पशुपंक्षी निर्देशनालयको बजेट ६ करोड, प्रतिफलमा आधारित अनुदानमा जोड

मेचीकाली संवाददाता

२८ भाद्र २०७९, मंगलवार
360 shares

बुटवल । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक बर्ष २०७९÷८० को बार्षिक कार्यक्रमा सार्वजनिक गरेको छ । सोमबार निर्देशनालयका एक कार्यक्रमको आयोजना गरी चालु र पुँजीगत बजेट सार्वजनिक गरिएको छ । निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमले चालु आर्थिक बर्षमा कुल ६ करोड ५९ हजारको बजेट सहितको कार्यक्रम तय गरिएको जानकारी गराएका हुन ।

नि.निर्देशक डा. आलमका अनुसार पुँजीगत खर्च तर्फ कार्यालय सञ्चालनका लागि उपकरण खरिद गर्न जम्मा ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्ते चालुगतग खर्च तर्फ विभिन्न अनुदान, उपकरण सहयोग लगायतका शिर्षकमा ५ करोड ९२ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको जानकारी गराएका हुन । कार्यक्रममा बोल्दै निमित्त निर्देशक डा. परवेज आलमले दुध र मासुमा आत्मनिर्भर रहेको लुम्बिनी प्रदेशले दुध, मासुुमा उपलब्ध गराउदै आएको प्रतिफलमा आधारित अनुदान दुधमा प्रति लिटर २ रुपैयाँ थप र मासुमा २० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

उनले यो बर्ष देखि अण्डामा समेत अनुदान उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार अण्डामा प्रति अण्डा २५ पैसा रकम प्रतिफलमा आधारित अनुदान अनुसार किसानलाई उपलब्ध गराउने कार्यक्रम तय गरिएको जानकारी दिएका हुन ।
कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव तथा कृषि प्रर्वद्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरेले अवको कृषि मा सरकार नियन्त्रीत हुनुपर्ने बताएका थिए । कृषिको विकासका लागि खाद्य सुरक्षा ऐन लागू गरी सोही अनुसार एकिकृत रुपमा विकास गरेर कृषि संरक्षण सहितको मोडेलमा कार्यक्रम ल्याउनुपर्ने बताएका थिए । उनले भने–‘कृषि सरकारको पुर्णरुपमा संरक्षण मा रहनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ, जसबाट अनुदान भन्दा पनि सेवा प्रदान गर्ने गरी मोडालिटी तयार गर्नुपर्ने छ ।’ कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ कृषि विकास अधिकृत देवेश कुमार मिश्राले अनुदानको कार्यक्रम भन्दा पनि बढि जोड उत्पादनमा आधारित अनुदान र प्राविधिक सेवा विस्तारको लागि जोड दिनुपर्ने बताए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. दिपक भुषालले प्राविधिक सेवा विस्तारमा सरकारी लगानी हुनुपर्ने बताए । उनले जनशक्ति अभावको कारण सेवा प्रवाह प्रभावित भएको भन्दै सोही अनुसारको सेवा प्रवाहमा सरकारको लगानी हुनुपर्ने, स्थानीय तहको विचमा संमन्वय र सहकार्य जरुरी रहेको समेत बताएका थिए ।
यस्तै कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, पशुपालक किसान यज्ञमुर्ती खनाल, केशव खनाललगायतले बोल्दै किसानको समस्या समाधानको लागि सरकारी निकायबाट ठोस पहल नभएको बताएका थिए । कार्यक्रम अधिकृत एैश्वर्या आचार्यको सञ्चालन तथा मत्स्य विकास अधिकृत रिम बहादुर शारुको सञ्चालनमा भएको थियो ।