बुटवलको नयाँ बसपार्क नजिकै सञ्चालनमा आयो गोर्खाली रिकण्डीसन शोरुम

मेचीकाली संवाददाता

३ फाल्गुन २०८२, आईतवार
7 shares

बुटवल । बुटवलको नयाँ बसपार्क नजिकै गोर्खाली रिकण्डीसन शोरुम सञ्चालनमा आएको छ । दुईजना युवा व्यवसायीको लगानीमा मोटरसाइकल तथा स्कुटर चढ्ने सपना बुनेका तर नयाँ किन्न सक्ने आर्थिक अवस्था नभएका ग्राहकहरुलाई सेवा दिने उद्देश्यले महाशिवरात्री पर्वको अवसर पारेर आइतबारदेखि रिकण्डीसन शोरुम सञ्चालनमा आएको हो ।

शोरुमका सञ्चालक मिनबहादुर पौडेलले ग्राहकले कुनैपनि ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद बिक्री गर्न सक्ने बताए । ग्राहकले यामाहा, बजाज, हिरो, होन्डा, टीभीएस लगायत नेपालमा चलेका सबै कम्पनीका मोटरसाइकल तथा स्कुटर आफूले खोजेकै मुल्यमा पाउने उनले बताए । अहिले शोरुममा ५० हजारदेखि ५ लाख रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेको सञ्चालक पौडेलले जानकारी दिए । कम मूल्यमा मोटरसाइकल तथा स्कुटर किन्ने सोच बनाएका ग्राहकहरुलाई निक्कै सजिलो खरिद बिक्री स्थलको रुपमा काम गर्ने योजनाका साथ शोरुम सञ्चालन गरीएको उनको भनाई छ । सञ्चालक पौडेलका अनुसार एक लाख रुपैयाँसम्म खर्च गर्ने हो भने राम्रो अवस्थामा रहेको दुई पाङ्ग्रे सवारीसाधन किन्न सकिन्छ ।

फस्टाउँदो रिकन्डिसन व्यवसायले दुइपाँग्रे सवारी चढ्न चाहाने जो कोही उपभोक्तालाई सहज वातावरण बनाइदिएको छ । मोटरसाइकल तथा स्कुटर चढ्ने मानिसको संख्या वृद्धि भइरहेको समयमा रिकन्डीसन हाउसको दायर पनि बढ्दै गएको छ । शोरुमका अर्का सञ्चालक विशाल गोदारले मोटरसाइकल तथा स्कुटर भाडामा समेत उपलब्ध रहेको जानकारी दिए । फस्ट ह्यान्ड बाइकजस्तै, रिकन्डीशन बजारमा पनि बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो कम्पनीका बाइक नै बढी खोजिने गरेको उनले बताए ।