प्रदीप गिरीको सम्झनामा

मेचीकाली संवाददाता

५ भाद्र २०७९, आईतवार
90 shares

दिल साहनी
नेपाली कांग्रेसका एकजना प्रतिष्ठित उदारवादी शिष्ट सौम्य अध्ययनशील चिन्तक बौद्धिक व्यक्तित्व प्रदीप गिरी बिमारी भएर अस्पतालमा भर्ना हुनासाथ चारैतिरबाट उनकोे स्वास्थ्य लाभको कामना गर्दा गर्दै असामयिक मृत्यु हुन पुग्यो । उनको मृत्युले मुलुकले एकजना बौद्धिक राजनैतिक सम्पति गुमाएको छ ।

यो कुरा ठीक हो कि म उनको बिचारदेखि नजदिक थिइन । उनको दर्शनदेखि नजदिक थिइनं । उनको सिद्धान्तदेखि नजििदक थिइन । उनको राजनीतिदेखि नजिक थिइनं । फेरि पनि उनको बौद्धिक क्षमतादेखि प्रभावित थिएँ । उनको चिन्तनशील व्यक्तित्वबाट प्रभावित थिएँ । उनी विपरीत ध्रुवका व्यक्ति भए पनि असल व्यक्ति थिए । नेपाली कांग्रेसमा छुट्टै पहिचान बनाएका व्यक्ति थिए । लोभ लालच पद प्रतिष्ठाको माखेजालोदेखि मुक्त थिए । कुनै छलकपट नभएका मान्छे थिए ।

मैले प्रदीप गिरीलाई नदेखेको नभेटेको पाँच दशकभन्दा लामो समय भएको थियो । मैले नेपालमा कहिले प्रदीप गिरीलाई देखिन भेटिन । उनलाई देखेका भेटेको जानेको चिनेको विद्यार्थीकालमा बनारसमा हो । मैले प्रदीप गिरीलाई बनारसमा वी पी कोइराला सशस्त्र क्रान्ति गर्न बनारसको सारनाथमा रहेको बसेको बेलामा भेटेको देखको चिनेको जानेको थिएँ ।

दिल साहनी

म संझिन्छु म शिलाङबाट पुष्पलालको नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीको एउटा छात्र मोर्चाको रुपमा रहेको अखिल भारतीय छात्र फेडरेसनको सम्मेलनमा भाग लिन शिलाङबाट टंक प्रसाद पोखरेल ,ईश्वरी प्रसाद खनाल, धर्मलाल भूसाल लगायतका एक दर्जन विद्यार्थी साथीहरूसित १९७० तिर बनारस पुगेको थिएँ । छात्र फेडरेसनको सम्मेलन बनारसको मैदागिनमा स्थित टाउन हलमा हृुनु थियो. । तर त्यस हलमा हुन थालेको सम्मेलनलाई नेपाली कांगेस नजदिकको नेपाल विद्यार्थी संघको नेतृत्वले हस्तक्षेप गर्न खोजेको थियो. । तर उनीहरूको त्यस हस्तक्षेपलाई त्यतिबेला बनारसमा डेरा जमाए बसेका मोहन चापागाईले आफ्नो शक्ति देखाएर परायस्त गरेका थिए । मैले सुने बुझे अनुसार छात्र फेडरेसनलाई बिथोल्न प्रमुख भूमिका खेल्ने व्यक्ति यिनै प्रदीप गिरी थिए । यद्यपी मैले त्यतिबेला प्रदीप गिरीलाई चिन्दिनथें ।

