञानिक वन व्यवस्थापन महासंघको केन्द्रिय अध्यक्षमा रेनु सेन सर्वसहमत निर्वाचित भएकी छन् । जसको उपाध्यक्षमा बिमला सापकोटा, महासचिवमा फर्साराम भुषाल, सचिवमा कृष्णबहादुर खत्री र कोषाध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । भने रेनु सेनको अध्यक्षतामा ४३ सदस्यीय समिती सर्वसहमत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दामोदर शर्माले बताए ।