घोराही उपमहानगरका नमुना प्रयास

समृद्ध र समुन्नत नगरका दीर्घकालीन योजना कार्यान्वयन हुँदै

मेचीकाली संवाददाता

४ फाल्गुन २०८०, शुक्रबार
1613 shares

अमृत गिरी

दाङ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै देश संघीयतामा गएपछि बनेको घोराही उपहानगरपालिकाले विभिन्न क्षेत्रमा नमुना कामहरु गर्न सफल भएको छ । घोराही उपमहानगरलाई समृद्ध र समुन्नत नगरका रुपमा विकास गर्न तय गरिएका दीर्घकालीन योजना कार्यान्वयन भइरहेका छन् । घोराहीलाई जलाशयको नगरका रुपमा परिचित बनाएको छ भने फोहोरबाट ग्यास उत्पादन गरिएको छ ।

सामाजिक, आर्थिक, पूर्वाधार, सांस्कृतिक तथा कृषि क्षेत्रमा नगरले नमुना काम गरेको छ । स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, पर्यटन, कृषि, पशुपालन, रोजगार, महिला तथा बालबालिका र ज्येष्ठ नागरिकहरुको क्षेत्रमा नागरिकहरुले अनुभूत हुने गरीका कामहरु नगरले यो बिचमा गर्न सफल भएको हो । नगरप्रमुख नरुलाल चौधरीको पहिलो र दोस्रो कार्यकालमा भएका कामहरु नमुना योग्य रहेका छन् । घोराही उपमहानगपालिका देशभरकै पहिलो बालमैत्री उपमहानगरपालिका हो । घोराही उपमहानगरपालिकाले गरेका केही उदाहरणीय कामहरुलाई बुँदागत रुपमा संक्षिप्त व्याख्या गरिएको छ ।

कृत्रिम जलाशयबाट ५ सय बिगाह सिँचाइ
पानी संरक्षणलाई पहिलो प्राथमिकता दिएर बनाइएका कृत्रिम जलाशयहरु अहिले बहुउपयोगी भएका छन् । जलाशयको नगरकारुपमा परिचित यस उपमहानगरपालिकाभित्र ४३ वटा कृत्रिम जलाशयहरु रहेका छन् । सुख्खापनलाई हटाउँदै पानीको स्रोत संरक्षण गर्नका लागि बनाइएका ती कृत्रिम जलाशयहरु अहिले आम्दानीको गतिलै स्रोत बनेका छन् ।

ती जलाशयहरुबाट ५ सय बिगाह क्षेत्रफलमा बाह्रैमहिना सिँचाइ सुविधा छ । अधिकांश जलाशयमा माछापालन गरिएको छ भने केहीमा पर्यटन प्रवद्र्धनका लागि डुंगाको व्यवस्था गरिएको छ । चिरा, सोता र खोलाहरुलाई थुनेर बनाइएका जलाशयबाट ओसीलोपना बढेको, पानीको स्रोत बढेको, विभिन्न नयाँ र लोपउन्मुख चराचुरुङ्गीहरुको आगमन भएको, वातावरण हरियाली भएको, घुमफिर गर्नेहरुलाई रमाइलो गर्ने, फोटो खिच्ने गन्तव्य भएको र जलवायु परिवर्तनका असरलाई कम गर्ने काममा अनुकुलनका लागि ठूलो भूमिका खेलेको छ ।

फोहोरबाट ग्यास र नगद
नगरमा गल्ने फोहोर र नगल्ने फोहोरको वर्गीकरण हुने गरेको छ । विषेशगरी बजार क्षेत्रभएका वडा नम्बर ४ को गोग्ली, १० को नारायणपुर, १४ र १५ को घोराही बजार क्षेत्रबाट दैनिक उत्पदान हुने फोहोरलाई वर्गीकरण गरेर आम्दानीको स्रोत बनाउने काममा नगर सफल भएको छ । गल्ने फोहोरबाट ग्यास उत्पादन गरी नागरिकहरुको घरघरमा वितरण गरिएको छ ।

