इन्सेक र मानव अधिकार समूह मायादेवीद्वारा अनुगमन

मेचीकाली संवाददाता

२७ आश्विन २०८०, शनिबार
263 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक र मानव अधिकार समूह मायाँदेवीद्वारा मायाँदेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा असोज २६ गते स्थलगत अनुगमन गरेको छ ।

मानव अधिकार समुह मायाँदेवी गाउँपालिकाका अध्यक्ष सतिष प्रसाद पाण्डेयको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य सम्मिलत टोलीले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले बर्थिङ सेन्टर सञ्चालन गरिएको हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले ९८ प्रकारका औषधीहरु निशुल्क उपलब्ध गराउने भने पनि पूर्ण नभएको , मौसम अनुसारको औषधीहरु समयमा उपलब्ध नभएको , गर्भवती महिलाहरुले स्वास्थ्य परिक्षण गराए पनि भिडियो एक्सरे र एक्सरे सेवा लिन नपाएको , सुत्केरीहरूका लागि कम्वर्ड शौैचालयको व्यवस्था नभएको मेडिकल अफिसरको दरबन्दी रिक्त भएको अनुगमनका क्रममा पाइएको अनुगमन टोलीले जनाएको छ ।

सो अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव रिषिराम गैरेले प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसरको दरबन्दी रिक्त हुँदा बिरामी अर्थात सेवाग्राहीहरुलाई यस केन्द्रबाट पूर्ण रुपमा सेवा दिन नसकिएको बताउनु भयो । दक्षजनशक्ति नहुँदा अल्ट्रासाउण्ड , एक्सरे , ईसिजी लगाएतका सम्पूर्ण सामाग्रीहरु भए पनि सोको प्रयोग हुन नसकेको सिनियर अहेव गैरेले बताउनु भयो । उपचार तथा स्वास्थ्य जाँचकालागि सेवालिन आएका बिरामीहरुलाई ईसीजी , अल्ट्रासाउण्ड , एक्सरेका लागि भैरहवा मेडिकल कलेज र जिल्ला अस्पताल तौलिहवा पठाउन बाध्य भएको हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

उक्त हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरमा मासिक १५ देखि १७ जना महिलाहरूले सुत्केरी गराउछन् । यस आर्थिक बर्षको साउन १ गते देखि असोज २५ गते सम्म ३८ जना महिलाले सुत्केरी सेवा लिएको सिनियर अनमी पुनम शाहीले जानकारी दिनु भयो ।

प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराएका अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापत चार पटक स्वास्थ्य जाँचको रु.८ सय रुपैंया र यातायात वापत रु. १ हजार गरी रु. १ हजार ८ सय रुपैंया प्राप्त गर्छन । तर साउन देखि हाल सम्म ३८ जना सुत्केरीको प्रोतसाहन भत्ता र यातायात दिन सकिएको छैन । गाउँपालिकाले पठाएपछि सुत्केरी महिलाहरुलाई बोलाएर दिईने सिनियर अहेव गैरेले बताउनु भयो ।

यसैबिच मानव अधिकार समूहले वडा नं. ७ स्थित श्री स्वतन्त्र मावि रतनपुरको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलिले बिद्यालयको अनुगमन गर्दा भौतिक पूर्वाधार पूर्ण रुपमा भए पनि निमावि देखि मावि सम्म बिज्ञान , गणित , अंग्रेजी र नेपालीको बिषयगत शिक्षकको अभाव भएको पाईएको अनुगमन टोलिका सदस्य दिलिप कुमार बरईले बताउनु भयो ।

मायाँदेवि गाउँपालिकाले ०७९ साल असार मसान्तमा १५ जना स्वयंसेवक शिक्षहरुलाई एक्कासी निकाले । ०७९ पौष १२ गते ३ जना मात्र स्वयंसेवक शिक्षक नियुक्ती ग¥यो । ४ सय ९५ जना बिद्यार्थीहरु रहेको यस बिद्यालयमा शिक्षकको अभावका कारण एक जना शिक्षकले एक घण्टीमा तिन बिषय पढाउनु परेको बिद्यालयमा प्रधानाध्यापक अहम्मद गुलामले बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेले समूहले शिक्षा, स्वास्थ्य, लैंगिक विभेद र वातावरणको अधिकारको बिषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरूको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गराउने अभियानलाई निरन्तरता दिने बताउनु । अनुगमनमा समूहका पदाधिकारीहरु र संचाकर्मी सुनिल आचार्य लगाएतको उपस्थिती रहेको थियो ।