हरिका कुरा

मेचीकाली संवाददाता

२४ श्रावण २०७९, मंगलवार
566 shares

लक्ष्मण बेल्बासे
भोलि बिहान पनि समय मै उठेर मर्निङवाक जानुपर्छ भन्दै मोबाइल र तख बन्द गरेर सिरकमुनि घुस्रिएका छन् हरि । एकै छन मै उज्यालो भए जस्तो लाग्छ उनलाई । पत्यार लाग्दैन । उठ्नुभन्दा सुत्नमै मज्जा लाग्छ । त्यही पनि घडी हेर्छन् बिहानको साढे पाँच भई नै सकेछ । अर्को प्रमाण कुखुरा बासेर उनलाई पत्याउन बाध्य पार्छ । यसपालि काठमाडौंमा पनि गर्मी पहिलेभन्दा धेरै भएको छ । लामखुट्टेको आक्रमण झेल्दै निदाएका हरि आँखा मिच्दै ‘ट्वाइलेट’ तिर लाग्छन् । उनको त पालो नै आएको रहेन छ । एउटा ‘ट्वाइलेट’ धेरै मान्छे । सबै सबेरै उठ्दा त त्यहाँ पनि ट्राफिक जाम हुने गर्दछ । चाँडै उठ्नु हरिको लागि यो पनि एउटा सकस हुने गर्दछ । गाउँमा जस्तो कतै गएर सुसेली हाल्न मिल्दैन यो सहरमा । कहिले त पालो आइपनि हाल्छ । हतार हतार ‘ट्वाइलेट’ पस्यो हल्का पनि भयो । समस्या पर्छ । पानी हुँदैन । हामीकहाँ पेपरको चलन अझै चलेको छैन । तर पनि कहिलेकाहीँ पत्रिकाले काम चलाउनुपर्छ । यसलाई नक्कल भनौं या बाध्यता ।

आज पनि केही समय पछि हरिको पालो आएको छ।हल्का भएर निस्किएका छन् । समस्या त्यही परेको छ । आजको काम पनि पत्रिकाले टरेको छ । भोलि ‘ट्वाइलेट’ जाम ले फेरि झनै समस्या ल्याउने छ । हल्का भएर थोरै पानि पिएर । एउटा बाध्य सिपाही जस्तै मर्निङवाकको लागि निस्कन्छन् । बाहिर त मजाको सिमसिम पानी परी रहेको छ । उनलाई ठूलै राहत मिले जस्तो लाग्छ । योभन्दा गतिलो बहाना के हुन सक्छ । यस्तो झरीमा कसरी मर्निङवाकमा निस्कनु । कोठामै फर्किन्छन् र विस्तरामै पल्टिन्छन् ।

समाचार हेर्छन् । पहाडमा पानी परेन मकै बारीमै सुकीसके । मूल सुकीसके । पानि लिन खोला पुग्नु पर्ने भई सक्यो । भन्छन् कति बस्ती यही कारण बसाई सर्न बाध्य छन् । तराईमा बाहिर निस्कने अवस्था छैन । खेत फुटी सके । धान रोप्ने कुनै उपाय छैन ।
सहर पाल्दा आफू पनि पालिने बाध्यता को जिम्मेवारी बोकेका गाउँले किसान निरिह भएका छन् । सहर ले त देश बाहिर बाट पनि किनेर खान सक्छ । निरिह किसान कसरी बाँच्ने ।
हरि सोच्दा सोच्दै आफ्नै गाउँ पुग्छन् । काठमाण्डौ मा दिन दिनै पानी आएको छ । जहाँ यति धेरै वर्षा को आवश्यकता छैन । मान्छेलाई जहाँ मोर्निगवाकदेखि अफिस जान अप्ठेरो भएको छ । यहाँ पानि नपर्दा कसैका मकै सुक्दैनन् । कसैका खेत पटपट फुट्दैनन् । कसैका बाँच्ने आधार छुट्दैनन् । यहाँको विकास यस्तै छ । न तराई न पहाड सिंचाइको व्यवस्था कतै राम्रो छैन । आयोजना सुरु भइहाले पनि नाति को पाला पनि पूरा हुँदैनन् । बनिहाले पनि राष्ट्रिय गौरवका आयोजना पानी नहाल्दै भत्किन्छन् । फेरि मर्मतको लागि बजेट छुट्याउँछ ।

