सुकरात माइण्ड

मेचीकाली संवाददाता

२७ भाद्र २०८०, बुधबार
610 shares

ओम बानियाँ

बुद्धि मानव मस्तिष्कको एक महत्वपूर्ण गुण हो । बुद्धिका कारण नै मानिस अन्य प्राणी भन्दा श्रेष्ठ र सभ्य मानिन्छ । अहिले मानिसले जेजति विकास र प्रगति गरेको छ, मानिसको यही बुद्धिकै प्रतिफल हो । त्यसैले भन्ने गरिन्छ, बुद्धिर्यस्य बलंतस्य अर्थात् जो बुद्धिवाला छ, उही वलवान् छ ।

बुद्धिको यही महत्वलाई बुझेर प्राचिनकालदेखि नै बुद्धिका वारेमा गहन शोधखोज हँुदै आएको छ । बुद्धि मनोविज्ञानको विशेष अध्ययनको विषय हो । मनोविज्ञानका अनुसार बुद्धि अनेकौं प्रकारका हुन्छन् । मनोवैज्ञानिक ई.एल.थोर्नडाइकले बुद्धिका तीन प्रकारहरू उल्लेख गरेका छन् । ती हुन्— सामाजिक बुद्धि । अमूत्र्त बुद्धि तथा मूत्र्त बुद्धि । प्रसिद्ध मनोवैज्ञानिक डेनियल गोलमैनले भावनात्मक बुद्धि (ईक्यु)लाई विशेष महत्व दिएका छन् । तर, वैदिकशास्त्रको मत भने अर्कै छ । वैदिकशास्त्रले हरेक पदार्थलाईझैँ मानिसको बुद्धिलाई पनि गुणका आधारमा तीन वर्गमा बाँडेका छ । ती हुन्— तामसिक बुद्धि, राजसिक बुद्धि तथा सात्विक बुद्धि ।

तामसिक बुद्धिः
जुन बुद्धिले अधर्मलाई धर्म, कर्तव्यलाई अकर्तव्य ठान्छ, प्रायः सबै विषयमा विपरित देखिन्छ भने त्यस्तो बुद्धि तामसिक बुद्धि हो । तामसिक बुद्धिमा तमोगुणको प्रमुखता रहन्छ । यस्तो बुद्धिको मानिसले अधर्म, अत्याचार तथा भष्ट्रचारलाई नै सही मान्ने गर्छ । विध्वंसलाई नै सही ठान्ने गर्छ । यस्तो बुद्धिले आफैँ भित्र विध्वंस मच्चाइरहेको हुन्छ । यो जड बुद्धि हो । तामसिक बुद्धि त पशुपंक्षी भन्दा पनि निकम्मा हुने गर्छ, रोगी र भोगी हुन्छ । सद्बुद्धिको ईष्र्याले भित्रभित्र जलिरहन्छ । त्यसैले त सद्बुद्धिको विपरित कार्य गर्छ । अनि आफ्नो खुट्टामा आफैँ बन्चरो हान्छ ।

राजसिक बुद्धिः
जुन बुद्धिले धर्म–अधर्म, कर्तव्य–अकर्तव्यको वास्तविक रूप छुट्टाउन सक्दैन । सधँै दुविधामा रहन्छ । यो पनि ठीक, त्यो पनि ठीक जस्तो लाग्छ भने त्यो बुद्धि राजसिक बुद्धि हो । राजसिक बुद्धिमा रजोगुणको प्रमुखता रहन्छ । राजसिक बुद्धि खरो हुन्छ । तर यस्तो बुद्धिको मानिसले के ठीक के बेठिक छुट्टाउन सक्दैन । त्यसैले यस्ता मानिस प्रायः शंका, भ्रम तथा तनावमा रहन्छन् । राजसिक बुद्धि सृजनात्मक (उध्र्वगामी) पनि हुन सक्दछ, विध्वंसात्मक (अधोगामी) पनि हुन सक्छ । मिथ्या ज्ञानलाई नै सत्य ठानेर ज्ञानको अहंकारले यो विध्वंसक बन्छ, प्रायः छलकपट, बेइमानी र धूत्र्याइँ गर्छ ।

