पार्वती आचार्य
कपिलवस्तु । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.वी. बस्नेतले गुणस्तरिय मकैको उत्पादन गरी यस क्षेत्रका उद्योगहरुलाई व्यवस्थित गर्न बाणगंगा र बुद्धभूमि नगरपालिकालाई लक्षित गरी कार्यक्रम संचालनको तयारी थालिएको बताउनु भयो । कृषकहरुको मागअनुसार नेपाल सरकारसंग समन्वय गर्दै विउ बिजन भित्राईने र नेपालमा रहेका विउ कम्पनीहरुमा प्राविधिहरुले विउ उत्पादनमा सहयोग गर्ने छन भन्ने बिषयमा जाडदिनु भएको थियो ।
प्रतिकट्ठा ४ क्वीन्टल उत्पादन हुने छ र बिउ, मल र खादको बिषयमा किसान वा कृषकलाई समयमा नै उपलब्ध गराउन सम्बन्धित निकायसंग समन्वय गर्ने सभापति बस्नेतले बताउनु भयो । छिमेकी देश भारतबाट गत बर्ष मात्रै करिब १५ अर्वको मकै आयात भएको हुँदा अब मकैको मागको पुर्ति गर्न देशबाटै हुने वातावरण बनाउनु पर्ने बताउँदै ‘स्वदेशी उत्पादन वृद्धि गर्ने अभियान अन्तर्गतको यो कार्यक्रम भएको दावि गर्नुभयो ।
‘दाना उद्योगहरुमा मकैको माग बढी छ, दानाका लागी चाहिने गुणस्तरियता नेपालको मकैमा नभएपछि भारतबाट उद्योगगिहरुले ल्याउने गरेको पाईएको हुँदा स्वदेशमै मकैको गुणस्तरियतामा वृद्धि गर्न आवश्यक भएको बताउनु भयो । अमेरिकी सरकारको सहयोग र नेपाल उद्योग बाणिज्य संघको सहकार्यमा यो कार्यक्रम नेपालका ६ जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र कपिलवस्तुमा संचालन गरिने भएको बताउनु भयो ।
कृषि उद्यम केन्द्रका केन्द्रिय सदस्य खेम हमाल र केन्द्रिय सदस्य बिश्व कुमार चन्दले उद्योगीहरुको समस्यालाई समाधन गर्न गुणस्तरिय सामाग्री उत्पादनमा बृद्धि गर्न आवश्यक भएको बताउनु भयो ।
यस्तै कृषि लघु उद्यम कार्यक्रम अन्तर्गत मकै खेतीमा किसानलाई प्रोत्साहन गर्दै खेतीको प्रवर्धन गर्ने कार्यक्रम संचालनको अन्तिम चरणमा पुगेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो । कार्यक्रमलाई सफल बनाउन संघले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै संघमा आवद्ध कृषकसंगै अन्य उद्योगी व्यवसायीलाई कार्यक्रममा जोड्दै मकैको उत्पादनमा वृद्धि गर्ने गरि कार्यक्रम संचालन हुने अध्यक्ष घिमिरेले बताउनु भयो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले स्वदेशमा उत्पादन बृद्धि गरी उद्योगहरुलाई चलायमान बनाउनु उदाहरणीय कार्य हो तर सर्वप्रथम प्रयाप्त सिंचाई, मलखाद र गुणस्तरिय विउविजनको व्यवस्था हुनु आवश्यक भएको बताउनु भयो ।
उक्त कार्यक्रमलाई संचालन गर्नु भन्दा पूर्व बिकराल रुपमा रहेको छाडाचौपायाको व्यवस्थापन गर्न आवश्यक छ । किसानहरुले दुख गरी लगाएको खेती सबै छाडाचौपायाले सखाप पारिदिंदा किसानहरु चिन्तित छन् । मकै उत्पादनमा बृद्धि गर्नु अत्ति उत्तम हो तर उत्पादनलाई बढाउन छाडाचौपायाको व्यस्थापन स्थानिय तहले गर्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा सहभागिहरुले प्रतिकट्ठामा ४ क्वीन्टल मकै उत्पादन हुन्छ भने नगदेवालिको रुपमा खेति गर्न तयार भएको बताएका छन् । हामिहरुले उत्पादन गरेको मकै अर्थात सामाग्रीले उचित बजार भाउ पाउँनु पर्छ । भने नगदेवालिको रुपमा खेतीको विस्तार गर्न सिंचाई, मलखाद र समयमा ग्ुणस्तरिय बिउबिजन पाए कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने छौं भन्दै सहभागिहरुले खुशी व्यक्त गरेका छन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रमका संघका पुर्ववरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल लगयातका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम संचालनका लागि कपिललवस्तु उद्योग बाणिज्यसंघमा अफिसको व्यवस्थापन गरिने जनाईएको छ ।