

घनश्याम कोइराला
मानिस सामाजिक प्राणी हो । मानिस मानिस मिलेर परिवार बनेको हुन्छ । परिवार परिवार मिलेर समाज बनेको हुन्छ । समाजको ठूलो रूप नै राष्ट्र हो । धेरै राष्ट्रहरू भएको संसार हो, विश्व हो । यसरी हेर्दा मानिस विश्वसमुदायको एउटा जीवन्त अंश हो । त्यसैले हरेक मानिसका निजी, पारिवारिक, सामाजिक, राष्ट्रिय र वैश्विक जिम्मेवारी छ । त्यसैले भनिएको छ नि, ‘मानिस अन्तर्राष्ट्रिय जाति हो ।’
जीवन व्यवस्थापनबारे अघिल्लो अध्यायमा केही कुरा उल्लेख गरिएको छ । हामीले यस चर्चालाई स्वव्यवस्थापन भनेका छौँ । त्यसरी हेर्दा ‘स्व’ भनेको के हो भन्नेबारे स्पष्ट हुन आवश्यक छ । ‘स्व’ डेढ—साढे एक अक्षरको छोटो शब्द हो । तर यसले दिने अर्थ विशाल छ । ‘स्व’ भनेको आफू हो । ‘स्व’ भनेको आफ्नो, आफन्त हो । ‘स्व’ भनेको धन—सम्पत्ति, वैभव हो । ‘स्व’ भनेको उज्यालो हो । यसका अन्य अर्थ पनि होलान् । व्यवस्थापनबारे अघिल्लो अध्यायमा चर्चा भइसकेको छ ।
व्यवस्थापन बहुआयामिक विषय हो । भएको, भइरहेको, हुनुपर्ने तीनै अवस्थामा व्यवस्थापन आवश्यक हुन्छ । सामान्यतः व्यवस्थापनको पहिलो खुड्किलो सोचाइ हो । केही भएको, भइरहेको, हुनुपर्ने विषय व्यवस्थापन गर्दा के, कसरी, कहिले, कहाँ, किन भनेर सोच्ने हो । यी पाँचै ‘क’को क्रमबद्ध उत्तर खोज्ने हो ।
संस्कृतमा एउटा महत्वपूर्ण भनाइ छ, ‘अमन्त्रं अक्षरं नास्ति नास्तिमूलं अनौधषम् । अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः’ अर्थात् मन्त्र नहुने अक्षर हुँदैन । औषधि नहुने जरो हुँदैन । योग्यता नहुने(अयोग्य) मानिस हुँदैनन्—सबै मानिस योग्य छन् । मानिसहरूमा भएका योग्यता, क्षमता, ज्ञान, सीप आदि समन्वय गर्ने मानिस दुर्लभ छन् ।
आपूmलाई केन्द्र भागमा राखेर एउटा गोलो घेरा (सर्कल) तयार पार्न सकिन्छ । त्यस घेरामा परिवारका मानिसको नाम राख्न सकिन्छ । यसमा आफ्नो बा, आमा, श्रीमान्, श्रीमती, सन्तान, दिदी, बहिनी, दाजु, भाइ, बुहारीको नाम राख्न सकिन्छ । उनीहरूका विशेषता, क्षमता आदि सकारात्मक विषय उल्लेख गर्न सकिन्छ । त्यसपछि अर्को घेरा तयार पार्न सकिन्छ । त्यसमा ज्वाइँ, भिनाजु, भतिजा, भतिजी, साला, साली, भाञ्जा, भाञ्जीको नाम र विशेषता लेख्न सकिन्छ । अर्को घेरामा उनीहरूसँग प्रत्यक्ष जोडिएका नाता सम्बन्धका मानिसहरूको नाम र विशेषता लेख्न सकिन्छ । आपूmसँगै पढ्ने सहपाठीहरूको नाम लेख्न सकिन्छ । आपूmसँगै काम गर्ने सहकर्मीहरूको नाम लेख्न सकिन्छ । आपूmसँग पढ्ने विद्यार्थीहरूको नाम लेख्न सकिन्छ । नजिकका साथीहरूको नाम र विशेषता लेख्न सकिन्छ । अर्कोमा छिमेकीहरूको नाम र विशेषता उल्लेख गर्न सकिन्छ । नेता, अभियन्ता, कलाकार, सेवा प्रदायकहरूको नाम लेख्न सकिन्छ । यसरी आप्mनो जीवनमा काम लाग्ने सबै प्रकारका सरोकारवालाहरूको नाम लेख्न सकिन्छ । यो सूची लामो वा छोटो हुन सक्दछ ।
यसरी आपूmसँग भएको क्षमता थाहा पाइन्छ । अब तपार्इँ आफ्नो जीवनको कुन पक्षको व्यवस्थापन गर्न चाहनुभएको हो, त्यो छान्नुहोस् । व्यक्तिगत जीवन व्यवस्थित पार्ने क्षेत्र हुन सक्दछ— शिक्षा, स्वास्थ्य, विवाहबारे योजना । पारिवारिक क्षेत्र हो भने— बाआमाको स्वास्थ्य, जीवनसाथी, सन्तानबारे योजना । समृद्धिको योजना हो भने— व्यवसाय छनोट, बजार अध्ययन, उपयुक्त स्थान, लगानी व्यवस्था, सञ्चालन संरचना । राजनीतिक नेतृत्व हो भने—समुदाय, मुद्दा, विद्यमान नीति, सरोकारवाला, आफ्नो भूमिका । यसैगरी सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा पनि खास क्षेत्र—विषय छनोट गर्न सकिन्छ ।
