स्वस्थ रहनकालागि ढिलो नगरौ बनाउन भान्सालाई औषधालय

मेचीकाली संवाददाता

३१ भाद्र २०७९, शुक्रबार
446 shares


      सामान्य भाषामा औषधालय भन्नाले औषधीउपचार हुने ठाउँलाई बुझाउँछ भने भान्साघर भन्नाले खाना तयार हुने स्थानलाई जनाउँछ । यहाँ खाना तयार पार्ने ठाउँलाई औषधालय किन भनियो त ? यहाँ यसैको उत्तर सहित प्रष्ट पार्ने खोजिएको छ । जसरी घरलाई बच्चाको पहिलो पाठशाला भन्दा किन भन्ने उत्तर दिइरहनु पर्दैन किनकि सबैलाई जानकारी भइनै सक्यो त्यसैगरी भान्साघर हरेक नागरीकको पहिलो औषधालय हो भन्ने कुराको सविस्तार सबैलाई अवगत गराउन सकियो भनेमात्रै पनि रोग लाग्ने दर आधा कम गर्न सकिन्छ । 
कुनैपनि स्वास्थ्य समस्या एकैपटक जटिल बन्दैन किनकि उक्त समस्या क्रमिक रुपमा बढदै र फैलदै गई जटिल बन्दै जाने हो । त्यसैले शुरुमा सामान्य अवस्थामै सावधानी अपनाउदै खानपान त्यसैअनुरुप बदल्न सकियो भने रोगलाग्नबाट बच्न सकिन्छ ।हाम्रो परम्परागत भान्सामा प्रयोग गरिने केहि त्यस्ता वस्तुहरु छन जसको उचित मात्रा उचित समय र उचित तरीकाले प्रयोग गर्न सकिएमा औषधीको काम गर्दछन। त्यस्ता औषधीय गुण भएका परम्परागत भान्सामा उपलब्ध हुने जडीबुटीहरु भएको भान्साघरलाई औषधालय भन्न सकिने कुरालाई सिद्धगर्न तथ्यहरुलाई उठाउन खोजिएको छ ।यस्ता औषधिय गुण भएका धेरै वस्तुहरु/द्रव्यहरु दैनिक परिवारका सबै सदस्यलाई बनाईने खानामा प्रयोग भैरहेका छन जसको मुख्य उदेश्य खानाको स्वाद बढाउनको लागि होला तरपनि यस लेखमा ति द्रव्यलाई निश्चित     प्रयोग विधी, समय र मात्राले स्वास्थ्य पर्वर्धन र उपचारमा प्रयोग गर्न सकिने भएकोले मुलत, भान्साघरलाई औषधालय बनाउन सकिन्छ
     हिप्पोक्रेटका अनुसार  (Father of Western Medicine) “Let food be thy medicine and medicine be thy food ” अर्थात  “खानालाई औषधी बन्न दिउँ र औषधीलाई खाना बन्न दिउँ” भन्ने भनाईबाट पनि प्रष्ट हुन्छ कि हामीले खाने खानामा औषधीय तत्व र औषधी पनि खाना जस्तै शरीरमा पाचन र शोषण भई सकारात्मक प्रभाव दिन सक्ने हुनुपर्छ। यसलेखमा नमुनाको रुपमा हाम्रो भान्सामानै उपलब्ध हुने केही द्रव्य/जडीबुटीको आयुर्वेद शास्त्रमा उल्लेखित प्रयोग विधी र नयाँ अनुसन्धानबाट सिद्ध तथ्यलाई समेटिएको छ ।
हलेदो/ बेसार ( Curcuma Longa) :-
  यो एउटा त्यस्तो द्रव्य हो जसको खेती पहाड र तराई जहाँपनि हुन्छ ।मुलत: यसको कन्द/जरा सफागरि सुकाएर बनाएको चुर्ण/पाउडरलाई बेसार भनिन्छ । यो साग बाहेक हरेक सब्जीमा राखिन्छ ।
औषधिय मात्रा:- १ चिया चम्चा (३ ग्राम)
