प्रधानमन्त्री कृषि परियोजनाः कृषकहरुलाई व्यवसायिकरण तथा कृषि क्षेत्रमा आधुनिकीकरण

मेचीकाली संवाददाता

४ आश्विन २०८०, बिहीबार
245 shares

पार्वती आचार्य

कपिलवस्तु । प्रधानमन्त्री कृषि परियोजना आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले कृषकहरुलाई व्यवसायिककरण तथा कृषि क्षेत्रको आधुनिकीकरणमा अहम भूमिका खेलेको छ । परियोजना अन्र्तगत धानसूपरजोन, तरकारीजोन र माछाजोन गरि ३ वटा जोन/सूपरजोन एकै छातामूनीवाट सञ्चालन भएका छन् ।

जिल्लाको बाणगंगा, बुद्धभूमि, शिवराज, महाराजगंज , कपिलवस्तु नगरपालिका र शुद्धोधन र मायाँदेवी गाउँपालिका गरी ७ वटा पालिकाको विभिन्न वडाहरुमा कृषकहरुलाई व्यवसायिकरण तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्नको लागि सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम संचालन गरिएको प्रधानमन्त्री कृषि परियोजना आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले जनाएको छ ।

यस्तै जोन/सूपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग कार्यक्रम, कष्टम ह्रयरिङ्ग सेन्टर स्थपना कार्यक्रम, विभिन्न वालीहरुको क्षेत्र विस्तारको कार्यक्रम, नयाँ प्राविधिको लागि तालिम र भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना कार्यक्रमहरु सञ्चालन गरि कृषकहरुलाई व्यवसायिक बनाउने परियोजनाको लक्ष्य रहेको छ । साथै कृषि क्षेत्रमा आधुनिकीकरण तथा कृषि उत्पादनको वजारीकरणमा समेत अहम भूमिका खेलिरहेको प्रधानमन्त्री कृषि परियोजना आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाई कपिलवस्तुका परियोजना वरिष्ठ कृषि अधिकृत सहसराम चौधरीले बताए ।

धान जोन २०७३/०७४ सालमा स्थापना भई कार्यक्रम कार्यान्वयन शुभारम्भ गरि २०७५/०७६ मा यसको स्तर उन्नती भई धानसूपर जोन भएको हो । यस आर्थिक वर्षमा २ वटा जोन (तरकारीजोन र माछाजोन) शुभारम्भ भई कार्य क्षेत्र भित्र कार्यक्रम संचालन गर्दै आएको छ । धानसूपर जोन ५ सय हेक्टरबाट शुरुवात भई हाल ५५४४.२५ हेक्टरमा क्षेत्र विस्तार भएको छ । जसमा २६५५६.९५ मेट्रिक टन उत्पादन भई उत्पादकत्व ४.७९ मेट्रिक टन प्रति हेक्टर पुगेको परियोजनाका वरिष्ठ कृषि अधिकृत चौधरीले जानकारी दिए ।

यसैगरि तरकारी जोन ५ सय हेक्टरबाट शुरुवात भई हाल ९३७.८५ हेक्टरमा क्षेत्र विस्तार भएको छ । जसमा २८५३८.७७ मेट्रिक टन उत्पादन भई उत्पादकत्व ३०.४३ मेट्रिक टन प्रति हेक्टर पुगेको छ । यस्तै माछा जोन २१५ हेक्टर जलाशयवाट शुरुवात भई हाल २८६.८४ हेक्टरमा क्षेत्र विस्तार भएको छ । जसमा १२८७.९१ मेट्रिक टन उत्पादन भई उत्पादकत्व ४.४९ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।

तीनवटै बालीमा आत्मर्निभर भई हाल जिल्ला बाहिर निर्यात भएको छ । शुरु देखि हाल सम्म परियोजनाको लक्ष्य र उद्वेश्य अनुसार परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम ४ सय वटा सम्पन्न भई ७५० हेक्टर सिंचाई पुगेको छ । भने कष्टम ह्रयरिङ्ग सेन्टर स्थपना कार्यक्रम १७ वटा सम्पन्न भई बालीको उत्पादन लागत घटि, एकै छातामूनीवाट कृषकहरु सर्वसुलभ सस्तोमा सेवा पाइरहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत चौधरीले बताए ।

यसैगरी भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उधोग स्थापना कार्यक्रम ३ वटा सम्पन्न भई बाली उत्पादोपरान्त हुने नोक्सानी न्यूनीकारण भइ बजारीकरणमा सहयोग पुगेको छ । यसै गरि जोन/सूपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग कार्यक्रम वाट कृषि क्षेत्रमा आधुनिकीकरणको लागि विभिन्न प्रकारका यन्त्र/उपकरण वितरण गर्दै आएको प्रधानमन्त्री कृषि परियोजना आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले जनाएको छ ।