

किशन ज्ञवाली
हाम्रो देश नेपाल, जहाँ सगरमाथाको शिरले आकाश छोएको छ, जहाँ बुद्धको शान्तिको सुगन्ध विश्वभरि फैलिएको छ र जहाँ प्रत्येक ढुंगामाटोमा एक सम्भावनाको बीउ रोपिएको छ । त्यो नेपाललाई अब हामिले साच्चै विश्वको गन्तव्य बनाउनु पर्छ । त्यसको लागि…..
१) स्थायित्व र सक्षम नेतृत्वको आधारशिला एमाले बन्न सक्छ ?
देश विकासको पहिलो शर्त हो– राजनैतिक स्थायित्व । त्यो स्थायित्व एमाले पार्टीमा देखिन्छ, जहाँ स्पष्ट दृष्टिकोण, सुदृढ संगठन, लोकतान्त्रिक विचार र सबैलाई अटाउने जनताको बहुदलीय जनवादको सिद्धान्त रहेको छ । केपी शर्मा ओलीजस्तो अनुभवी र निडर नेतृत्वले मात्र यस्तो स्थायित्वलाई दीर्घकालीन बनाइ राख्न सक्छ ।

२) समृद्धिको स्रोतः प्रकृति र भूगोल
नेपालको भौगोलिक विविधता विश्वमा दुर्लभ छ । हिमाल, पहाड, तराईले भरिएको यो देशमा जलस्रोत, वनजंगल, खनिज, जडीबुटी जस्ता प्रकृतिक स्रोतहरू प्रचुर मात्रामा छन् । यी स्रोतको बैज्ञानिक ढंगले उत्खनन गरी देशलाई आत्मनिर्भर र समृद्ध बनाउने मार्ग केपी ओलीको सोचमा छ, बिगतका काम कार्बाही पनि त्यतै लक्षित थिए त्यसलाई निरंतरता र स्थाइत्वको खाँचो छ ।
३) युवाशक्तिः भविष्यको मेरुदण्ड
काम गर्ने पाखुरा बलिया छन्, तर युबा हरु र नेतृत्वको खोजीमा छन् ! आजको युवा जागरुक छ, ऊ राष्ट्रको सपना देख्छ । त्यही सपनालाई नीति, योजना, र प्रेरणामा रूपान्तरण गर्ने क्षमता ओलीमा छ । युवा अब सिर्फ श्रमिक होइन, नेतृत्वकर्ता हुनुपर्छ— यही मन्त्रको आधारमा अगाडि बढ्न जरुरी छ । केपी ओलीको अनुभव युवा हरुको साथ मिलाउन जरुरी छ । हामी युवाहरुले राम्रो भिजन र मिसन बनाएर केपी ओलीको कप्तानीमा बिकास र समृद्धिको गोल हानुपर्ने बेला आएको छ ।
४) प्रविधि र सीपः आत्मनिर्भर नेपालको आधार
विकास अब प्रविधिमा आधारित छ । प्रविधिमैत्री सीप, दक्ष जनशक्ति, आधुनिक सोच र नविनतम ज्ञान बिना कुनै पनि राष्ट्रले अग्रगामी फड्को मार्न सक्दैन । ओलीको सोच हो— प्राकृतिक सम्पदाको वैज्ञानिक उपयोग, दक्ष जनशक्ति उत्पादन, र सूचना प्रविधिमा नेपाललाई अग्रपंक्तिमा पुर्याउने। त्यसका लागि युवा हरु जुरमुराउनु जरुरी छ । हुटहुटी खेलाउन जरुरी छ, युबा– बैज्ञानिक, डाक्टर, इन्जिनियर, प्रोफेसर, मजदुर, किसान, उद्योगी ब्याबसायी सबैले एक–एक इट्टा थपेर योगदान गर्न जरुरी छ ।
५) अन्तर्राष्ट्रिय उदाहरणः नेपाल पनि बन्न सक्छ
मलेसिया, सिङ्गापुर, युएई, चीन यी सबै राष्ट्रहरू केही दशक अगाडि नेपालसँग मिल्दोजुल्दो अवस्थामा थिए । तर दूरदृष्टि, स्थायित्व र निष्ठावान नेतृत्वको कारण उनीहरू आज विश्वका आकर्षण बनेका छन् । नेपाल पनि बन्न सक्छ, यदि सही दिशामा सही नेतृत्वले अघि बढायो भने । त्यो नेतृत्व आज केपी ओलीमा देखिन्छ ।
६) विविधता हाम्रो शक्ति हो– त्यसैले बिराट एकताको अवाहान केपी ओलीको नेतृत्वमा अपरिहार्य भएको छ ।
नेपालमा जाति, भाषा, धर्म, संस्कृति, भूगोल र राजनीतिक विविधता छ— यही हाम्रो विशेषता हो । अब हामीले २० वर्षसम्म आफ्नो–आफ्नो डम्फु होइन, एउटै राष्ट्रवादको रागमा सुर, ताल र लय मिलाएर संगित गर्नु पर्छ । सबैको पहिचानलाई सम्मान गर्दै ‘पहिले देश, पछि दल’ भन्ने भावना बोकेर विराट एकतामा जोडिनु पर्ने समय यही हो ।
७) ओलीको इमानदार, अनुभवी र राष्ट्रसेवक नेतृत्व
केपी शर्मा ओलीसँग अनुभव छ, विचार छ, इमानदारीता छ । न त उनलाई लोभ छ, न स्वार्थ । उनलाई चाहिएको छ—नेपालको समृद्धि र इतिहासमा एउटा सकारात्मक छाप छोड्ने अवसर । उनले जीवनको उत्तरार्ध राष्ट्रसेवामा समर्पित गरेका छन् । अब हामी सबैले उनको अभियानलाई साथ दिनु पर्छ— एक इट्टा राष्ट्र निर्माणमा हामीले पनि थप्नु पर्छ ।
आज एउटी आमाको कोखमा बसिरहेको सन्तानले २० वर्षपछि कुन नेपाल देख्नेछ ? ….विभाजित, निराश, परनिर्भर राष्ट्र ? ….कि शान्त, समृद्ध, आत्मनिर्भर र संसारको सम्मानित मुलुक ? त्यो सन्तानलाई उत्तराधिकार दिन अबको निर्णय हामि सबैले मिलेर लिनु छ ।
अन्त्यमाः देशका युवालाई प्रेरणा भरेर देशमै पाखुरा बजार्ने देशकै माटो पसिनाले सिंचित गर्दै, सबै बिचारलाई सम्मान गर्दै देशको बिभिधता भित्र राष्ट्रको एकतालाई कायम राक्दै देशप्रती योगदान गर्ने भावसहित आफुलाई राष्ट्रप्रती समर्पित गर्ने बेला आएको छ ।
अब सिङ्गो राष्ट्रलाई एउटै सूत्रमा बाँध्ने बेला आएको छ । युवा पुस्ताले काँधमा जिम्मेवारी बोक्ने समय यही हो । जाति, भाषा, धर्म, संस्कृतिको सम्मान गर्दै हामी विकास, एकता र राष्ट्रिय स्वाभिमानको यात्रामा अघि बढौं ।
समृद्ध नेपाल, शुखी नेपाली, विश्व समुदायको गन्तव्य नेपाल बनाउन केपी ओलीको नेतृत्वमा विराट एकताको संकल्प गर्ने बेला आएको छ ।