कपिलवस्तुमा निशेधाज्ञालाई निरन्तरता, कोरोना नियन्त्रणका लागि थप जिम्वेवार बन्न आग्रह

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
522 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन २२ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकमा यस भन्दा अगाडी भएका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा समेत गरिएको छ ।

यस्तै बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंह दरबार काठमाडौंको साउन २० गतेको पत्रबारे जानकारी दिए । कोभिड–१९ को संक्रमण पुनः बढ्दै गएको सन्दर्भमा, भारतबाट नेपाल प्रबेश गर्ने ब्यक्तीहरुको प्रबेश नाकामा हेल्थ डेक्सलाई अझै व्यबस्थीत गरी एन्टीजेन परिक्षण गर्ने ब्यबस्था मिलाउन र रिपोर्ट पोजेटिभ आउनेहरुलाई अनिबार्य रुपमा आईसोलेसनमा राख्ने ब्यबस्था मिलाउन निर्देशन प्राप्त भएको छ । नेपाली सेनाबाट निर्माणाधिन होल्डीङ सेन्टर संचालनमा नआउँदा सम्म सोको व्यवस्था कृष्णनगर नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको साउन १३ गते बसेको बैठकबाट निरन्तरता दिईएको निषेध आदेशलाई अर्को सुचना नभए सम्मको लागि निरन्तरता दिने निर्णय गरिएको छ । कोभिड–१९ को तेश्रो लहर पुनः आउन सक्ने भएको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबधानी अपनाउन अनुरोध गरिरहेको परिप्रेक्षमा कोभिड–१९ संक्रमण रोकथाम तथा उपचारकालागि खटिनु सबैको दायित्व भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।

प्रहरीले तपाईको मास्क खोई भन्ने लगाएतका बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको तर आम नागरिकहरुले प्रहरीलाई देख्दा मात्र माक्स लगाउने र अघिपछि नलगाउँदा रोग फैलिन सक्ने बताए । कोरोनाको तेश्रो लहरले बालबालिकाहरुलाई खतरा हुने भएको हुँदा शिक्षा क्षेत्रमा नै नियम पालना गर्न सकिएन भने अन्यत्र को अवस्था कस्तो होला ? एसपी कार्कीले भने ।

लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले जती सक्यो छिटो खोप लगाउन सकियो भने सुरक्षित भईने बताए । बालबालिकाहरु शिक्षाबाट धेरै प्रभाबित भएका छन् जिल्ला वासी सबै सचेत भई कोरोना भाईरसलाई न्युनिकरण गर्न सकियो भने स्वास्थ्य मापदण्ड अपनाएर बालबालिकाहरुलाई शिक्षा दिन सकिने बताए । यस्तै नेपाली कग्रेसका सुधाकर पाण्डेय र एमाले नेता धर्म भुषालले यस रोगलाई न्युनिकरण गर्न आ आफ्नो स्थानियतहमा पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कपिलबस्तु अस्पत्तालका मेसु किशोर बञ्जाडे कोरोनाको तेश्रो भेरियन्टले बालबालिकाहरुलाई बढी असर गर्ने भएको हुँदा अहिले बिद्यालय खोल्न सक्ने अवस्था नभएको बताए । रोगलाई कमी गर्न सबैले मास्क अनिबार्य प्रयोग गर्नुपर्ने, एन्टीजेनको दायरा बढाउनु पर्ने, भिडभाड नगर्ने र कन्ट्याक ट्रेसिङ्को महत्वका बारेमा जानकारी दिन अबश्यक भएको समेत जनाए । सम्पुण स्थानियतह, सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था, सरोकारवाला निकायहरु तथा प्रतिष्ठान र संचार माध्यमहरुले आ आफ्नो तर्फबाट रोकथामका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र गराउने तथा कोरोना बिरुद्धको सचेतना अभियान संचालन गर्न अबश्यक भएको स्वास्थ्य प्रमुख हेमराज पाण्डेले बताए ।

कोरोनाालाई फैलिन नदिनकालागि स्थानियतहरु, शिक्षकहरु, महिला स्वास्थ्य स्वयम सेबिकाहरु, समाजसेवी, जनप्रतिनिधीहरुलाई परिचालन गरी मास्कको सही प्रयोग गर्न र यसको महत्व र परिक्षणको महत्वको बारेमा जनचेतना तथा प्रचार प्रसार गर्ने र परिक्षणको मात्रालाई बढाउन स्थानियतहहरुले बिभिन्न रणनितीहरु तय गर्नुपर्ने निर्णय भएको छ । सैगरी कोभिड–१९ को नयाँ भेरियन्ट पछि यस जिल्लामा ३ हजार ५ सय ८६ जनामा कोरोना संक्रमित पुष्टि भएकोमा ३ हजार ३ सय ३८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । भने १ सय ६९ जनाले कोरोना भाईरसका कारण ज्यान गुमाएका छन् । अहिले जिल्लामा ७१ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए ।

यस्तै जिल्लामा अहिले सम्म कोभिशील्ड ४८ हजार ५ सय दोज , भेरोसेल ५३ हजार ८० डोज र जान्सेन एण्ड जान्सेन ६६ हजार ८ सय ५० डोज प्राप्त भएको जानकारी दिए । कोभिशिल्ड पहिलो दोज ३६ हजार ४ सय ३० डोज, दोश्रो दोजमा ११ हजार ३ सय १९ र भेरोसेल पहिलो डोजमा ४३ हजार १ सय २३ दोज र दोश्रो दोजमा ९ हजार ५ सय ३८ डोज लगाईएको थियो । यसैगरी जान्सेन एण्ड जान्सेन ३३ हजार डोज लगाईएको जानकारी दिएका थिए ।

बैठकमा स्थानियतहका मेयर, उपमेयर, जिल्ला समन्यव समितीका उपप्रमुख, समन्वय अधिकारी, प्रहरी प्रमुख, इन्सेक प्रतिनिधी, माहुरी होमका अध्यक्ष लगायत बिभिन्न सरोकारवालहरुको सहभागिता रहेको थियो ।