औषधिय प्रयोग र विधी:- यसमा सुजन ( Inflammation) कम गराउने तत्वका साथै शक्तिशाली एन्टी अक्सीडेण्ट हुन्छ ।«यसमा हुने करकुमिनले मष्तिष्कबाट निस्कने हर्मोनको लेवल बढाउँछ जसले नयाँ न्यूरोन वृद्धि गराउने हुँदा डिप्रेसनका बिरामीलाई समेत फाईदा पुग्छ; प्रयोग गर्ने समयावधी ६ हप्ता ।«त्यस्तै निम्न रोगमा हुने जीर्ण शोथलाई (Chronic inflammation) कम गर्छ : मुटुरोग, क्यान्सर बिशेष गरि ठुलो आन्द्रा , पाचनप्रणालीको असन्तुलन आदि । «यसले बोसोलाई टुक्राउनेहुँदा चिल्लो खानासँग अनीवार्य प्रयोग गर्ने । «दुध र बेसारको नियमीत प्रयोग (साझ सुत्ने बेलामा) ले पाचनप्रणाली स्वस्थ र ईम्युन प्रणाली बलियो हुन्छ । «गानोगोलामा मनतातो दुधमा बेसार घोली प्रतिदिन २ पटक पिउदा चामत्कारीक लाभ मिल्छ । «यसको प्रयोगले मधुमेहका बिरामीलाई बढि तिर्खा र पिसाप लाग्ने समस्या कम गर्छ । «चिसोबाट लागेको रुघामा ज्वानोसँग बेसार पानी प्रतिदिन २ पटक खाने । दैनिक ५ ग्रा बेसारले हड्डी बलियो बनाउँछ । बेसारको शोषण(Absorption) बढाउन यसलाई १ चिम्टी मरीचसँग मिसाएर प्रयोग गर्न सकिन्छ ।
लसुन (Allium Sativum):-
यसको जमिनमुनीको सिगो कन्दलाई पोटि भनिन्छ त्यसमा रहेका मसिना भागलाई केस्रा भनिन्छ ।ताजा बिरुवाको डाठ र पात सबै प्रयोग गर्न सकिन्छ।  यसलाई दैनिक भान्सामा सब्जीमा स्वादिलो बनाउन पिसेर वा मसिनो टुक्रा पारेर राखिन्छ धेरैलाई औषधिय गुण र प्रयोग थाहा नहुन सक्छ
औषधिय मात्रा : २-४ केस्रा
औषत्रिय प्रयोग:- लसुनको १ केस्रामा क्यालोरी कम भिटामिन बी ६ र सी धेरै हुन्छ।—«लसुनको सत्व(Extract) ले ब्याक्टेरीया,भाइरस प्रोटोजोवा र फंगसको वृद्धि रोक्नुका साथै टक्सीनलाई बाहिर निकाल्न मद्दत गर्छ।«पाचन प्रकृयामा सुधार ल्याई खराव कोलेष्टोल( LDL) कमगराउने हुँदा Heart Attack हुनबाट बचाउँछ।«दैनिक २ केस्रा लसुनले शरीरको रोगप्रतिरोध शक्ति बढाई बच्चालाई खोकि ज्वरो र चिसोबाट बचाउँछ।«लसुन दैनिक ४ केस्रा सेवन गर्दा यसमा हुने Active Compunds ले उच्चरक्तचापलाई घटाउँछ।«फ्लुको संक्रमणबाट बचाउँछ नाकमा हुने संक्रमण रोकि नाक बन्दहुने समस्याबाट छुटकरा मिल्छ ।«यसमा Anti oxidant गुण हुन्छ जसले शरीरका कोषिका नाश हुन रोक्दछ।
टिमुर/ Sichuan pepper
यो वनस्पती पहाडी चिसो हावापानीमा पाईन्छ।यसको फल काचोमा हरियो पाकेर सुकेपछि कालो हुन्छ। औषधीको रुपमा यसको फलको बीजबाहेकको भाग प्रयोगमा आउँछ। यसमा फस्फोरस पर्याप्त पाइन्छ ।
औषधिय मात्रा: वयस्कको लागि २-५ वटा फलको चूर्ण
औषधिय प्रयोग
१ न्यूनरक्तचापको समस्यामा टिमुर राखेर सुप खाने
२ टाउको दुखाई र पीनासको समस्यामा टिमुर तेलले मालिस गर्ने
३ खानामा अरुचीमा चटनीमा मिसाएर खाने
४ यसको प्रयोगले क्यान्सरको संभावना कम गर्छ साथै पेटमा जुका मार्न सहयोग गर्छ
५ पेटमा हुने वायुशुलमा उत्तम औषधि हुन्छ।
६ पाचनकृयामा सुधार गरि यकृतलाई बलियो बनाई अनुहार चम्किलो बनाउँछ।