सात्विक बुद्धिः
यदि मानिसको बुद्धिले सत्व गुण धारणा गर्छ र सत्तोगुणी हुन्छ भने यस्तो बुद्धिलाई सात्विक बुद्धि वा सद्बुद्धि भनिन्छ । यस किसिमको बुद्धिले धर्म–अधर्म, कर्तव्य–अकर्तव्य, भय–अभय तथा बन्धन–मोक्ष इत्यादिको बारेमा ज्ञान राख्न सक्दछ । यस बुद्धिमा प्रकृतिको सत्व गुणको प्रमुखता रहन्छ । सद्बुद्धि भएको मानिस नै बुद्धिवाला बे्रन हो ।

अतः उपर्युक्त तीन प्रकारका बुद्धि मध्य सद्बुद्धि सर्वोत्तम बुद्धि हो । सृजनात्मक बुद्धि भनेको नै सद्बुद्धि हो । त्यसैले त जो व्यक्ति सद्बुद्धिमान् छ, शुभसंकल्पवाला छ, उसैसँग नै शक्ति हुन्छ—मानसिक शक्ति पनि हुन्छ, शारीरिक शक्ति पनि हुन्छ । जीवनमा उच्च सफलताका लागि यी दुवै शक्तिको आवश्यकता पर्छ । शक्तिहीन जीर्ण मानिस जीवनको दौडमा कति नै दौडिन सक्छ र ? त्यसैले आफ्नो महान् लक्ष्य प्राप्त गर्नका लागि हरेक मानिसले सद्बुद्धि विकास गर्न जरुरी छ । सद्बिद्या, उचित संस्कार तथा शुभ आचार–विचारले नै सद्बुद्धि सृजित हुने गर्छ ।

विचार मानिसको हरेक क्रियाकलापको आधार हो । विचार बिना कुनै कार्य सम्पादन हुन सक्दैन । विचार बिना त सिन्को पनि भाँचिदैन । तर, विचार जति स्पष्ट, सृजनशील र बुद्धिमान् हुन्छ, त्यत्ति नै सफल कार्य हुन्छ । सृजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सृजनतात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यबहार यही लक्ष्यसँग सम्बन्धित हुन्छ । अब प्रश्न उठ्न सक्छ, विचारलाई कुन तत्वले बढी बुद्धिमान् र शक्तिशाली बनाउँछ ? भौतिक शास्त्र भन्छ, प्रकृतिको गर्भ, त्यस्तो क्षेत्र हो, जहाँ असीम ऊर्जा, सृजनशीलता तथा बुद्धि हुन्छ । मानिस पनि प्रकृतिको एक अंग नै हो । त्यसैले मानिसको मनको गर्भ तथा विचारको स्रोत पनि असीमित ऊर्जा, सृजनशीलता र बुद्धिको क्षेत्र हो ।

भनिन्छ, सुकरातकी पत्नी—जेनथिप्पी ज्यादै मुखाले र कर्कशे थिइन् । एक दिन सुकरात आफ्ना शिष्यहरूसँग बसेर दार्शनिक चर्चा गर्दै थिए । त्यसै बेला कुनै कामका लागी जेनथिप्पीले सुकरातलाई बोलाइन् । तर सुकरात चर्चामा यति मग्न थिए कि पत्नीको आवाजतिर उनको ध्यानै गएन । धेरै पटक बोलाउँदा पनि सुकरातले कुनै प्रतिक्रिया नदिएपछि जेनथिप्पीको क्रोधको पारो उम्लियो । क्रोधले दाह्रा किट्दै उनले एक घैटो पानी सुकरातको टाउकामाथि खन्याइदिइन् । शिष्यहरू स्तब्ध भए ।