यस्तै घोराहीको वडा नम्बर १६ स्थित ल्याण्डफिल साइड क्षेत्रमा स्थापना गरिएको उद्योगले अहिले फोहोरबाट ग्यास उत्पादन गरेको छ । यस्तै नगल्ने फोहोर प्लाष्टिक, सिसा, गत्ता, कपडालगायतका वस्तुहरु नगरले खरिद गरेर पुनः प्रयोगमा ल्याउन विक्री गर्ने गरेको छ ।

उपत्यकाको महत्वपूर्ण नगरका रुपमा रहेको घोराहीलाई पूर्ण सरसफाइयुक्त बनाउन घरबाटै गल्ने र नगल्ने फोहोर छुट्टयाउने गरी वर्गीकृत टोल घोषणाको कार्यक्रम चलिरहेको छ भने टोलहरुले पान, पुकार र गुट्खामुक्त टोल घोषणा गर्न पनि कार्यक्रम चलाएका छन् । नगरले बजारमा छोडिएका गाईहरुलाई वडा नम्बर २ को चाक्लीघाटमा घर बनाएर व्यवस्थापन गरेको छ ।

सरकारी विद्यालय भरिभराउ र दरबन्दी मिलान
कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी पाएको स्थानीय सरकारले घोराहीमा रित्तिँदै गएका सरकारी स्कूलहरुमा विद्यार्थी भरिभराउ गराउन सफल भएको छ । नगरप्रमुख नरुलाल चौधरीले पहिलो कार्यकालमा विद्यार्थी थोरै भएका स्कुलहरुलाई नजिकको अर्को विद्यालयमा मर्ज गरेपछि अहिले ती मर्ज भएका विद्यालयहरुमा विद्यार्थी भरिभराउ छन् । विद्यार्थी नहुने तर शिक्षक हुने र विद्यार्थी हुने तर शिक्षक नहुने स्कुलहरुको पहिचान गरी अहिले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको दरबन्दी मिलान गरी पढाइलाई सहज ढंगले अघि बढाएको छ ।

लामो समयदेखि मिलान हुन नसकेको दरबन्दी मिलान र विद्यालयको स्वीकृत तहअनुसारको प्रधानाध्यापकको व्यवस्थापन पनि सबै विद्यालयहरुमा भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको र संघ सरकारले दरबन्दीअनुसार शिक्षक नपठाउँदा पढाइमा आएको समस्या सामाधानका लागि स्वयम्सेवक शिक्षक भर्ना गरेर पढाइलाई अघि बढाएको छ ।

निःशुल्क रगत र आँखाको अप्रेशन
१९ वडा रहेको उपमहानगरपालिका भित्र २३ वटा स्वास्थ्य केन्द्रहरु नगरको मातहतमा रहेका छन् । भूगोलको आधारमा पनि स्वास्थ्य केन्द्रहरु स्थापना गरी नागरिकहरुलाई वडा तथा गाउँबाटै आधारभूत स्वास्थ्य सेवा दिन उपमहानगरपालिका सफल भएको छ ।

ज्येष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, औषधी र परामर्श दिने कामलाई निरन्तरता दिएको छ । नगरका कुनै पनि नागरिकहरुलाई रगतको आवश्यकता परे नगरप्रमुख रक्त सञ्चार कार्यक्रमबाट रेडक्रसमार्फत निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । जस्मा चालू आर्थिक बर्षको ७ महिनामा २ सय ६१ जनालाई नगरले निःशुल्क रगत उपलब्ध गराएको छ ।
त्यस्तै मोतिया विन्दुको निःशुल्क अप्रेसन पनि नगरले गर्दै आएको छ । जसअन्तर्गत चालू आर्थिक वर्ष २०८०÷८१ मा २ सय ५० जनाको निःशुल्क आँखाको मोतियाविन्दु अप्रेशन भएको छ । नगरले रक्षा चौर आँखा अस्पताल सँगको साझेदारीमा २०७५ साल यता ६६० जनाको निःशुल्क मोतियाविन्दुको अप्रेशन भएको छ । त्यसैगरी, महिलाहरुको पाठेघरलाई सुरक्षित राख्न निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँचलाई पनि निरन्तरता दिएको छ ।

