म भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी) लाई, मिति २०७४ मंसिर १९ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा अध्यक्ष हुनु भएको नेपाल सरकार मन्त्री परिषद्को निणर्य अनुसार, लुम्बिनी विकास कोषको उपाध्यक्ष जस्तो गरिमामय पदमा जिम्मेवारी प्राप्त गर्ने अवसर प्राप्त भएको थियो ।
त्यस्को लगत्तै केही महिनापछि देशमा निर्वाचन भई नयाँ सरकार गठन हुँदा, नयाँ सरकारका सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओली र माननीय मन्त्री स्वर्गीय श्री रविन्द्र अधिकारीका समयमा उहाँहरुले लुम्बिनीको विकासका लागि सारिएका कार्ययोजनाहरुप्रति विश्वस्त भई पुनः मिति २०७५ साउन ११ गते नेपाल सरकार मन्त्रीपरिषद्बाट सोही पदमा बहाल भई पदभार ग्रहण गर्न पुगें ।
आज मैले आफ्नो जीवनको करिब ५ वर्ष ६ महिनाको कार्यकाल भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको सेवामा विताउन पाएकोमा अत्यन्त कृतज्ञ छु ।
विकास कोषको उपाध्यक्षको रुपमा जिम्मेवारी प्राप्त गरेपछि आफ्नो श्रद्धेय गुरुमा तथा आचार्यहरुको आशिर्वचन तथा आफ्नो धर्म आमा, समाजका अभिभावकहरु र मेरा सम्पूणर् मेत्ता परिवारका भन्ते, गुरुमा, ऋषिनीहरु तथा सम्पूणर् लुम्बिनी वासीहरुको सहयोग र स्नेहमा काम थालनी गरेको थिएँ ।
समादरणीय नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ, देशको अग्रणी बौद्ध संघ संस्थाहरु, धर्मोदय सभा आदि सबैको सुझाव र सल्लाह तथा मार्गदर्शनबाट नै लुम्बिनीका कार्यहरुको नीति निर्माणमा सहयोग मिल्यो । मेरो जिम्मेवारी ग्रहणपछि भूतपूर्व उपाध्यक्षहरु र पदाधिकारीहरुबाट पनि अनुभवहरु र मैत्रीपूणर् सहयोग र समर्थन प्राप्त भइरह्यो, यसका लागि अत्यन्त आभारी छु ।
मेरो ५ वर्षे लामो कार्यकालमा सहयोग गर्ने यस लुम्बिनी विकास कोष परिषद् एवं कार्यकारिणी समितिका सदस्यहरु सबैको अत्यन्तै सद्भावपूणर् सहयोग र सहकार्यका लागि पनि अत्यन्त कृतज्ञता व्यक्त गर्दछु साथै लुम्बिनी विकास कोषका सम्पूणर् कर्मचारीहरुको साथ र सहयोगका लागि अत्यन्त मैत्रीभाव व्यक्त गर्दछु ।
विगतका दशकहरुका धेरै अस्थिरता एवं चुनौतीहरुको शिकार भएको लुम्बिनी विकास कोषका विगत, वर्तमान र भविष्यको उत्तरदायित्वको समिक्षा गरि हामीले लुम्बिनी विकासको लागि निम्न लक्ष्यहरु बनायौं :
१) लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउनका लागि सन् १९७८ मा तयार गरिएको Lumbini Masterplan एकमुष्ठ रुपले सम्पन्न गर्नका लागि प्रक्रिया अगाडि बढाउने ।
२) भगवान बुद्धको पवित्र गृहनगर कपिलवस्तुलाई संसारका सम्पूणर् बौद्धमार्गीहरुका लागि गौरवशाली ईतिहास झल्काउने विश्व सम्पदा शहरको रुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गर्ने ।
३) भगवानको पवित्र शारीरिक धातु अवशेष रहेको रामग्राम चैत्यको गुरुयोजना निर्माण गर्ने ।
