

महेश घिमिरे केदार
शहरको एउटा कुना। धूलो र इँटा भरिएको खाली जमिन। त्यहीँ कतै छ एउटा सानो टहरो, जहाँ दिनभरि धुवाँसंगै पसिना बग्छ, साँझ परेपछि दाल र भातको सुगन्धसँगै थाकेको शरीर आराम खोज्छ। यही टहरोमा हुर्किएकी थिइन् गोमा(एक सामान्य श्रमिक परिवारकी असाधारण छोरी। रामेछापको खनियाँपानी स्थायी ठेगाना भए पनि उनी बाल्यकालदेखि नै अभिभावकसँग भक्तपुरको इँटाभट्टामा बस्दै आएकी थिइन्। अभावको कठोर यथार्थ उनले चार वर्षको उमेरदेखि चिनेकी थिइन्। जब धेरै बालबालिकाहरू खेलौना बोकेर बालपनमा रमाइरहेका हुन्थे, त्यतिबेला गोमा भने आफ्नो आमा–बुबासँगै इँटाको धुलो,घाम,भोको पेट र थकानसँग संघर्ष गरिरहेकी हुन्थिन्।
त्यही संघर्षपूर्ण जीवनभित्र बाट एउटा उज्यालो संसार खोजिरेहेकि हुन्थिन्। त्यो हो शिक्षा। त्यो उज्यालोले उनलाई चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालय पुर्यायो। सामुदायिक विद्यालय। त्यही सरकारी स्कुल जसलाई हेर्दा आज समाजले नाक खुम्चाउँछ,अनि ओठ तन्काउँछ, र भन्छ– के पो होला र यस्ता स्कुलमा पढेर ? तर गोमा कुनै सन्देहको उत्तर होइनन्, उनी नै प्रश्न गर्ने कारण बनिन्। किनभने उनले एसइई २०८१ मा ४ जीपिए ल्याएर देखाइन् कि परिस्थिति कठिन भए पनि सपना ठूलो राख्न सकिन्छ, र त्यो सपना साकार गर्न श्रम, लगन र निष्ठा नै पर्याप्त हुन्छ। गोमाको यो संघर्षपूर्ण यात्रामा गरिबको गर्जन स्वरुप सानो झुप्रो भित्रबाट देखेकी ठूलो सपना आज गोमाले शाकार गरेकी छन्।
गोमाको यो यथार्थ घटना एकजना किशोरीको सफलता मात्रै होइन, यो त हाम्रो समाजमा लुकेर बसेका हजारौं पीडाको प्रतिनिधित्व हो।
ईँटाभट्टा केवल काम गर्ने ठाउँ होइन, त्यो जीवन संघर्षको विश्वविद्यालय हो, जहाँ बच्चाहरूले बाल्यकाल होइन, जिम्मेवारी बोक्छन्। त्यहाँ अभावले पढ्नेलाई कुर्न दिँदैन, र भोकले सपना मर्न दिँदैन भने जस्तै गोमा हारिनन्। र हार्न जानिनन्।
अभावबाट होइन, उनले आत्मविश्वासको जगबाट आफ्नो संसार निर्माण गरिन्।
ूआमा–बुबाको पट्–पट् च्यातिएको हातखुट्टाको छालाभित्र लुकेको असह्य पीडा, पसिनाले सिँचिएको श्रमको करुण र दुस्खको अँध्यारोबीच उज्यालो खोज्ने भविष्यप्रतिको अदम्य आस्था नै गोमाको प्रेरणाको ज्वालामुखी बनेको हो।ू
आजको समाजमा ूसरकारी स्कुलू भन्ने शब्द नै उपेक्षित छ।
मानौं त्यहाँ गुणस्तरको शिक्षा हुँदैन, मानौं त्यहाँका विद्यार्थीहरू भविष्यहीन हुन्छन्।
तर गोमाले देखाइन्—संसाधन नभए पनि संस्कार छ, सुविधाको अभाव भए पनि साहस छ, र जब कुनै विद्यार्थी भित्रै मनदेखि बोल्नको लागि संघर्ष गरेको हुन्छ। ऊ उज्यालो दिएरै छाड्छ।
गोमा आज विज्ञान संकायमा कक्षा ११ मा भर्ना हुने तयारीमा छिन्। उनको सपना डाक्टर बन्ने छ—सपना केवल आफ्नो लागि होइन, त्यो सपना आमा–बुबाको सघंर्षको उपहार हो, सामुदायिक विद्यालयप्रतिको समाजको संकीर्ण दृष्टिकोणको खण्डन हो, र गरिबीलाई चिरेर अगाडि बढ्ने चाहनाको चरम सीमा हो। गोमाको यो वास्तविक घटना केवल पास र फेलको कुरा मात्र होइन। यो त चेतनाको झिल्को हो। कि सामुदायिक विद्यालय पनि सफलताको आधार बन्न सक्छ। कि कुनै बच्चा गरिब जन्मियो भन्दैमा उसको सपना पनि गरिब हुन्छ भन्ने होइन। कि जब बुबाआमाको मेहनत, बच्चाको इच्छा शक्ति, गुरु र समाजको सही दृष्टिकोण एकसाथ आउँछ भने(त्यहाँ असम्भव भन्ने केही हुँदैन। भन्ने कुराको प्रतिनिधित्व गर्दै आएकी हुन्। गोमा लाखौं श्रमिक परिवारका छोरीहरू मध्ये एक हुन्। फरक यत्ति हो, उनले सपना देखिन्, र त्यो सपना पुरा गर्ने बाटो रोजिन्।