मुख्य विषय आपूm कहाँसम्म पुग्ने हो, केसम्म बन्ने हो, जीवनपछि समाजले कसरी सम्झियुन् भन्ने चाहना हो, त्यो सोच्नुपर्छ । सोचाइलाई लेख्नुपर्छ । महाकविले भन्नुभएको छ नि, ‘उद्देश्य के लिनु उडी चन्द्र एक !’ गर्दै जाँदा, हुँदै जाने कुरा सामान्य हो, संयोग हो । ठूला भवन बनाउँदा होस् वा आविष्कार गर्दा, मानिसले पहिले सोचेर, नक्सा बनाएर गर्नुपर्छ । राम्रो निर्माण र सिर्जना भए पनि माकुराले जाल बुनेजस्तो, माहुरीले चाका बनाएजस्तो, झोलीचराले राम्रो गुँड बनाएजस्तो, गौँथलीको गुँडजस्तो, धमिराको देवलजस्तो, अरिङ्गालको गोलोजस्तो हुनु हुँदैन ।
ठूला ठूला मानिसहरूले योजनाबद्ध काम र काम गर्नुअघि काल्पनिक संरचनाको विषयमा लेखेका छन् । यस विषयमा प्रसिद्ध दार्शनि कार्ल माक्र्सको भनाइ रहेको छ, ‘माकुराले जुलाहासँग मिल्दोजुल्दो कार्य संचालन गर्दछ, आफ्ना कक्षहरूको निर्माणद्वारा वास्तुविदलाई लज्जित तुल्याउँछ । तर एउटा कुराले एउटा निकृष्टतम वास्तुविद्लाई सर्वोत्तम मौरीहरूभन्दा भिन्न तुल्याउँछ । त्यो के हो भने वास्तुविद्ले संरचनालाई यथार्थमा ठड्याउनुअघि कल्पनामा उभ्याउँछ । प्रत्येक श्रम–प्रक्रियाको अन्त्यमा हामी प्रारम्भमा श्रमिकको कल्पनाभित्र रहेको परिणामलाई नै पाउँछौं । उसले आफूले काम गरेको पदार्थको रूपलाई परिवर्तन मात्र गर्दैन, आफ्नै एउटा उद्देश्यलाई साकार समेत तुल्याउँछ ।’
कतिपय मानिसहरू भित्रभित्रै योजनाबद्ध काम गरिरहेका हुन्छन्, तर त्यसबारे बाहिर कसैसँग चर्चा गर्दैनन् । जब कि, योजना पूरा गर्न आपूmले आफैलाई बाध्य पार्न घोषणा गर्नु राम्रो मानिन्छ । यस्तो घोषणाले तपार्इंको उच्च महत्वाङ्क्षाका लागि मानसिक सन्तुलन गुमाएको समेत भनेर टिप्पणी गर्न सक्दछन् भने तपाईं स्वयंलाई जसरी पनि सफल हुनैपर्ने बाध्यता सिर्जना हुन्छ ।
यस विषयलाई सुप्रसिद्ध समाजशास्त्री फ्रेडरिक एङ्गेल्सको यो भनाइले थप पुष्टि गरेको देखिन्छ, ‘श्रम र वाणी नै ती दुईवटा अत्यावश्यक उद्दीपकहरू हुन्, जसका प्रभावले गर्दा बाँदरको मस्तिष्क विस्तारै–विस्तारै मानिसकोमा परिवर्तिन भयो । ज्ञानेन्द्रीयहरूजस्ता अति निकटतम उपकरणहरूको विकास मस्तिष्कको विकाससँगै अघि बढ्यो । चिलले मानिसभन्दा धेरै टाढासम्म देख्न सक्छ, तर मानवचक्षुले चिलका आँखाले भन्दा ज्यादा सुझबुझका साथ विवेचना गर्न सक्छ । कुकुरमा मानिसमा भन्दा धेरै तीव्र घ्राणशक्ति हुन्छ, तर उसले ती गन्धहरूको एक शतांश पनि पृथकता थाहा पाउन सक्दैन, जुन गन्ध मानिसका लागि विभिन्न वस्तुहरूलाई जनाउने खास सङ्केतहरू हुन् ।’
कार्ल माक्र्स र एङ्गेल्सका उपरोक्त दुवै विचारलाई सँगै राखेर सोचेर योजनाबद्ध काम सुरु गर्दा प्राप्त सफलताले थप खुसी प्रदान गर्न सक्दछ । सोचेर काम सुरु गरौँ, योजना बनाएर काम गरौँ । स्वव्यवस्थापनका लागि यो साह्रै महत्वपूर्ण पक्ष हो । (लेखक कोइराला जीवनशैली अध्येता हुनुहुन्छ ।)
((((((((((((((((((((((((((((