हरि बाल्यकालतिर पुग्छन् । सानै छदा आज जेठाबाले चौपारी चिन्ने अरे भन्दै सबै केटाकेटी प्रसाद खान जम्मा भएको सम्झन्छन् । त्यसैगरी मुखिया बाले पोखरी खन्न र पोखरी र पँधेरा सफा गर्न गरेको उर्दी कटवालले सबै गाउँले लाई सुनाएको सम्झिन्छन् । हजुर बा भन्नुहुन्थ्यो–बाँचुन्जेल एउटा पोखरी खन्न पायो र वर, पिपल र स्वामी रोपेर एउटा चौपारी चिन्न पाए सिधै स्वर्ग जान पाइने थियो । त्यसमाथि एउटा फलको बगैंचा बनाइदिन पाए जीवन साँच्चीकै धन्य हुनेथियो ।
हरि क्रान्तिकारी भएदेखि गाउँ धेरै बस्नै पाएका छैनन् । हजुरबाले चिनेका चौपारी र खनेका पोखरी उनको प्राथमिकतामा कहिले परेनन् । चौपारी चिनेर र पोखरी खनेर कोही स्वर्ग जाने कुरामा पनि उनलाई कहिल्यै विश्वास लागेन । हरि पूरा भौतिकवादी र मास्कवादी पनि । उनलाई सबै कुरा अन्धा विश्वास लाग्यो तर उनलाई पनि लाग्थ्यो स्वर्णिम कार्यको परिणाम मै स्वर्ग हुन्छ । अहिले कताकता हजुरबाका भनाइले चस्स छुन्छ पनि पवित्र कार्यबाट प्राप्त सन्तुष्टि मै स्वर्ग हुन्छ । त्यो तिमीभित्रै खोज्ने हो । भौतिक दुनियामा स्वर्ग भेटिदैन ।

आज हरिले फेरि काठमाडौं छोडेका छन् । धेरैपछि चुनावी कार्यक्रममा गाउँ पुगेका हरि केही समय गाउँमा बिताउने अवसर पाएका छन् । क्रान्तिको राप र ताप दुइटै सकी सकेको छ । आफैले लेखेको संविधान आफ्नै सरकार हरि वनको चरी जस्तै स्वतन्त्र छन् । आफ्नै घरमा मिठो निद्रा सुतेका हरि बिहान सबेरै उठेका छन् । चरीको चिरवीर ,घरै अगाडिको वरपिपलको सिरसिर हावा बाले बजाएको शंख र घण्टा अनि त्यो मन्त्रोच्चारण लाग्छ उनी अर्कै दुनियामा आएका छन् । मन शान्त छ । तन् झनै ऊर्जा मय भएको छ । जीउ तन्काउँदै आगनमा पुगेका हरि । सबैले चासो राख्छन् कहिले आएको र कहिले जान्छस् भनेर सोध्ने सबै हुन्छन् । माथिबाट जेठी आमा बेलामा पानि बोकेर चौपारीमा जान्छिन् । वरपिपलको फेदमा पानि चढाएर फर्किन्छन् । हरि पनि जेठीआमा कै पछि लाग्छन् । जेठाबालाई भेट्छन् । जेठी आमाले तुलसीको मठमा जल चढाएको ध्यानपूर्वक हेर्छन् । जेठी आमाको सूर्य नमस्कार हेर्छन् । मनमनै भन्छन्– हामी साँच्चीकै प्रकृति पुजकका सन्तान हौं ।

उनलाई लाग्छ सबै कुरालाई धर्मसँगै जोडेर सोलोडोलो यस्ता प्रकारका कार्यलाई अवैज्ञानिक र अन्धविश्वास भन्दै पर्यावरणप्रतिको त्यो गैर जिम्मेवारी पन हरिलाई आफैलाई अचम्म लाग्छ । सहरतिर भूमिगत जलाधार सकिन थाल्यो । पोखरी खन्ने योजना बनेका छन् । विकासका नाममा पुरिएका पोखरी फेरि खन्ने कुरा हुँदै छन् । हरीले बल्ल बुझेका छन् । रुख बिनाको फोक्सो र पानी बिनाको शरीर कसरी कल्पना गर्न सकिन्छ । त्यसैले त हजुरबुवा भन्नुहुन्थ्यो–सबैलाई जीवन दिने वरपिपल रोपेर चौपारी चिन्नु तथा जलासय संरक्षण गरेर कैयौँ पुस्तालाई जीवन दान दिनु साँच्ची कै पवित्र कार्य अर्थात् स्वर्ग जाने मार्ग हो ।

