‘समृद्ध नेपालः सुखी नेपालीको लागि विज्ञान, प्रविधि र नवप्रर्वतनलाई प्राथमिकतामा राख्नुपर्छ’

मेचीकाली संवाददाता

१ आश्विन २०७९, शनिबार
361 shares

रसायनशास्त्रमा विद्यावारिधि डा.मोतीलाल शर्मा भुसाल कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ विगत तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । रसायनशास्त्रसँग सम्बन्धित विभिन्न तहका कैयौं पाठ्यपुस्तकहरू उहाँको सहलेखनमा लेखिएका छन् र उच्च माध्यमिक तथा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा आधारित छन् र विश्वविद्यालयको पाठ्यक्रममा समेत राखिएका छन् । नेपाल केमिकल सोसाइटीको कार्यकारिणी सदस्य तथा कार्यवाहक महासविच भएर काम गरेको साथै सार्क क्षेत्रका देशहरू, युरोप तथा अमेरिकामा विभिन्न कार्यक्रम तथा तालिममा सहभागी भएको अनुभव पनि सगाल्नुभएको छ । डा.शर्मा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ, । उहाँ देशको बौद्धिक केन्द्र मानिने त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघका सभापतिको जिम्मेवारीमा रहेर सबै पक्षलाई समेटि कार्यसचालन गरेको अनुभव पनि सगाल्नुभएको छ ।

नेपालमा विज्ञान शिक्षा तत्कालीन त्रिभुवन चन्द्र क्याम्पसमा १९७६ सालबाट आइएस्सी पढाइबाट थालिएको थियो र विएस्सीको पढाइ वि.सं. २००४ सालबाट सुरु भयो । वि.सं. २०२२ साल मंसिरबाट त्रिभुवन विश्वविद्यालयको स्थापनापश्चात् स्नातकोत्तर तहमा विज्ञान विषयको पढाइ सुरु भएको थियो । पहिले स्नातकोत्तर तहका विज्ञान कक्षाहरु त्रिचन्द्र कलेजमा सञ्चालन हुन्थे भने पछिबाट कीर्तिपुरमा हन लागेको हो ।हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँनयाँ विकाससँगसँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रर्वतनको विषयमा खुलेर छलफल शुरु भएको छ । यसलाई सुखद संकेतको रूपमा लिन सकिन्छ । यसै सन्दर्भमा विज्ञान र प्रविधिको विकास सम्बन्धी प्रा.डा.शर्मा भुसालको विचार पाठक वर्गमा उपयोगी तथा सामयिक हुने ठानी आज असोज १ गते दशौं विज्ञान दिवसको सन्दर्भमा मेचीकालीकर्मी रमेश पराजुलीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

दशौंं विज्ञान दिवसको बारेमा केही बताइदिनुहुन्छ कि ?
नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन गराई जग बसाल्नेमा महत्वपूर्ण योगदान पु¥याएको पहिलेको “पब्लिक साइन्स कलेज” जसको स्थापना २०१३ साल असोज १ गते भएको थियो र आज त्यस कलेजलाई त्रिभुवन विश्व विद्यालयको एक आङ्गिक क्याम्पसको रुपमा अमृत साइन्स क्याम्पस भनेर जानिन्छ । नेपाल सरकारले २०७० सालबाट हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि राष्ट्रको उन्नति हुन सक्दछ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्वलाई बुझाउन दिवसको रूपमा मनाउन थालिएको हो ।

हामीले विज्ञान दिवसलाई कसरि बुझ्नु जरुरी हुन्छ ?
मानव सभ्यताको शुरुवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । यसअनुसार हाम्रो समाज र सभ्यतामा अनेकौं प्रकारका प्रविधिहरू प्रयोग गरिएका छन् । हाम्रा अति नै मौलिक प्रविधिहरूलाई संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक हुन्छ । विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ र पुर्खाहरूले कसरी अगाडि बढाएका रहेछन् भन्ने कुराको खोजीनीति हुनु आवश्यक छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै सिल्पिहरूको ज्ञान र प्रविधिलाई अपनाएको, संभ्रान्त राणा परिवारमा जन्मिए पनि विज्ञान र यसको प्रयोग, प्रविधि र नवप्रवर्तनमा विज्ञानकर्मी गेहेन्द्र शमसेर राणा, मुसे थापालगायत विज्ञान प्रविधिको पक्षमा अनुसन्धान गर्ने, परम्परागत प्रविधिबारे चाख राख्ने र संरक्षण गर्ने सबैले यो वा त्यो रूपमा योगदान पु¥याउनु भएको छ । यो विज्ञान दिवसलाई चेतनाको दियो बाल्ने दिनको रूपमा सम्झिनु आवश्यक हुन्छ । विज्ञान–प्रविधि, ठूला पुस्तकहरू र विकसित देशमा मात्रै हुन्छन् र रहन सक्दछन् भन्नै भ्रमलाई चिर्दै हामी सबैले यसको महत्वलाई बुझ्दै केही न केही योगदान दिन सक्ने बन्नु पर्दछ । देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पु¥याउन विशेष पहल गर्नुपर्ने र नयाँ तथा युवा प्रतिभाहरूलाई आकर्षिक गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्ने दिनका रूपमा पनि बुझ्नु पर्दछ ।