त्यतिबेला बनारसमा प्रदीप गिरीकोृ नाम निकै चलेको थियो । जसको मुखबाट पनि प्रदीप गिरीको नाम उच्चाहरण हुन्थ्यो । म सोंच्दथें को होला यो प्रदीप गिरी नामको मान्छे ? एक दिन मैले मोदनाथ प्र।श्रतलाई भनेको थिएँ तपाइंले मलाई प्रदीप गिरी को हो चिनाइदिनु होला । तर अचम्भ मैले प्रदीप गिरीलाई नभेटी भेट्न पुगेको रहेछु । उनलाई नचिनी चिन्न पुगेको रहेछुृ । उनीसित परिचित नभई परिचित हुन पुगेको रहेछु ।
एक दिन बनारसको गल्लीको चिया पसलमा मोदनाथ प्र।श्रत एकजना युृवकसित कुराकानी गरिरहेका थिए । त्यो युवक नेपाल आएर फर्केको भान हृुन्थ्यो । उसले आफ्नो अनुभव मोदनाथ प्रश्रितसित शेयर गरिरहेको थियो । मोदनाथ प्रश्रित त्यस यृुवकका कुरा सुनेर मख्ख परिरहेका थिए । म पनि त्यस युवकको कुराबाट निकै प्रभावित भएको थिएँ । वास्तवमा मैले अझसम्म यति सुक्ष्म तरिकाले र मनोबैज्ञानिक ढंगले कुनै पनि कुराको विश्लेषण गर्ने युवक देखेको भेटेको थिइनं । मलाई लाग्यो यो युृवक निकै ट्यालेन्टेड रहेछ । सुक्ष्म दर्शी रहेछ । खुबी भएको विश्लेषक रहेछ । नेपाल बुझेको युवक रहेछ । राजनीति बुझेको युवक रहेछ ।

एक दिन फेरि मैले मोदनाथ प्रश्रितलाई प्रसंगबश तपाइंले मलाई प्रदीप गिरीलाई चिनाउनु भएन भनें । भेटाउनुृ भएन भनें । मोदनाथ प्रश्रितले भने चिया पसलमा मसित कृुराकानी गरिरहेको यृुवक नै त प्रदीप गिरी हो । हो, बनारसमा चिया पसलमा मोदनाथ प्रश्रितसित मैले पहिलोपल्ट प्रदीप गिरीलाई भेटेको थिएँ । भेटेको रहेछु ।
सुनिन्थो प्रदीप गिरी वी पी कोइरालामा दाहिने हात जस्ता थिए । प्रदीप गिरीको वी पी कोइरालाकी भाञ्जी शैलजा आर्चायसित प्रेम थियो । यो कुरा व्यापक भएकोृ थियो । यो कुरा वी पी कोइरालालाई मन परेको थिएन । यही विषयलाई लिएर एक दिन प्रदीप गिरी कुटिए । पिटिए । उनी त्यसरी कुटिए पिटिएको अवस्थामा हामीले उनलाई सहानुभूति दिन पनि भेट्नु पर्दछ भन्ने बिचार राखी मोदनाथ प्रश्रित,शान्ता मानवी र म प्रदीप गिरीलाई भेट्न पुगेका थियौं । त्यतिबेला उनी कुटिए पिटिए पछि स्वास्थलाभ गर्दै थिए । उपचारत थिए । यो मेरो प्रदीप गिरीसितको दोस्रो भेट थियो । दोस्रो भेट पनि बनारसमा नै भएको थियो ।

पारिजात बनारस पुगेकी थिइन् । त्यतिबेला मोदनाथ प्रश्रित पुष्पलालको पार्टीमा मुख्यत साहित्यिक सांस्कुतिक फाँटमा रहेर काम गरिरहेका थिए । बनारसमा बस्दा उनी डेरा गरी बसेका थिए । आफू बस्ने डेराको ढोकामा लेखेका थिए– बिहानको सुन्दर सुजनाको समयमा भेटघाट नगरौं । मोदनाथ प्रश्रितले हामीसित सल्लाह गर्दै भने पारिजात बनारस आएको बेलामा भेटघाट कार्यक्रम राख्नु ठीक होला । त्यतिबेला बनारसमा पारिजातलाई उपस्थित गराई साहित्यिक विचार गोष्ठी राखियो । त्यस गोष्ठीमा प्रदीप गिरी पनि आमन्त्रित गरिएका थिए । उनी पनि आफ्नो साहित्यिक अवधारणा राख्दै बोलेका थिए । उनले माक्र्सवादको चर्चा गर्दै माक्र्सवादी साहित्यिक अवधारणाको खण्डन मण्डन गरेका थिए ।