४) लुम्बिनी, कपिलवस्तु, कुदान, गोटिहवा, निग्लिहवा, सिसहनिया, सगरहवा, सैनामैना, देवदह, रामग्राम जस्ता प्राचीन कपिलवस्तु र कोलिय क्षेत्रलाई समेटेर Buddhist Circuit तथा Greater Lumbini Area Development Framework तयार गर्ने ।
विगतका वर्षहरुमा मैले यिनै उद्देश्यहरुका लागि यथासम्भव प्रयास गरेको छु ।
पहिलो प्राथमिकतामा लुम्बिनी गुरुयोजनालाई समष्टिगत समीक्षा गर्दा आजभन्दा करिब ६७ वर्ष पहिला कोरिएको Lumbini Masterplan का Drawing आदिमा काम भए तापनि बाँकी कामहरु कति छन् र सो को लागि चाहिने DPR हरु कुनै पनि नरहेको अवस्था थियो । यसका लागि अन्तर्राष्ट्रिय इन्जिनियर, परामर्शदाता कम्पनी छनौट गरि सम्पुणर् गुरुयोजनाको सर्भे आदि गरि पुणर् लागत अनुमान कार्यहरु गर्न करिब साढे दुई वर्षको समय लाग्यो । करिब १२५५ विघामा फैलिएको यो लुम्बिनी गुरुयोजना वास्तवमा एउटा बौद्ध शहरको रुपमा परिकल्पना गरिएको छ । यसका ढल निकास देखि, बाटोघाटो तथा भवनका डिजाइन ड्रइङ्गहरु तयार गर्न यति समय लाग्नु स्वाभाविक नै देखिन्छ ।
साढे दुई वर्षको तीब्र प्रतिक्षापछि लुम्बिनी गुरुयोजनाको सम्पूणर् डीपीआरहरु तयार भएर आएपछि गुरुयोजना सम्पन्न गर्नका लागि अब थप ७ अर्ब ३३ करोड रुपैया लाग्ने देखियो ।
त्यसपछि सम्पुणर् कागजात बोकी सम्माननीय प्रधानमन्त्रीज्यु र माननीय अर्थमन्त्रीज्यु कहाँ हामीले गर्न सक्ने यहाँसम्म हो, अब सम्पुणर् ३ करोड नेपाली जनताको आस्था र विश्वास जोडिएको लुम्बिनीको गुरुयोजना पुरा गर्नका लागि आवश्यक रकम व्यवस्था भए गुरुयोजना पुरा हुन अब धेरै दिन लाग्दैन भन्ने विश्वास दिलायौं । लुम्बिनीको समग्र विकासका लागि सदैव चिन्तित रहनु हुने तत्कालीन प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्युले तुरुन्त लुम्बिनीका लागि आफु सदैव तत्पर रहेको विश्वास दिलाउनुभयो ।
मेरो जीवनको अत्यन्त ठूलो आभार तात्कालीन अर्थमन्त्री माननीय श्री विष्णु पौडेल प्रति जान्छ । उहाँले अत्यन्त हर्षका साथ लुम्बिनी गुरुयोजनाका लागि आवश्यक रकम तुरुन्तै अर्थमन्त्रालयबाट श्रोत सुनिश्चितता गरिदिनुभयो र तत्काल विकास कोषलाई पत्र प्राप्त भयो । हाल यहि अनुसार करिब ४ अर्ब रुपैयाँका कामहरु निर्माण क्रममा छन भने बाँकी कामहरु ठेक्का प्रक्रियामा गएको छ । समयानुसार निरन्तरता भएमा अब लुम्बिनी गुरुयोजना पुरा भएको हेर्न धेरै दिन कुर्नु पर्दैन भन्ने आशा लिएकोछु ।
त्यस्तै रामग्रामको गुरुयोजना निर्माण भई २०८० सालको वैशाख पूणर्िमा बुद्ध जयन्तीका दिन सम्माननीय प्रधानमन्त्रीज्यु स्वयं रामग्रामगई यस गुरुयोजना अनुरुपका कार्य थालनी भएका छन् । त्यस्तै प्राचीन शाक्य राजधानी कपिलवस्तु लाई UNESCO World Heritage को रूपमा नामांकन गर्ने कार्यपनी अगाडि बढेको छ भने तिलौराकोट देखि सगरहवासम्मको अन्तर्राष्ट्रिय स्तरको बौद्ध सम्पदा शहर निर्माण गर्ने गुरुयोजनाको काम अन्तिम चरणमा छ ।