अब हरिको मनले स्वीकारेको छ । हजुरबा साँच्चीकै दूरदर्शी हुनुहुन्थ्यो र उहाँका कार्य साँच्चीकै पवित्र थिए । उनलाई लाग्छ बा साँच्चै स्वर्गमा हुनुहुन्छ । लाग्छ पुर्खाको त्यो दूरदर्शितालाई सलाम गरौं । जति बेला रुखको कुनै अभाव थिएन । जति बेला वर्षायाममा सर्वत्र पानीका मूल फुट्थे, त्यति बेलै पनि हजुरबा, आमाहरू चौपारी चिन्थे । पोखरी खन्थे । हरिलाई सधैं अनौठो लाग्थ्यो पोखरी खनेर र चौपारी चिनेर स्वर्ग गइन्छ । अहिले लाग्छ व्यवस्था त्यति बेला पनि ठिकै थियो । व्यवस्थापक सबै खराब हुँदा सबै कुरा अन्धविश्वासमा बदलियो । वास्तविकता लुकाएर सिकाएका यिनै कुरा स्वर्ग जाने जस्ता विश्वासमा बदलेर समाजलाई जडतामा बदलियो । विश्वासलाई अन्धविश्वासमा बदलियो र यही शोषणको आधार बन्न थाल्यो ।

यसरी हाम्रा राम्रा संस्कार संस्कृति र चालचलन पनि अन्धा अनुकरण हुन थाले । भनिन्छ मन्दिर पनि कुनै बेला पूजा गर्ने ठाउँ हैन, ध्यान केन्द्र थिए । ऊर्जा का स्रोत थिए । जहाँ शिव आफै आदि योगी थिए । हरिलाई लाग्छ, आफै भौतिकवादी भएर धर्मको विरोध गर्दै गर्दा त्यससँगै जोडिएर आएका वैज्ञानिक रीतिथिति, चालचलन, संस्कार र संस्कृतिको विरोधी हुन पुगिएछ । उनलाई लाग्छ, माक्सवादी हुँदै गर्दा आफैँ माक्सवादको विरुद्ध पुगिए छ । त्यसैले त माक्र्सवाद भन्ने गर्छ–हरेक चीजलाई आलोचनात्मक चेतबाट हेर । गुण र दोषको आधारमा मूल्यांकन गर ।

चुनावमा हिँडेका हरि गाउँभरि डुलेका छन् । व्यवस्था बदलेको पनि धेरै भइसक्यो, अवस्थामा सकारात्मक बदलाव केही आएको छैन । उदण्डता बढेको छ । गाउँभरि भट्टी पसलको संख्या बढेको छ । सामाजिक सदभाव खलबलिएको छ । विकासको नाममा चलेका डोजरले एकै छिनमा पोखरी सम्मो परेका छन् । बाटो विस्तारसँगै चौपारीका निशान मेटिएका छन् । आज उनलाई लाग्छ–हजुरबाहरूको मृत्युपश्चात धेरै चलनको मृत्यु भएको छ । त्यसपश्चात गाउँमा एउटा पोखरी खनिएको छैन । एउटा चौपारी चिनिएको छैन । स्वर्ग जाने अन्ध विश्वासमा कसैलाई रुचि छैन । हिजो पिपल काटे, पाप लाग्थ्यो, आज लाभ हुने विश्वास बढेको छ ।

