मिलन गाहा
बुटवल। जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको विद्यालयस्तरीय भलिबल प्रतीयोगीताको उपाधि न्यू होराईजन उच्च माविले कब्जा गरेको छ । बेष्ट अफ फाइभको खेलमा पहिलो २ सेट बुद्ध पब्लिक उच्च मावि देवदहले जितेको थियो । त्यस्तै पछिल्लो २ सेट न्यू होराईजन उच्च माविले जित्न सफल भएको मा अन्तिम सेट १५–९ को अन्तरमा न्यू होराईजनले बुद्ध पब्लिकलाई पराजीत गरी उपाधि चुमेको हो ।
यसरी न्यू होराइजन प्रथम, द्वितीय बुद्ध पब्लिक उच्च मावि देबदह, तस्रो स्थानमा मणीमुकुन्द उच्च मावि र सान्त्वना स्थानमा कान्ति उच्च माविले चित्त बुझाए । खेलमा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनाले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजारसहीत कपसिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । खेलमा विभिन्न विधाका खेलाडीहरु लाई समेत नगदद्वारा सम्मान गरिएको थियो । बेष्ट सेटर बुद्ध पब्लिकका गमबहादुर सारु, बेस्ट स्पाइकमा बुद्ध पब्लीककै सुरज सुनार, डिफेण्डरमा न्यू होराईजनका आयुस थापा, ब्लकरमा बुद्ध पब्लिकका प्रदिप सुनार, डिसीप्लीनमा मणिमुकुन्द उच्च मविका प्रकाश सुनार, बेस्ट कोचमा न्यू होराइजनका नरेन्द्र सारु तथा बेस्ट प्लेयरमा न्यू होराईजनका एनीस थापाले उपाधि पाएका थिए ।
कार्यक्रममा पुरस्कार प्रदान गर्दै लुम्बिीनी प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङ्गले खेलका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नाम राख्न सफल खेलाडीहरु लुम्बिनीबाट पनि धेरै भएकाले खेलका माध्यमबाट नेपालको झण्डा फहराउनका लागी निजी क्षेत्रले गरेको योगदान सम्झना गर्दै राज्यले पनि अझ थप बल प्रदान गर्न अनुरोध गरे । कार्यक्रममा मणिमुकुन्द उच्च माविका प्राचार्य टुकबहादुर क्षेत्री, होराईजनका लोकनाथ उपाध्याय, दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपानेसहित विभिन्न विद्यालयका प्राचार्यहरुले विद्यालयस्तरबाट खेलको विकासमा योगदान दिएको बताए ।
प्रतियोगीता सम्पन्न गर्न सहयोग गर्ने विद्यालयहरु तथा विभिन्न संघसंस्था, बुटवल उपमहानगरपालिकासहित विभिन्न वडालाई अध्यक्ष सुरेन्द्र शाक्यले धन्यबादज्ञापन गर्दै रुपन्देही जिल्ला खेलको उर्वरभूमि बताए । खेलमा १७ विद्यालयका टिमहरुको सहभागीता रहेको थियो ।