लुम्बिनी, कपिलवस्तु देखि देवदह, रामग्राम क्षेत्रहरु समेटेर Greater Lumbini Area को सम्पूणर् अध्ययनहरु विश्व बैंक (World Bank) जस्तो प्रतिष्ठित संस्थाबाट सम्पन्न भई Greater Lumbini Area Development Framework तयार भई यस क्षेत्रलाई एकीकृत रुपले विकास गर्नका लगि अन्तर्राष्ट्रिय दातृ निकायहरुको लगानीका लागि प्रस्ताव हाल अर्थ मन्त्रालयसम्म पुगेको छ । नेपाल सरकारबाट औपचारिक अनुरोध आएमा World Bank यस परियोजनामा तुरुन्त लगानी गर्न तयार छ । आगामी दिनमा यो परियोजना अगाडि बढेमा यस क्षेत्रको दीर्घकालीन विकास हुने कुरामा आशावादी छु ।
मोटामोटी यी कामहरुसँगै लुम्बिनी पवित्रउद्यानको प्राकृतिक स्वरुप कायम राख्न वन-वातावरण र चराचुरुङ्गीका लागि नयाँ जलाशयहरुको निर्माणको पनि प्रयत्न गरिएको छ । साथ-साथै लुम्बिनीमा अगन्तुक पाहुनाका साथै स्थानीय समुदायका लागि ३०० शैयाको अस्पताल निर्माण गर्नका लागि जग्गा प्राप्त गरिएको छ भने श्रोतका लागि थाईल्याण्ड, श्रीलंका सरकारसँग पत्राचार भएको छ । त्यस्तै लुम्बिनी गुरुयोजना भित्र निर्दिष्ट हाईस्कुल निर्माण गर्नका लागि दाताहरु तयार भएका छन् ।
लुम्बिनीको अन्तर्राष्ट्रिय सम्बन्ध पुनः सुधार्न र सुदृढीकरणका लागि पनि प्रयास गरिएको छ । विश्वबौद्ध संघसँग मिलेर कम्बोडियामा अन्तर्राष्ट्रिय कार्यक्रममा लुम्बिनी विकास कोषको विशेष सहभागिता रह्यो भने विश्व बौद्धसंघको अर्को बैठक लुम्बिनीमा बोलाउने पहल भएको छ । त्यस्तै लुम्बिनीमा स्थापना गरिएको Gautam Buddha International Peace Award लाई सक्रिय र विधिवत गर्नका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्तिकेन्द्र स्थापना गर्ने दस्तावेज सँगसँगै United Nations मा १६ राष्ट्रहरुको संलग्नतामा बनेको अन्तर्राष्ट्रिय लुम्बिनी सहयोग समितिलाई पुनर्जिवित गर्नका लागि दस्तावेजहरु पनि तयार गरिएको छ ।
विकास कोषको उपाध्यक्ष पदका पनि आफ्ना सीमितता तथा चुनौतीहरु छन् । यस छोटो कार्यकालमा पनि ९ जनामन्त्रीज्यु र धेरैजना सचिवज्युहरु परिवर्तन हुनुभयो । मन्त्रालयको विशेष भूमिका भएको यस सरकारी समितिलाई यस्तो अस्थिरताले निक्कै नै असर पार्दो रहेछ । तर मैले सबै मन्त्रीज्युहरुबाट सहृदयता, साथ र सहयोग प्राप्तगरें र मन्त्रालयका सचिवज्युहरुको पनि लुम्बिनीप्रति सदैव सदाशयता नै रह्यो।
यसरी भगवान बुद्धको पवित्र जन्मथलको विकासका लागि आफुले प्राप्त जिम्मेवारी बोध गरि यथासम्भव प्रयत्न गरेको छु । तर यी सबै मेरो एक्लैको काम होईन् । मलाई विश्वास गरि सहयोग गर्ने सरकार, कोषका अध्यक्ष माननीय मन्त्रीज्युहरु, कोषका मेरा सहकर्मी पदाधिकारी मित्रहरु तथा सम्पुणर् कर्मचारीहरुको सद्प्रयास र स्थानीय लुम्बिनी समुदायको माया र अपनत्वबाट मात्र सम्भव भएको हो । यसको श्रेय सम्पुणर्लाई नै जान्छ ।
