

दीपिका चौधरी
भानु,
हुन् नेपाली मनका ढकढुकी
नेपाली भाषाका जनक
रामायणका अनुवादक
जसका शिल्पले गराए भाषाको एकिकरण
उनका सरल र सरस लेखाईहरू
गुञ्जीरहेकाछन् नेपालीको मनमनमा ।।१।।
लिएर घाँसीबाट मानवताको पाठ
उब्जाएर नाम कमाउने रहर मनभरी
थाले सोंच्न, मृत्यु पछि पनि अमर रहने कला
र
जसका बलमा,
सृजना गरे रामायणका सुन्दर अध्ययायहरू ।।२।।
बनेर नेपाल र नेपालीको गौरव
पुप्याउँदै काव्यमा अथक योगदान
कथेर रामका कथाहरू
वधु शिक्षाका पाठ
नेपाली मन मष्तिस्कमा रोपीरहे पितृ भक्तिका गाथा
र
रामराज्यको सिद्धान्त,
तब पो त
बाँचीरहेका छन् भानु
उन्का असङ्ख्या कृति हरु सँग
बनेर उजवल नक्षत्र नेपाली साहित्य आकाशमा ।।३।।
स्मृति बोर्डिङ स्कुल, तिलोत्तमा–३
कक्षा-८