राज्यलाई विज्ञान र प्रविधिको प्रयोगबाट विकासमा कसरी अगाडि लैजान सकिन्छ ?
विज्ञान र प्रविधिको विकास भन्नाले ठूलाठूला उद्योग, कलकारखाना, भू–उपग्रह, क्षेप्यास्त्र इत्यादि भन्ने झलक्कै बुझिन आउँछ, जुनकुरा अरू देशको लागि उनीहरूको आवश्यकताअनुसार सही हुनसक्छ । तर हाम्रो देशको सन्दर्भमा सही हुन सक्दैन । विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजीकरण हुन सक्नुपर्दछ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिस्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकरात्मक परिवर्तन ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । खासमा भन्ने हो भने सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । देशको भौगोलिक विशिष्टतालाई बुझेर, त्यहाँको स्रोतसाधनमा आधारित उद्योग, कलकारखाना खोलेर रोजगारीको वृद्धि गर्दै आत्मनिरर्भर देश बनाउने हिसावले नीतिहरु अवलम्बन गर्नुपर्दछ ।

हिमाल, पहाड र तराई मधेश मिलेर बनेको, प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश पछाडि पर्नुका कारणहरू के–के हुन सक्छन् ?
देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्व हुने गर्दछ, विकास भनेको खासमा एकीकृत पहल हो । पहाडी भू–भागको आफ्नै खास महत्व छ भने तराइको पनि त्यसरी नै विशेष भूमिका र महत्व रहेको छ । त्यसैगरी हिमाल, पहाड तराई सबै ठाउँमा भूगोलको विविधतासँगै आवहवामा पनि विविधता छ । जुन कुरा हिमाली तथा उच्च पहाडि भू–भागमा उत्पादन हुन सक्दछ वा हुन्छ, त्यहीकुरा मध्य पहाडी क्षेत्रमा नुहुन पनि सक्दछ ।

त्यसैगरी तराईमा हुने कुरा पहाडि तथा हिमाली क्षेत्रमा हुने कुरा भएन । यो सबै महत्वलाई बुझेर भू–उपयोगको नीति बनाउने हो र आधनिक विज्ञान प्रविधिको प्रयोगसंगै हाम्रा पारम्परिक ज्ञान प्रविधिलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न्ो हो भने उत्पादनमा वृद्धि भएर समृद्ध नेपाल बनाउने कुरामा योगदान दिन सकिन्छ । यी सबै भूगोलका मानिसहरूमा समग्र विकासको लागि एक अर्को ठाउँको खास महत्व छ । एक–अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पु¥याउन नसक्नु नै हामी विकासमा पछाडि पर्नुको खास कारण हो जस्तो मलाई लाग्दछ । कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलपूmलमा आधािरत उद्योगहरू,पशुपालन तथा दुग्ध व्यवसाय तथा वनपैदावारमा आधािरत उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन, चिया,अलैचि,अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामन्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।

विदेशको सुखसुविधामा रहेर राम्रो अनसन्धान गरिरहेका वैज्ञानिकहरुलाई नेपाल फर्किएर योगदान गर्न सक्ने वातावरण कसरी बनाउने होला ?
आफू जन्मिएको, हुर्किएको देश र त्यहाँको गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि कहिल्यै बिर्सन सक्दैन, यो मानवीय गुण हो । जीवनमा केही प्राप्त गरिसकेपछि आफ्नो देश र जनतामा लाभ पु¥याउने हेतुले जस कसैले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ र सक्दछ । आफ्नो जीवन सार्थक वनाउन सबैले चाहन्छन् यसको लागि सकेको योगदान गर्न सबैले खाजेका हुन्छन् । तर त्यसको लागि राज्यले वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । सरकारले योगदान दिन चाहने व्यक्तिलाई पहिचान दिने खालको कार्यक्रम ल्याउनुपर्दछ । विदेशमा पढेलेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वहरू नेपालमा फर्किएर काम गरिरहेका र गर्न खोजीरहेका उदाहरणहरू पनि प्रशस्त छन् ।

एउटा अति नै मार्मिक सत्य र तथ्य के हो भने धेरै अनसन्धानमा नाम कमाएका विज्ञान कर्मीहरु आफ्नो देशमा नै केही कामगर्ने इच्छाका साथ फर्किनुभएको छ तर राज्यले यसको बारेमा पटक्कै साेंचेको पाइँदैन । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको समृद्धि सपनामा योगदान पु¥याउन भनेर खोलिएका संस्थाहरु, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु, प्रयोगशालाहरु रुग्ण बन्दै गइराखेका छन् तर तिनै संस्थाहरु, विश्वविद्यालयहरुलाई चाहिएका विद्यावारिधि गरेका सिद्धहस्त हरुलाई कुनै स्थान उपलब्ध गराउन सरकार र सन्यन्त्रको कुनै योजना छैन । विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक संघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्थामा कार्यरत देश बाहिर रहनुभएका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरुरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पु¥याउन सकिन्छ ।

