

बुटवल, भदौ १ (मेसस) । साधना सांस्कृतिक कला केन्द्र, बुटवलको आयोजनामा भएको मिस तीज अफ स्कुल सिजन फाइभको उपाधि दीप बोर्डिङ हाई स्कूलकी पिया सारुले चुमेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालीमा सबैलाई पछाडि पार्दै सारुले उपाधि चुमेकी हुन् ।
त्यस्तै फस्ट रनरअप दुर्गा शैक्षिक गृहकी अनया रोकाहा र सेकेन्ड रनरअप प्यारामाउण्ट बोर्डिङ स्कूलकी आर्या भण्डारी भएकी छन् । त्यस्तै थर्ड रनरअप युविका थापा र आज्ञा सापकोटा भए भने उत्कृष्ट दर्शक छनौटमा सञ्चिता गाहा भएकी छन् । विजताहरुले क्रमस उपाधि चुमेकी श्रेष्ठले १५ हजार, फस्ट रनरअप र उत्कृष्ट दर्शक छनौटमा परका खड्का र थापाले १०÷८ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन् ।
विजेताहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारीले पुरस्कार वितरण गरिन् । जिल्लाभरिबाट सहभागी ९३ जनाको अडिसनबाट २७ जना छनौट भएका थिए । विद्यार्थीको व्यक्तित्व विकास गर्दै आफूलाई निखार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अनु रजकले जानकारी दिए । अडिसनबाट छनौट भएकालाई १५ दिनको तालिमपछि फाइनल प्रतिस्पर्धामा भाग लिने बनाइएको कला केन्द्रकी प्रबन्ध निर्देशक प्रिंयका थापाले जानकारी दिइन् । साधानाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यक्रमको सञ्चालन सुदीप ढकालले गरेका थिए ।