सढेको फर्सीजस्तो एकता

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
1246 shares

डा.धनपति कोइराला
‘विचार र दर्शन मिल्ने जति सबै राजनीतिक दलहरु एउटै छातामुनि गोलबन्द हुन् । खासगरी प्रजातान्त्रिक विचार राख्ने एकै ठाउँमा उभियून् । कम्युनिज्म विचार राख्नेहरु एकैै ठाउँमा उभियून् । राजसंस्थाका पक्षधर एकै ठाउँमा उभियून् । पार्टीहरु थोरैभन्दा थोरै रहून् । देश र जनताको उन्नतिलाई मूलमन्त्र सम्झून्, नबोलून्, काम गरेर देखाऊन्’ यी सुन्दा मीठा लाग्ने संकथन हुन् । तर, व्यवहार छ ठीक विपरीत ।

सत्ता र शक्तिबाट बाहिर छँदा सूक्ष्मबाट स्थूलतातिर तथा सत्ता एवम् शक्तिमा पुग्नासाथ स्थूलताबाट सूक्ष्मतातिरको गन्तव्य हुन थाल्छ सर्वदा । आजसम्म भइरहेछ यस्तै । त्यसैको निरन्तरता हो वर्तमानमा नेकपाको विघटन । नेकपा एमालेको पनि विघटन । राजपाको विघटन र त्यसभित्रका एउटा घटकको दयनीय स्थिति ।

नेपालका राजनीतिक दलहरु प्रायः दर्शन र कार्यक्रमका आधारमा भन्दा आप्mनो निकृष्टतम स्वार्थका लागि एकीकृत हुने र थोरै थोरै स्वार्थहरु बाजिनासाथ बिस्तारै बिस्तारै विघटनको मोड पक्रिएर उत्कर्षमा पुग्ने र अन्ततः विघटनमा रुपान्तरित भएरै छाड्ने प्रवृत्ति नै नेपाली राजनीतिको प्रवृत्ति र विशेषता हो ।

कांग्रेस दुई पटक विघटित हुनुमा यसै तत्वले गरेको छ काम । पुनः जोडिनमा पनि गरेको छ काम यसैले । नेपाल सद्भावना पार्टी कैयौँ टुक्रामा विभक्त हुनमा यही तत्व छ कारक र पुनर्गठित भई राजपा हुँदै नेरासपा हुनमा पनि यही तत्व छ कारक र अहिले विघटित स्थितिमा पुग्नुमा पनि छ यही तत्व कारक । राप्रपा विघटित र पुनर्गठित हुनमा पनि छ उही तत्व कारक । अरु दलहरुको पनि नियत र नियति छ उही नै ।

यसैले नेपालका राजनीतिक दलहरु परस्पर मिल्नु र बिछडिनुलाई ज्यादा उत्तेजित भएर हेर्नु र तरंगित भइहाल्नु पनि आवश्यक देखिँदैन । जहाँसम्म गाली गलौजको भाषा छ, त्यो प्रजातान्त्रिक भनिएका पार्टीका सापेक्षमा कम्युनिष्ट भनिएका पार्टीभित्र देखिन्छ ज्यादा । पहिले नेकपा एमाले टुक्रिएर नेकपा माले बनेपछि दुई पार्र्टीका नेता तथा कार्यकर्ताको भाषिक प्रयोग र व्यवहार हेर्दा अहिलेसम्मलाई संयमित र सन्तुलित नै मान्नुपर्छ । यद्यपि आज गद्दार, धोकेबाज, देशद्रोही, राष्ट्रघाती, जनविरोधी आदि इत्यादि भनेर सत्तोसराप गरिएका व्यक्तिहरु पछि तिनै सर्वाधिक राष्ट्रभक्त, जनप्रेमी तथा सच्चरित्र बन्न पुग्छन् ।

चाहे नेकपा एमाले, चाहे नेकपा मसाल, नेकपा माओवादी केन्द्र वा अरु कुनै । एकले अर्कालाई क्षुद्रतर गाली गलौज गर्नुपर्दा आँखा चिम्लिएरै गर्छन् । आवेश, आक्रोश र उत्तेजनामा यदाकदा तथ्ययुक्त र यदाकदा तथ्यहीन अभिव्यक्ति दिने र पछि मिल्नेबित्तिकै आन्द्रा जोडेर हिँड्ने प्रवृत्ति पनि नौलो होइन । प्रतिगामी, पुरातनपन्थी, पश्चगामी, दलाल नोकरशाही, सामन्ती, पुँजीवादी आदि इत्यादि पनि ।