त्यसैगरी, मातृशिशु स्वास्थ्यलाई सुरक्षित बनाउन उपप्रमुख खुत्रुके कार्यक्रमबाट पनि २ सय जना आमाहरुले सेवा लिएका छन् । स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने आमालाई बच्चा र आमाको पोषणका लागि नगरले एक हजार रुपैयाँ खुत्रुकेमा हालेर दिने गरेको छ । यस्तै बच्चालाई स्वस्थ राख्नका लागि सबै प्रकारका खोप लगाई पूर्णखोपयुक्त नगर सुनिश्चित गरेको छ । साथै सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र सयम समयमा विभिन्न गाउँबस्तीहरुमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको उपमहानगरका प्रवक्ता राममणि पाण्डेले बताए ।

मुलुककै पहिलो बालमैत्री उपमहानगर
नगरमा घरबार र असाहय भएका कोही पनि भेटिँदैनन् । वेवारिसे अवस्थामा सडकमा आएका नागरिकहरुको उपमहानगरपालिकाले वडा नम्बर १० नारायणपुरमा मानव सेवा आश्रमसँग समन्वय गरेर गास, बास, कपास र उपचार तथा परिवारमा पुनर्मिलनको व्यवस्था गरेको छ । त्यसैगरी, सडक पेटीमा सुत्ने र पसल पसलमा माग्न हिँड्ने बालबालिकाहरुको पनि उद्धार गरेर वडा नम्बर ७ को पर्सामा रहेको बाल पुनस्र्थापना गृहमा राखेर गास, बास, कपास र पढाइको व्यवस्थापन गरेको छ । नगरलाई देशभरि कै उपमहानगरपालिकाको पहिलो बालमैत्री नगर घोषणा गरेर बाल अधिकारको सुनिश्चितता गरेको छ ।
यसैगरी बालबिबाह रोक्न, लैगिंक हिंसा नियन्त्रण गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरु हँुदै आएका छन् भने अबको ३ वर्षभित्र लैगिंक हिंसा नियन्त्रित नगर र लागुऔषध नियन्त्रित नगर बनाउने नीति कार्यक्रम तय गरेको छ । जेष्ठ नागरिकहरुको सम्मानमा वडा वडामा ज्येष्ठ नागरिकहरुको जमघट र अनुभव नयाँ पुस्तामा हस्तान्तरणका लागि दिवा सेवा केन्द्रहरु निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए ।

सबै बस्तीमा सडक सञ्जाल
उपमहानगरपालिका भए पनि यहाँ निकै दूरदराज रहेको छ । अहिलेसम्म सडक सञ्जाल नपुगेका त्यस्ता बस्तीहरु गुरौ, चाँचला, रज्जे मन्नामे, कर्मकोट, बस्तीकोट, सैघा, चाक्लीघाट, सोरठी जस्ता बस्तीहरुमा नगरप्रमुख नरुलाल चौधरीको नेतृत्वले सडक सञ्जाल पुराएको छ । यस्ता बस्तीमा १ सय ५२ किलोमिटर नयाँ ट्रयाक खोलेर सडक सञ्जाल पुराइएको छ । ६ वर्षको अवधिमा १ सय ४० मिटर कालोपत्रे, १ सय ९० किलो मिटर ग्राभेल, ४८ किलोमिटर मर्मत, १ सय ३४ वटा कल्र्भट निर्माण, २ वटा झोलुंगे पुल, १९ वटा पार्क निर्माण, ३ हजार ४ सय २ घरमा खानेपानीको व्यवस्था, ८५ वटा कुवा निर्माण, ४० वटा डिपबोरिङ, ६० किलो मिटर नाला निर्माण गरिएको छ ।