माक्र्सवादी साहित्य कम्युनिष्टले मात्र होइन बुर्जुवाहरूले पनि पढेका हुन्छन् । अध्ययन गरेका हुन्छन् । पंडित नेहरुले एक ठाउँमा भनेका थिए — जब सारा संसार अंधकार में भटक रहा था उस समय माक्र्सवाद ही ऐसा दर्शन था जो दुनिया को रोशनी दिेखा रहा था । र्मै भी माक्र्सवाद से प्रभाििवत रहा हुआ था । मगर पीछे मुझै गान्धी ने अपने ओर आकर्षित किया । स्वयं वी पी कोइराला पनि माक्र्सवादबाट प्रभाििवत थिए । त्यसले त उनी रुढी बुढी बिचारबाट मुक्त थिए । परम्परागत चिन्तनबाट मुक्त थिए । भनेकै थिए मेरो मुत्यु पछि मेरो काज क्रिया गर्न पर्दैन । त्यसैले प्रदीप गिरीले माक्र्सवादको अध्ययन गर्नृु कुनै नौलो कुरा होइन । थिएन । तर पनि मान्छेहरू भन्दथे प्रदीप गिरीले माक्र्सवाद कचरप्पै खाएको छ । प्रदीप गिरी माक्र्सवादको पंडित हो । प्रदीप गिरीले जति माक्र्सवादको अध्ययन गरेका छ त्यति कम्युनिष्टहरूले पनि अध्ययन गरेका छैनन् । मलाई लाग्दछ प्रदीप गिरीले माक्र्सवाद त पढेका थिए । तर त्यसलाई अनुशरण गर्न होइन । उनलाई थाहा थियो माक्र्सवादको खण्डन गर्न छ भने माक्र्सवादको अध्ययन गर्नु पर्दछ । फेरि अर्को कुरा यो पनि छ प्रदीप गिरीले माक्र्सवाद बुझेको भए उनी माक्र्सवादी नै हुन्थे । उनले माक्र्सवाद नबुझी नबुझी पढे. । बुझेकै भए पनि माक्र्सवादबाट प्रभावित हुन चाहेनन् । माक्र्सवादबाट प्रभावित भएनन् । उनी कम्युनिष्ट हुन खोजेनन् । यति भएर पनि माक्र्सवादको अध्ययन गरे पछि उनी त्यसबाट कत्ति प्रभावित भएनन् भन्न सकिन्न । शायद माक्र्सवादबाट कम बेसी प्रभावित भएर नै उनी अरु कांग्रेसभन्दा फरक भए । भिन्न भए । विशिष्ट भए ।

बनारसमा मैले प्रदीप गिरीलाई तेस्रोपल्ट पारिजातको उपस्थितिमा भेट्दा उनले माक्र्सवादकै नाममा माक्र्सवादी साहित्य कला चिन्तनको खण्डन मण्डन गरेका थिए । म उनको बिचारदेखि सहमत हुन सकेको थिइन । जसले माक्र्सवादलाई जीवन दर्शन बनाएको छैन उसले माक्र्सवाद कसरी बुझ्न सक्दछ ? फेरि जसले साहित्य कलाको साधना गरेको छैन वा त्यस बारे गहिरो अध्ययन चिन्तन गरको छैन उसले साहित्य र कलाबारे कति व्याख्या र विश्लेषण गर्न सक्दछ ? उसले गरेको व्याख्या विश्लेषण कति चित्त बुझ्दो हुन सक्दछ । फेरि पनि प्रदीप गिरीले साहित्य र कला सम्बन्धमा आफ्नो अवधारणा व्यक्त गरेका थिए जुन माक्र्सवाद संगत थिएन । हुन पनि सक्दैनथ्यो ।
जे होस् , प्रदीप गिरी नेपाली कांग्रेसका छुट्टै पहिचान बनाएका एकजना बौद्धिक व्यक्तित्व हुन् । उनको मुत्युले मुलुकले एउटा चिन्तक गुमाएको छ । एउटा बौद्धिक व्यक्तित्व गुमाएको छ । म यिनै शब्दद्वारा उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।