७ हैजाको संक्रमणमा अस्पताल पुर्याउनु अगाडि फल वा जराको बोक्रा पानीमा पकाएर बनाएको रस खुवाउने।
८ घाउमा यसको चूर्णलाई छर्कने/बोक्राको रसले घाउ धुने।
९ दांत दुखाईमा यसको हागाबिगालाई पानीमा पकाएर कुल्ला गर्ने।
१० लेकलाग्ने समस्या (High Altitude sickness) मा यसलाई सुपमा मिसाएर खादाँ बाह्यय बातावरणमा शरीरको सन्तुलन मिलाउने मद्दत गर्छ।
मेथी/fenugreek powder
मात्रा:  १ चिया चम्चा (५ ग्रा)
औषधिय प्रयोग
१ कपालमा चांया रोक्न , अमिलो दहीमा मेथी पाउडर मिलाएर पेष्ट बनाई कपालको छालामा पुग्नेगरि लगाई ३० मिनेट पछि सफा गर्ने ।
२ अनुहारको सुख्खा छालामा , दुधको क्रिम १ चम्चा, दही १ चम्चा, मेथी पाउडर १ चम्चा मिसाएर पेष्ट बनाई लगाउने र १०-१५ मिनेट पछि सफा गर्ने ।यसबाट एक्जीमामा पनि राम्रो गर्छ ।
३ शरीरको तौल कम गर्न : १ चम्चा मेथी २ गिलास पानीमा रातभर भिजाएर बिहान छानेर खालीपेटमा पिउदा कोलेष्टोल पनि कम गर्छ ।
४ मधुमेहमा : खानासँगै मेथी पाउडरको प्रयोग गर्दा इन्सुलीन बनाउन सहयोग गर्छ।

अजवाइन/ज्वानो/Trachyspermum
मात्रा: बीज चुर्ण ५ ग्राम/ १ चिया चम्चा
औषधिय प्रयोग
१ चिसो मौसममा चिसोले घाटी दुख्ने कफ जम्ने तथा खोकीको समस्यामा मनतातो पानीसँग १ चम्चा प्रतिदिन २ पटक खाने ।
२ पुरानो खोकिमा ज्वानोलाई आगोमा पोलेर धुँवा सेवन गर्ने ।
३ शरीर सुन्निएकोमा १ चम्चा २ पटक सेवन गर्ने ।
४ मुखको दुर्गन्ध हटाउन चपाएर खाने ।
५ सुत्केरीको गर्भाशय संकुचन गरि पूर्ववत अवस्थामा फर्काउँछ ।
६ मृगौलाको पत्थरीमा १ चम्चा ज्वानोमा मह र चुक/अमिलो मिसाएर २ हप्ता खाने
७ ज्वानो तेलमा फुराएर राती खुट्टा मालिस गर्ने ।
८ अनावश्यक तौल नियन्त्रण गर्न: १ चम्चा ज्वानो १ गिलास पानीमा भिजाएर बिहान मिचेर छानी मह मिसाएर सेवन गर्ने ।
९ मासिकचक्रमा हुने पेट दुखाईमा राहत दिन्छ ।
१० रगत प्रवाह ( Blood flow) बढाउछ , पिसापको संक्रमण ठिक गर्छ ।
११ मधुमेहमा : ज्वानो १ चम्चा बेलको पातको जुससँग दिनमा २ पटक ।
१२ रक्सीको लतमा: ज्वानोको काँढापानी ३० मि.लि रक्सीको पिउने चाहना मेटन पिउने ।
    अन्त्यमा उल्लेखित जडीबुटीहरु थोरै थोरै दैनिक भान्सामा प्रयोग हुदै आइरहेपनि जसले निश्चित मात्रामा, निश्चित समय, उचित तरीकाले वा वैद्य र कविराजसँगको परामर्शमा प्रयोग गर्दा रोगबाट बच्न र प्रारम्भिक उपचारमा प्रभावकारी हुन जानेछन।यसबाट अहिले भयावह बन्दै गैरहेका मधुमेह, उच्चरक्तचाप, आमवात, उच्चकोलेष्टोल, मोटोपन जस्ता रोगहरुको रोकथाममा उच्च प्रभाव परि स्वस्थ र निरोगी समाज निर्माण हुनजाने छ ।
क्रमश:                             ध्रुवराज भण्डारी
                          वरिष्ठ कविराज अधिकृत सातौँ