यस्तै १७ हजार बिरुवा रोपण, २८ किलो मिटर नदी नियन्त्रणका लागि तटबन्ध, ६ सय ३५ हेक्टरमा साना सिँचाइ, १३ वटा खेल मैदान, ६८ किलोमिटर विद्युत् विस्तार, १५ वटा विद्यालय भवन निर्माण, ३ वटा कभर्डहल, ५ वटा योगाहल, १४ वटा वडा कार्यालयको भवन निर्माण, २ हजार ३ घसय घरधुरीमा खरको छानो बिस्थापन गरेर टिनको छानो, ३३ वटा सामुदायिक भवन निर्माण, ४० किलोमिटर तारबार र २९ वटा भुयार थान निर्माण गरेको उपमहानगरका प्रवक्ता पाण्डेले बताए ।

नक्सापास गरेर मात्रै घरहरु बनाउने कार्यलाई कडाइ गरेको छ भने घडेरी कम्तीमा ८ धुरको हुनुपर्ने नियम बनाएको छ । घोराहीमा दीर्घकालीन योजनाका साथ महत्वपूर्ण कार्यहरु भइरहेको र परिवर्तनको अनुभूति भएको घोराहीका युवा उद्यमी हेमराज गिरीले बताए । गिरीले तुलसीपुर जोड्ने मुख्य सडक निर्माणको जिम्मा उपमहानगरको मातहतमा नहुँदा समस्या निम्तिएको बताए । उनले सडक विस्तारमा भइरहेको ढिलाई र ठेकेदारको लापरबाहीले भने यहाँका समुदायलाई खिन्न बनाएको उल्लेख गरे ।

पर्यटन प्रवद्र्धन
नगरले आर्थिक चलायमान र यहाँका सम्पदाहरुको प्रचारप्रसारका लागि पर्यटकीय क्षेत्रको पहिचान गरेको छ । विभिन्न मठमन्दिर, अग्ला चुचुरा, जलाशयहरु र मगर तथा थारु जातिहरुको संस्कृतिलाई पर्यटनसँग जोडेको हो । यहाँका पाण्डवेश्वरी मन्दिर धारपानी, चौघेरा, अम्बिकेश्वरी मन्दिर, बाह्रकुने, ज्यामिरे दहसँगै घोडदौरा, सवारीकोट, कृत्रिम जलाशयहरु जस्ता ठाउँहरुलाई पर्यटकीय गन्तव्यकारुपमा पहिचान गरेको छ । यसैगरी यहाँका थारु समुदायका विभिन्न नाँच र मगर समुदायको नाचहरुलाई पनि रोचक ढंगले हेर्ने गरिएको छ ।

उद्यममा जो ड्न सिपमूलक तालिम
नागरि कहरुलाई आयआर्जनसँग जो ड्ने  र  बेर ोजगार ीलाई हटाउन घो र ाही उपमहानगर पालिकाको  उद्यो ग तथा व्यवसाय प्रवद्र्धन शाखाले  विभिन्न सिपमूलक तालिम र  उपकर ण हस्तान्तर ण गर ेको  छ । बितेको आर्थिक वर्ष २०७९÷८० मा शाखाले  गरि बी निवार णका लागि लघुउद्यम विकास कार्यक्रममार्फत नयाँ लघुउद्यमी ८९ जना र  पुर ाना ५२ जनालाई स्वर ो जगार  सिर्जनाका लागि प्राविधिक सिप, तालिम तथा उद्यमशीलता विकास र  व्यवस्थापकीय से वा प्रदान गर ेको  छ ।

