बुटवल । क्यानडा जान चाहनेहरुका लागि आइतबार बुटवलमा एक दिने सेमिनार सञ्चालन हुने भएको छ । क्यानडियन स्टडी सेन्टर तथा बीबीसी एजुकेशन प्रा.लि. बुटवलको संयुक्त आयोजनामा जानकारीमूलक फ्रि सेमिनार हुन लागेको हो ।
बुटवलको सिद्धार्थ कटेजमा हुने सेमिनारमा विभिन्न जिल्लाका ३ सय बढी विद्यार्थी सहभागी हुने आयोजक संस्थाका सञ्चालक डिभी रायमाझीले जानकारी दिए । निशुल्क रुपमा सहभागी हुन पाउने उक्त सेमिनारमा क्यानडाबाट आएका एक्सपर्ट इमिग्रेशन काउन्सिलर असोक पौडेलले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा क्यानडा अध्ययनका लागि विभिन्न कलेज तथा विश्वविद्यालयका कार्यक्रम, छात्रावृत्ति, भिसा प्रक्रिया तथा क्यानडा जानका लागि डकुमेन्टेसन लगायतका बारेमा जानकारी गराइने भएको छ ।
यसैगरी सेमिनारमा सहभागि भएका विद्यार्थी तथा अन्यका लागि समेत १ सातासम्म बीबीसी एजुकेशन प्रा.लि.को कार्यालय बुटवल–६ ट्राफिकचोकमा फ्रि काउन्सेलिङको व्यवस्था गरिएको सञ्चालक डिभी रायमाझीले जानकारी दिए । क्यानडा जानका लागि आवश्यक प्रक्रिया तथा कागजातका बारेमा अस्ट्रेलियाबाट आएका इमिग्रेसन काउन्सिलर असोक पौडेलसँग प्रत्यक्ष भेटगरी सल्लाह लिन सकिने उनले बताए । विगत ३ वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको बीबीसी एजुकेशन माफर्त हालसम्म सय बढी विद्यार्थी क्यानडा पुगेको रायमाझीले दाबी गरे ।