कोरोना जस्तो भयावह महामारीको बीचमा पनि अहोरात्र खट्ने विकास कोषको टीम अत्यन्त धन्यवादको पात्र छ । त्यस्तै लुम्बिनीको जैविक विविधतामा सहयोगी WWF Nepal र त्यसका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ्गप्रति पनि अत्यन्त कृतज्ञता छ । साथै लुम्बिनी विश्वविद्यालयको साथ र सहयोग पनि अविश्मरणीय नै छ । त्यस्तै अत्यन्त सहयोग र सहकार्य गर्नुभएका पुरातत्व विभागका महानिर्देशकज्यु र अन्य कर्मचारीहरु प्रति पनि हार्दिक आभार प्रकट गर्दछु ।
लुम्बिनी को बिकाश गर्ने सहयात्रामा अतुलनीय योगदान दिने UNDP, UNESCO र जापानिज सरकारको Funds in Trust कार्यक्रम लाई अत्यन्त आभार प्रकट गर्दछु। साथै लुम्बिनी साँस्कृतिक, कपिलवस्तु, रामग्राम नगरपालिकाका पूर्व तथा वर्तमान मेयर ज्यूहरुलाई पनी महत्वपुणर् सहकार्यका लागी धन्यवाद छ।
मलाई लुम्बिनीको जिम्मेवारी योग्य ठानेर सेवागर्ने अवसर दिने सम्माननीय प्रधानमन्त्रीज्युहरु तथा सम्पुणर् मन्त्रीपरिषद्प्रति सदैव आभारी रहने छु ।
सरकार द्वारा न्युक्त नयाँ उपाध्यक्षज्यूलाई बधाईका साथ् साथै सफल कार्यकालका लागी अग्रीम शुभकामना छ ।
मलाई राज्यले सुम्पेको यस लुम्बिनी विकास कोषको उपाध्यक्ष पदलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको द्वारपालको रुपमा अत्यन्त महत्व र गरिमाका साथ जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको छु । विकास कोष केवल सरकारी प्रशासनिक संस्था मात्र नभई, यसले विश्वशान्ति र बन्धुत्वका लागि भगवान बुद्धको शिक्षा र बौद्ध दर्शनको पनि प्रतिनिधित्व गर्छ भन्ने भावबोध गरि अत्यन्त निष्ठा र धर्मगौरवका साथ सक्दो सेवा गर्ने प्रयास गरेको छु ।
लुम्बिनी मेरो आफ्नै जन्मथलो पनि हो, लुम्बिनी गुरुयोजनाको निर्माणका लागि मेरो आफ्नै गाउँ-ठाउँहरु उजाडिएका छन् । यस्तो मुल्य चुकाएर पनि ४७ वर्ष वित्दा पनि विकास नहुनुको स्थानीय पीडा म राम्रोसँग बुझ्दछु । जे होस् हाल एउटा मार्ग निर्धारण भएको छ, कार्यहरु एउटा लयमा हिँडेका छन् । आउँदा दिनहरुमा ती पूरा हुन सकोस् यी सम्पूणर् स्थानीय लुम्बिनी वासीहरुको चाहना हो । लुम्बिनी सुन्दर बनोस, यो सम्पुणर् नेपालीको तीव्र चाहना हो र लुम्बिनी पवित्र धर्म अभ्यास र विद्याअध्ययन केन्द्र बन्न सकोस् यो सम्पुणर् बौद्धमार्गी समुदायको आकाँक्षा हो ।
केही शुभचिन्तकहरुको सुझाव अनुरुप यो विदाई पत्र (Farewell Letter) लेख्न उपयुक्त ठानी लेखेकोछु, पढ्नु भएकोमा धन्यवाद ।
म लुम्बिनी कै हो । म यहिँ जन्में र यहीँ नै बडो भाग्यले भगवानको अमृत धर्म प्राप्त गरें । भगवानको सन्यास मार्गमा समर्पित जीवन लुम्बिनीको लागि सधैं सेवारत नै रहने छ । यहाँहरुबाट प्राप्त माया, स्नेह र मैत्रीका लागि सदैव आभारी रहने छु ।
भवतु सब्ब मंगलम् ।
लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मेत्तेयको फेसबुक पेजबाट सम्पादन नगरी साभार