स्थानीय स्रो तसाधन र  सिपको  प्रयो ग गरी  उत्पादन प्रवद्र्धनसम्बन्धी उद्यमशीलता विकास तालिम, १६ जनालाई बँधिया भाले  बनाउने  तालिम, ५७ जनालाई बाख्रापालन र  बे मौ समी तर कार ी खे ती तालिम प्रदान गरि एको  छ । त्यसै गर ी व्यावसायिक बाख्रापालन गर े का किसानहरुमध्ये १६ जनालाई दाना र  घाँस खुवाउने  टाँट्नो , बे मौ समी तर कार ी खे ती गदैर्  आएका ५७ जना उद्यमीलाई बिउ, स्प्रे  ट्याङ्की, १२ जना कृषि उद्यमीलाई सिँचाइ मो टर  प्रदान गरि एको  छ । त्यसै गर ी, लघु उद्यमीहरुबाट उत्पादित वस्तुको  बजार  प्रवद्र्धनका लागि घो र ाही–५ पाण्डवे श्वर  मन्दिर धारपानीमा एउटा साझा सुविधा के न्द्र बिक्री कक्ष (को शे ली घर)  निर्माण गरि एको  प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

कृषिको प्रवद्र्धन र किसानलाई बिउ तथा उपकरण
घो र ाही उपमहानगरपालिकाले  किसानहरुलाई कृषि पे शातर्फ आकर्षित गरी  व्यावसायीकर ण गर्न बिउ र  यान्त्रिक उपकर णमा अनुदान दिएको  छ । कृषि व्यवसायलाई बृहत्रुपमा लगी र ो जगार ीको  सिर्जना तथा  नागरि कहरुको  आयस्तर  बढाउने  लक्ष्यका साथ किसानहरुलाई मल र  यान्त्रिक उपकर णमा अनुदान दिइएको हो । त्यसका लागि आत्मनिर्भर तामा जो ड दिन किसानहरुलाई प्रो त्साहनका कार्यक्रमहरु ल्याइएको  छ ।

उपमहानगर पालिकाको  कृषि विकास शाखाले  यान्त्रिक उपकर णतर्फ ३६ वटा पावर टे लर , २० वटा मिनी टे लर , एउटा र ो टाभे टर , २ वटा थ्रे सर , ३ वटा रि पर  किसानहरुलाई उपलब्ध गर ाएको छ  । त्यसै गर ी ११ वटा पम्पसे ट, १२ वटा मो टर , चार  स्थानमा पक्की कुलो  निर्माण र  एउटा पो खर ी निर्माण गरि एको  छ । बिउ उत्पादनका लागि २ वटा कृषि सहकार ीलाई १०५ किलो  तो र ीको  बिउ दिइएको  र  त्यसबाट २ हजार  किलो  तो रीको  बिउ उत्पादन भएको  छ । साथै  ८ सय किलो  गहुँको  बिउ २ वटा सहकार ीमार्फत १९ हजार  सय किलो  उत्पादन भएको  छ भने  ८ सय किलो  धान र  ३५० किलो  मकै को  बिउ २ वटा सहकार ीलाई अनुदानमा उपलब्ध गर ाइएको  छ ।

शाखाका अनुसार  १९२ जना किसानलाई ८६३० किलो  गहुँ वितर ण गर्दा १ लाख ७२ हजार  ६ सय किलो  उन्नत जातको  गहुँ उत्पादन भएको  छ । प्याज ४३९ जना किसानलाई ३९२ किलो  वितर ण गरी  २ लाख ५३ हजार  ६ सय किलो  उत्पादन भएको  छ । १ हजार  १ सय ५४ जना किसानलाई तर कार ी कम्पो जिटको  १ हजार  १ सय ८३ किलो  बिउ वितर ण गरि एको  छ । ३ वटा कृषक समूहलाई ६५० किलो  अदुवाको  बिउ वितर ण, ७३८ जना किसानलाई र ो ग किर ा नियन्त्रणका लागि विषादी वितर ण, १३ जना किसानलाई ६८ वटा मौ र ीका घार , १६ जना किसानलाई १६ वटा टने ल वितर ण गरि एको  शाखाले  जानकार ी दिएको  छ ।