यद्यपि भूमिगत कालमा खाएका शपथ, अँगालेको राजनीतिक दर्शन र व्यवहारमा निकै समानता हुने गर्थे र अभैm पनि भूमिगत काल आइलागे आंशिक रुपमा यो संकथन सत्य बन्ला । तर, त्यसलाई जीवनमा प्रयोगमा ल्याउनुपर्ने घडीमा चुक्ने र भुक्ने प्रवृत्ति अद्यापि जीवन्त छ । वर्तमान नेकपा केन्द्रको विघटन र पतनको यो दशा आउनमा मुख्यतः अध्यक्ष भएका नाताले केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको इगोले अहं भूमिका खेलेको छ ।

यीमध्ये पनि सबैभन्दा खराब भूमिका माधव नेपाल र प्रचण्डको भयो । ओलीले दोहोरिएर अध्यक्ष नहुने भनेर भनिसकेको बेलामा माकुने र प्रचण्डले आफूभित्र रहेको अतृप्त कुण्ठालाई अनेक रुपमा प्रकट गरे । सँगसँगै यसमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठहरु पनि आगोमा घिउ थप्ने कार्य गरेका छन् । तथापि अब पछाडि फर्केर त्यसको औचित्य छैन । इतिहास हेर्नु, अनुगमन गर्नु र पढ्नु भनेको दोहो¥याउनलाई नभई यसबाट सिकेर गल्ती नदोहो¥याउनका लागि हो । तर, कसैले इतिहास पढेर व्यवहारमा अवलम्बन गरेको देखिन्न । किनकि हिजो फुटेको गम कम हुन नपाउँदै पार्टीलाई फुटको त्यो मञ्जिलसम्म पु¥याउनमा किन उतारु भए पात्रहरु ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बीच ‘ए÷कता ?’ थियो ‘एकता’ भएकै थिएन । दुई पार्टी थिए र भए अलग पनि । तिनका बीचमा मनबाटै उब्जिएर आउने सच्चा विचार र व्यवहारमा हुनुपर्ने प्रवृत्ति र विशेषता दुईका बीचमा बहुप्रतिशतमा मिल्दा थिएनन् । यसैले ‘एकता’ हुन सकेको थिएन र त्यो कथित ‘एकता’ ‘ए÷कता ?’ मै सीमित हुन पुग्यो । दुई पार्टीका बीच ‘एकता’ का विषयमा छलफल, अन्तक्र्रिया र बहस पैरवी हुनुलाई किमार्थ आश्चार्य मान्न सकिन्न । तर, एउटै विचार, व्यवहार र दर्शन बोकेका पार्टीभित्र महाधिवेशनमा पदाधिकारी चयन गर्ने सिलसिलामा निर्वाचन गर्दा बनेका दुई समूहले अलग अलग पार्टीको अस्तित्व कसरी प्राप्त गर्न सक्छ ? कसरी एउटै पार्टीभित्र पनि ‘एकता’ को विषय आउँछ ।

यसैले एउटै पार्टीभित्र गरिने अलग अलग पार्टीको व्यवहार कति दुःखद र भद्दा लाग्छ । हो, प्रजातान्त्रिक पद्धतिमा यसलाई अनुसरण गर्ने र यसैअनुरुप पदाधिकारी चयन गर्ने, मत मतान्तर राख्ने र बहुमत पद्धतिका आधारमा निर्णय पारित गर्ने कार्यको अभ्यास गरिरहँदा जनवादी केन्द्रीयताको दर्शन र व्यवहारलाई पनि भुल्न हुँदैन । जब निर्वाचनबाट पदाधिकारी चयन गर्ने पद्धति समाप्त भएपछि पनि पदाधिकारी चयनका निम्ति बनाइएको समूहलाई नै अलग शक्ति र पार्टीको हैसियत सम्झनु, तद्वत व्यवहार गर्नु र विजयी पक्षले पनि त्यस्तै फरक व्यवहार गर्ने दुवै अभ्यास साँच्चै नै दुःखद एवम् विडम्बनापूर्ण लाग्दछ । यद्यपि यो स्थिति अन्य पार्टीमा पनि छ । तर, कम्युनिष्ट भनिएको पार्टीमा यस्तो हुनु चाहिँ अपाच्य लाग्दछ ।

यसैले एउटै पार्टीभित्र दुई पार्टीजस्तो भ्रूण सिर्जना गर्ने र अलगअलग पार्टी मिलेर एक भएको जस्तो व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यअनुरुप चल्न सके त त्यो सुखद हुन्थ्यो । तर, न जनवादी केन्द्रीयता न प्रजातान्त्रिक संस्कार । दुवै छैन अहिले । यसैले पार्टी एक हुन कसरी सम्भव छ । यदि एक गर्न खोजिए त्यो प्राकृतभन्दा पनि कृत्रिम नै हुनेछ । जसको परिणाम हुन्छ हरेक विषय र मुद्दाहरुमा नोकझोक । हरपल झैझगडा र कलह । दिन प्रतिदिनको छिनाझम्टी र बाधा अड्चन ।

