तिलोत्तमा होम्समा बढ्दै आकर्षण, ४ जनालाई लालपुर्जा वितरण

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८२, आईतवार
24 shares

बुटवल । तिलोत्तमा नगरपालिका वडा नं ७ भलबारी स्थित तिलोत्तमा होम्समा घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेकाहरुलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्रदान गरीएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले प्रवद्र्धन गरेको तिलोत्तमा होम्स्मा घर बुकिङ्क गरेकाहरुलाई कम्पनीले सम्झौता अनुसार घरको स्वामित्व हस्तान्तरण गरेको हो । अत्याधुनीक सुबीधासम्पन्न घरहरु समय सापेक्ष रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेका चार घरको सम्पूर्ण स्वामित्व सहित लालपूर्जा हस्तान्तरण गरेको जनाएको छ । तिलोत्तमा होम्समा बसोबास गरेका १५ घरधनीमध्ये चार जनाले लालपूर्जा प्राप्त गरेका हुन् ।

घर निर्माण सम्पन्न भएर हस्तान्तरण गरिएका बाँकी परिवारलाई क्रमशः स्वामित्व हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेकाहरुलाई स्वामित्व हस्तान्तरण गरेको अध्यक्ष नेत्रलाल वनको भनाई छ ।

एक समारोहका बिच शंकरप्रसाद पौडेल, ऋद्धि शर्मा, विजेता पिया र युवराज गिरीलाई घरको स्वामित्व हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

तिलोत्तमा होम्स्मा पहिलो चरणमा निर्माण सम्पन्न भएका ३० वटा घरमध्ये आधा घरमा बसोबास सुरु भएको छ भने बाँकी घरमा इन्टेरियरको काम सञ्चालनको क्रममा छ । कम्पनीका प्रवन्ध निर्देशक सहदेव खड्काले परियोजनाले निर्दिष्ट गरेका घरबाहेकका अन्य संरचनाहरु प्राथमिकताका आधारमा असोज अन्तिम साताबाट निर्माण सुरु गर्ने योजना रहेको जानकारी दिए ।

यस क्षेत्रको सबैभन्दा पहिलो आकर्षक आवास परियोजनाप्रति सबैले चासो र उत्सुकता जनाइरहँदा कम्पनीले घरधनीलाई स्वामित्व हस्तान्तरण सुरु गरेको हो । यहाँ जग्गा र घरको क्षेत्रफलको आधारमा ग्रुप ए मा ४२ वटा ग्रप बी मा ६७ वटा घरहरु निर्माण हुँदै छन् ।गु्रप ए मा पर्ने घरको कुल क्षेत्रफल १५ धुर र भवन २९०० स्क्वायर फुट ९बिल्ड अप एरिया० र गु्रप बी मा पर्ने घरको कुल क्षेत्रफल १० धुर र भवन २२०० स्क्वायर फुट (बिल्ड अप एरिया) मा रहेका छन् । परियोजनास्थल कम्पाण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी आबस्यक पर्ने खेल मैदान,सहीत सबै पुर्बाधार निर्माण गर्ने जनाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक खड्काले सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकारको नीतिअनुरुप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन भैरहेको बताए । यो परियोजनाको लागत २ अर्ब बढी छ । परियोजना अन्तर्गत् बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामाग्री सरकारले तोकेको मापदण्डअनुसारका रहेको खड्काको भनाई छ ।

परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैंले गरेको छ । परियोजना अन्तर्गत् रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय सोसाइटी आफैंले गर्ने अध्यक्ष वनको भनाइ छ । तिलोत्तमा होम्समा बिभीन्न मापदण्ड पुरा गररी निर्माण गरेको स्मार्ट होम्सका कारण बिस्वसनीय र आकर्षण बढ्दै गएको छ । पछील्लो समयमा मानीससँग पैसा भएपनी समय अभाबका कारण यस्ता कम्पनीहरुले बनाएका घरहरुमा आकर्षण बढेको उपयोगकर्ताहरु बताउँछन् ।