उनलाई लाग्छ हामीले ल्याएको उन्नत व्यवस्थामा कस्तो संस्कार र संस्कृतिको विकास ग¥यौँ, जहाँ विनास गरे पुण्य हुन्छ, सृजना र संरक्षणतिर लागे पुरातनवादी पाखे भइन्छ । उनलाई लाग्छ यही उन्नत व्यवस्थाका निकृष्ट व्यवस्थापकले विकास गरेको संस्कार र संस्कृतिको विरुद्ध फेरि सांस्कृतिक क्रान्तिको आवश्यक भइसकेको छ । होइन भने यहाँका वैज्ञानिक संस्कार, संस्कृति र चालचलन सबै नामेट हुनेछ । विचारविहीन पैसाको लागि जे पनि गर्न तयार अहिलेका भ्रष्ट व्यवस्थापकलाई अझै पनि निरन्तरता दिए देशकै भविष्य निकृष्ट हुनेछ । ट्वाइलेट जाँदा पालो कुर्ने हरि यही व्यवस्थाका व्यवस्थापकको रजगज र बेइमानी देखेर घरीघरी तिर्मिराउने गर्दछन् । पार्टी भ्रष्टहरूका स्रोत केन्द्र भएका छन् । बाद र विचार मागी खाने भाँडो र देखाउने दाँत भएका छन् । यो देश श्रीलंका भए पनि वा फिजी भए पनि शक्ति र पैसाको लागि व्यवस्थापक लम्पसार परेकै छन् । यो देश छोड्नै परे पनि अन्तै व्यवस्था मिलाई सकेका छन् । त्यसैले सबैमा दम्भ बढेको छ ।

यो व्यवस्था नै अन्तिम विकल्प पक्कै होइन । प्राकृतिक स्रोत र साधनमाथि ब्रम्हलुट मच्चाएर संसारभर राज गरेको यो व्यवस्था ले कसैलाई निरिह ठान्छ र निश्चित मान्छेलाई विशिष्ट बनाउँछ । हुनत व्यवस्थाभन्दा असल शाशक हुनु पर्ने कुरा कैयौँ देशका शाशकले प्रमाणित गरेका छन् । तरपनि यो विभेदकारी व्यवस्थाले व्यवस्था गर्ने विभेद नै हो भन्ने कुरा निश्चित रहेको छ । पृथ्वीकै आफूलाई मात्र विशिष्ट प्राणी ठान्ने र अरूको अस्तित्वलाई अस्वीकार गर्ने यो व्यवस्थाका शाशकले अमेजन जस्तो संसारकै जीवन रक्षक जंगलसमेत पैसाको लागि सिध्याउँदै छ । पैसा शक्तिकै लागि तथा संसारभर लुट मच्चाउने लोभमा प्राकृतिक सन्तुलनमै खलल पारेर आजैदेखि भोलिको पुस्तालाई असुरक्षित बनाईसकेको छ । त्यसैको परिणाम संसारभर देखिन थालिसकेको छ ।

संसारलाई नै विभेद मुक्त पार्ने चाहना राख्ने हरि जस्ता धेरै लाई घरेलु अवस्था ले नै चिन्तित बनाउन थालेको छ । अहिले नै अवस्था व्यवस्था र व्यवस्थापक ले बनाएको विभेदको खाडल ठूलो भइसकेको छ । उनलाई लाग्छ व्यवस्था बदल्न नसके पनि व्यवस्थापक बदल्नुपर्छ अर्थात् शाशक बदल्न जरुरी भइसकेको छ । मनले भन्छ– पार्टीको घेराभन्दा बाहिर निस्केर असल शाशकको चयन आजको आवश्यकता हो । डुल्दै जाँदा केटाकेटीमा छेउको पात टिपेर ठाडो घाँटी लाउँदै पानि पिउने गरेको खोल्सानिरै पुग्छन् । पुराना कुराको सम्झना आउँछ । पानी खाएर पसिना सुकाउने चौपारीतिर हेर्छन् । उनले सम्झे जस्तो केही छैन रहेछ । बाटो खन्दा डोजरले फलेको माटोले पुरिएर खोल्सा पनि सम्मो भएछ । दुर्भाग्य चौपारी त झनै बाटोमै परेछ । जरासम्म निकालेर फालिएछ । हाम्रो चौपारी भनेर दावी गर्ने पनि कोही देखिएन । त्यो सार्वजनिक ठाउँ मै थियो । यहाँ सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धन गर्नुपर्छ भन्ने विचार वा चलन हजुरबाको मृत्युसँगै मृत भइसकेको छ । पुराना दिनमा पुगेर झस्किँदै फेरि वर्तमानमा आएका हरिको खोल्साको पानि पातले खाएर पिपलको फेदमा सुस्ताउने सपना तुहिएको छ । अब छहारीमा बसेर फेसबुक चलाउने रहर पनि तुहिएको छ ।