नगर मा वषेर् बाली १५ हजार  ३ सय ७९ हे क्टर  र  हिउँदे बाली १५ हजार  ३६ हे क्टर  क्षे त्रफलमा खे ती हुँदै  आएको  छ । मागमा आधारित से वा कार्यक्रमअन्त र्गत शाखाले  अनुदानमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर े को  हो  । जसअनुसार  ५० प्रतिसत अनुदानमा मागमा आधारि त कार्यक्रमअन्तर्गत ४ वटा भैंसी गोठ सुधार , ४ वटा बाख्राको  खो र  सुधार  र  २ वटा बंगुर  खो र  सुधार  कार्यक्रम सञ्चालन गरी  स्वच्छ दुग्ध र  स्वच्छ मासु उत्पादनमा जोड दिइएको छ । ५० प्रतिसत अनुदानमा बर्षिम घाँसको  बिउ वितर णतर्फ करिब ९४ हे क्टर मा बर्षिम घाँस खे ती भई मासु र  दुग्ध उपादनमा सहयो ग पुगे को  छ । ५० प्रतिशत अनुदानमा माछाका भुर ा वितर ण कार्यतर्फ नगर मा बनाइएका कृत्रिम तालमा ८ वटा तालमा १ लाख माछाका भुर ा वितर ण गरि एको  छ ।

यसैगरी ५० प्रतिशत अनुदानमा बाख्रा तथा बंगुर को  खो र  सुधारतर्फ २ वटा बंगुर  र  ४ वटा बाख्राको  खो र  सुधार  गरि एको  छ । आकस्मिक र ो ग नियन्त्रण आन्तरि क तथा बाह्य पर जिवी नियन्त्रणतर्फ ५०० पशुपन्छीलाई आन्तिक तथा बाह्य उपचार  से वा पु¥याई यस वर्ष दे खापर े को  लम्पिस्कीन र ो ग न्यूनीकरणमा सहयो ग पुगे को  छ । खोप खरिद पशु स्वास्थ्य शिविर  अन्तर्गत गाई, भैसी, भेंडा, बाख्रा, सुगुर , बंगुर , कुखुरा गरी  जम्मा रु. ६० हजार  रुपै याँको  पशुपन्छीलाई खो प तथा शिविर  कार्यक्रमबाट से वा प्रवाह गरि एको  छ ।

यस्तै जै  घाँसको  बीउ वितरणतर्फ करिब ७ हेक्टर मा जै  घाँस खेती गर ेको  पशु आहार ामा ल्याई मासु उत्पादन र  दूग्ध उत्पादनमा सहयो ग पुगे को  छ । त्यसै गर ी, ४६वटा मिल्क क्यान वितर ण भै  जर्किन विस्थापनमा सहयो ग पुगे को  छ भने  विषयगत तालिम, गो ष्ठी, अभिमुखीकर ण कार्यक्रमबाट सयौं कृषक, कर्मचार ीलाई सहभागी गर ाई सचे तना जगाउने  काम भएको  छ ।

समग्रमा घोराही उपमहानगरले समृद्ध र समुन्नत नगरका रुपमा विकास गर्नेगरी योजनाबद्ध कामको थालनी गरेको छ । जनप्रतिनिध, कर्मचारी, नागरिकसमाज, राजनीतिक दल, शुभेच्छु, सञ्चारकर्मी, सामाजिक संघ संस्था र घोराहीलाई माया गर्ने सबैका बीचमा समन्वय र सहकार्य भइरहेको नगर प्रमुख चौधरीले बताए । ‘घोराही बनाउने हामी घोराही बासी सबैले हो, घोराहीलाई माया गर्ने सबैले सहकार्य गरेर नै घोराहीका दीर्घकालीन योजनाहरु साकार बन्न सक्छन्’ प्रमुख चौधरीको भनाइ छ ।