नथिप्पीको यस्तो खराब आचारण शिष्यहरूलाई ठीक लागेन । तर सुकरात पोखरीझैँ शान्त थिए । उनको मुहारमा क्रोधको कुनै अंश थिएन । सुकरातले अनुहारको पानी पुछे । र, हाँस्दै भनेः “मेरी धर्मपत्नी ज्यादै उदार र दयालु छिन् । मेरो ज्यादै ख्याल गर्छिन् । हेर त १ मलाई ज्यादै गर्मी महसुस भैरहेको थियो । मेरी धर्मपत्नीले मेरो पीडा बुझिन् र पानीको अमृत वर्षा गरेर मलाई शीतलता प्रदान गरिदिईन् ।”

सद्बुद्धिवाला बे्रनमा नै यस्तो सहनशीलता र सकारात्मक सोच हुने गर्छ । याद राख्नुहोस्—सकारात्मक सोच सृजना हो भने नकारात्मक सोच विध्वंस हो । त्यसैले यदि तपाईंले नकारात्मक सोच राख्नुहुन्छ भने तपाईले निश्चितरूपमा विध्वंस गर्दै हुनुहुन्छ—कि त अरुमाथि कि त आफैँ माथि ।

मानिसको हरेक विचारमा दुई तत्वहरू निहित हुन्छन् । ती हुन्ः ऊर्जा तथा बुद्धि । विचार गतिशिल हुन्छ । जस्तो कि एउटा विचार आउँछ, जान्छ । विचारको यस्तो गतिशिलता ऊर्जाद्वारा नै हुने गर्छ । हरेक विचारले एउटा दिशा लिने गर्छ । त्यसैले हरेक विचारमा बुद्धि पनि निहित हुन्छ ।

एक पटक सुकरात हाट बजारमा सामानहरू हेर्दै घुमिरहेका थिए । तर उनले एउटा पनि सामान किनेका थिएनन् । त्यो देखेर उनको साथीले अचम्म पर्दै सोधेः “होइन, तिमी सामान मात्र हेर्दै बजार वरिपरि घुमिरहेका छौ । तर एउटा सामान पनि किनेका छैनौ ?” साथीको कुरा सुनेर सुकरातले भनेः “यो हाट बजार देखेर म चकित छु, यहाँ यति धेरै सामानहरू यस्ता छन्, जसको मलाई कुनै आवश्यकता नै छैन ।” यसरी नै सद्बुद्धि अनगिन्ति इच्छा र आकांक्षाहरूको पछि भेडादौड दौडिदैन, मात्र सृजनाको बाटोमा अगाडि बढ्छ । बिघ्न–बाधाबाट आत्तिदैन, मृत्युसँग पनि डराउँदैन । हिमालझैँ अटल भएर मृत्युलाई भन्छः “मलाई छोड वा मार, तर म आफ्नो बाटोबाट कुनै पनि हालतमा पछि हटनेवाला छैन ।”

अतः आफ्नो महान् लक्ष्य प्राप्त गर्न तथा जीवनको दौडमा अरुलाई उछिन्न सधैँ सद्विद्या ग्रहण गरौं, सृजनशील बनौं, पढेका कुरालाई कल्पनाचित्रमा उतारौं, सन्तुलित आहार खाऔं, नित्यकर्मलाई अनुशासित राखौं, हरेक दिन योगः ध्यान–प्राणायाम गरौँ, बेला–बेलामा विपरित हातले कार्य गरौं, हरहमेसा शुभविचार र शुभसंकल्प गरौं । मूल कुरो आफ्नो चरित्रलाई सधैँ ठीक राखौं । त्यो किनभने सम्पूर्ण शक्तिहरूको मूल भनेको नै चरित्र हो । सुकरात जस्तो बुद्धिवाला बे्रन नै असल चरित्रको हुन्छ ।