पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
353 shares

काडमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहास्थित अल थुमा रङ्गशालामा शनिबार भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १–० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् ।

मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।

मोरक्कोले सेमिफाइनलमा आजै राति १२ः४५ बजे हुने फ्रान्स र इङ्गल्याण्डबीचको विजेतासँग खेल्नेछ ।