विज्ञान–प्रविधिको विकासमा राजकीय निकायहरूको भूमिकाको बारेमा केहि प्रकाश पारिदिनुहुन्छ कि ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधिको विकासको लागि स्थापना गरिएको मुख्य निकाय हो । नेपाल विज्ञान तथा प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई एक सवल संस्थाको रूपमा विकास गर्न पहल लिनुपर्दछ । नास्ट तथा विश्वविद्यालयहरूले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविद्हरूलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनुपर्दछ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट, नेपाल सरकारको वनस्पति विभागअन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अन्ुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । आम जनमानसले यी राज्यपोषित निकायहरू जनताले बुझ्ने गरी काम गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु आवश्यक छ । वैज्ञानिक संस्थाहरुमा पनि योग्यतालाई भन्दा आफ्नालाई नियक्ति गर्ने प्रवृतिले गर्दा अपेक्षित प्रगति हासिल हुन सकेको छैन ।

नेपालको सन्दर्भमा सूचना प्रविधिको विकासलाई कसरी हेर्नु हुन्छ ?
खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ । थोरै भए पनि दुर्गम गाउँ घरमा पनि प्रविधिको उपयोग लिन सकिन्छ । तर नेपालमा जति फाइदा लिनु पर्ने हो त्यो हुन सकेको छैन किनकि हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग गरिरहेका छौं । यसरी प्रविधिलाई मनोरञ्जनको माध्यम बनाइको साटो कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याई देश विकासमा अघि बढाउन सकिन्थ्यो त्यो हुन सकिरहेको छैन । उदाहरणको रूमपा एउटा ग्रामीण भेगमा कृषि फर्म खोलियो भने त्यहाँ प्राविधिक जानकारी लिन इन्टरनेटको माध्यमबाट विज्ञहरूले त्यहाँका किसानसँग प्रत्यक्ष अन्तक्र्रिया गरी उनिहरूको समस्या बुझी समाधान गर्न सकिने वातावरण बत्र सक्दछ ।

यस्तै खालका कृषि, स्वास्थ्य केन्द्रमा थुप्रै प्रयोगहरू गरी देशलाई विकासको बाटो तिर अगाडी बढाउन सकिन्छ । खासमा भन्ने हो भने कोरोना कहरको समयमा देशमा विद्यालय, महाविद्यालयदेखि विश्व विद्यालय सम्मका कक्षाहरु सूचना प्रविधिको प्रयोग गरेर सम्भव भएका छन् । अप्ठ्यारो समयमा शिक्षाको गतिलाई अबरुद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यस हिसाबले सचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको भन्न सकिन्छ ।

अरु देशको सिको गरेर विकास गर्न सकिन्छ ?
कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैं जाग्नुपर्ने हुन्छ । जनताहरू आफैँ जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण गर्न अति आवश्यक हुन्छ । उदाहरणको लागि फ्रान्स, बेल्जियम, हल्यान्ड जस्ता देशमा त्यहाँको पुनः निर्माण युग ताका जनताहरूमा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरूरी छ ।

अन्त्यमा आफ्नोतर्फबाट भन्नुपर्ने केही छ कि ?
राजनीतिक स्थिरता र इमान्दार राज्य व्यवस्था हुने हो भने नेपालको भौगोलिक विविधता,परिश्रमी जनता, विभिन्न जनसमुदायमा भएको सिप, समाज र उमेर समूह बरदान हुन सक्ने देखिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने प्राज्ञिक संस्थाहरु, अनुसन्धान केन्द्रहरु, गैह्र सरकारी संघसंस्थासहित देह बाहिर रहेका जनशक्तिलाई पनि उत्प्रेरित गरि आर्जित ज्ञान, सिप र अनुभवलाई देश हितमा लगाउन सरकारले विशेष ध्यान प¥याउनुपर्दछ । तर योग्यताको आधारमा भन्दा भनसुन र बन्द हडतालको माध्यमबाट बल प्रयोग गरेर घुसपैठ गर्ने र यस्तै प्रवृत्तिलाई शासन सत्ता सम्हाल्नेहरुले र राजनीति कर्मीहरुले प्रश्रय दिनेकाम लाई बन्द गरिनुपर्दछ ।

अन्त्यमा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने, संरचना निर्माण गर्ने र विज्ञानको जग राख्न महत्वपूर्ण भूमिका खेल्नहुने व्यक्तित्वहरुलाई सम्झने र सम्मान गर्ने दिनको रुपमा पनि विज्ञान दिवसलाई लिनुपर्दछ र केही गर्ने उत्साहका साथ अघि बढ्न खोजेका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने दिनको रुपमा लिनु पर्दछ । यस कार्यको लागि विषय विज्ञहरुका विचार लिई उनीहरुका साथमा बसेर देश विकाशको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौं । तब मात्र विज्ञान र प्रविधिमा लगानिको विस्तारः समुन्नति र समृद्धिको आधार भन्ने दशौँ राष्ट्रिय विज्ञान दिवसको नारा सार्थक हुन सक्नेछ ।