यसर्थ एकताको गफ गर्नु अर्थहीन लाग्छ । दुई जोधाहा बाघहरु परस्पर जुधिरहने भयो भने त्यहाँ उन्नतिभन्दा विनाश मात्र हुन्छ । मिलेर गर्दा जुन काम सहजै र छिट्टै बडा सफाइ साथ हुन्छ । त्यही परस्पर जुद्ध र नोकझोकपूर्ण स्थितिमा रहँदा निर्वाचनमा समेत घात र अन्तर्घात हुने निश्चित छ । त्यसबेला ठूला साना तहका हरेक नेतृत्व हार्ने निश्चित पहिले पहिलेका निर्वाचनका नजिरहरुले देखाएका छन् । हो, जसरी पत्तासाप भएपछि नेकपा माले जो कार्यकर्ता र जनता थिएनन् नेताहरुमात्रै रहे पुनः एमालेमा नै फर्किए जुन प्राकृत रुपमा मिलन हुनगयो ।

घात अन्तर्घात हुने सम्भावनादेखि बहुमत दिएर पठाउँदासमेत परस्पर इगो राखेर पूरा कार्यकाल सरकार नचलेर विघटित भएको अवस्था छ । यसबाट रुष्ट भएका जनतामा निराशा पनि छाएको छ । एमाले सिंगै रहेको अवस्थामा पनि निर्वाचनमा जाँदा जनमत के होला भन्ने पनि आशंका छ भने अहिले त अझ माधव नेपाल समूहले समानान्तर पार्टी कमिटीको अभ्यास गरिरहेको अवस्था छ । संस्थापन पक्ष तल्ला कमिटीमा सबैतिर बलियो छ, सशक्त छ तर, अन्तर्घात् गर्नेहरुको भूमिका तलैसम्म गलत सावित बन्न सक्छ ।

दुवै पक्ष अलग अलग दलमार्फत् निर्वाचनमा गइरहँदा कुनै एउटा पक्ष मालेको हैसियतमा पुग्ने निश्चितप्रायः छ । त्यसपछि जो शून्यप्रायःको स्थितिमा परिणत हुन्छ ऊ ठूलो बन्न सफल पार्टीमा गएर समाहित हुँदा त्यसबेला घात, अन्तर्घात र अहिलेको जस्तो बाघ बाघका बीचको द्वन्द्वझै स्थितिमा परिणत हुने सम्भावना रहने छैन । अहिलेको गिर्दो स्थितिलाई हेर्दा नेकपा माओवादी केन्द्रको दशा पनि त्यति आशाप्रद बन्ने देखिन्न ।

कतै कसैको सहारा नलिइकन माओवादीले चुनाव जित्ने ठाउँ लगभग कतै छैन । यदि एमालेको एउटा हिस्सा माओवादी केन्द्रमा एकीकृत नै भयो भने पनि दुवै मिल्दा पनि कांग्रेसको वैशाखी नटेकेसम्म त्यसले कुनै एउटा स्थूल आकार लिने सम्भावना न्यून नै देखिन्छ । ंफेरि कांग्रेसमा पनि आन्तरिक रुपमा भाँडभैलो नै छ । त्यहाँ पनि गुटका चरम गतिविधि भइरहेका छन् । बरु, ओलीले अहिले गुटलाई प्रश्रय नदिने र सिंगो पार्टीलाई एकताबद्ध लैजान हिजो अन्तर्घात गरेकालाई पार्टीमा फर्केर पूर्ववत् जिम्मेवारी सम्हाल्न आह्वान गरेर अभिभावकीय भूमिका देखाएका छन् ।

त्यसस्थितिमा मन नलागी नलागी कार्यकर्ताको दवाब र चरम निकृष्ट स्वार्थबाट जोडिएको जरासन्धरुपी अथवा भनौँ बाहिर हेर्दा एउटै नाम देखिने पार्टीरुपी आवरण र त्यसभित्र विश्वासहीन फतक्क गलेको दुर्गन्धित फोहोरयुक्त फर्सी जस्तो एकताले विनाश नै निम्त्याउँछ । यसैले अहिले नेकपा टुक्रियो अब बर्बाद भयो भनेर रुनु कराउनु र आकाशै खस्ने भयो भनेर आत्तिनुको कुनै तात्त्विक अर्थ छैन । मिल्दा पनि र फुट्ता पनि उस्तै उस्तै परिणति हुने भएपछि सँगै बसेर गाँड कोराकोर किन गर्नु बरु अहिलेलाई आआप्mनो बाटो तताउनु नै जाती देखिन्छ ।