जनताको बहुदलीय जनवादका सम्बन्धमा

मेचीकाली संवाददाता

३ जेष्ठ २०८१, बिहीबार
724 shares

मेघराज भट्टराई

नेपालको कम्युनिष्ट आन्दोलनको अगुवाई र नेतृत्व गर्ने जनताको बहुदलीय जनवाद जस्तो नवीन विचारका प्रतिपादक कमरेड मदन भण्डारीको ४० वर्षको अल्पायुमै निधन भयो । आजकै दिन २०५० साल जेठ ३ गते ३१ वर्षअघि आजकै दिन जननेता मदन र आश्रितको रहस्यम दुर्घटनामा निधन भएको थियो । जननेताप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जबजबारेको पृष्ठभूमि
मानिस मानिसका बिचमा हुने असमानता, भेदभाव र शोषणका सम्पूर्ण आधारहरुको समूल अन्त्य गरी वैज्ञानिक समाजवादमार्फत साम्यवादमा पुग्ने महान एवम् मूलभूत लक्ष्य राखी सुरु भएको विश्व कम्युनिष्ट आन्दोलन दशकौं लामो गौरवपूर्ण इतिहासका अनेकौ उतार–चढाव र आरोह–अवरोहहरु पार गर्दै अहिलको चरणसम्म आइपुगेको छ ।

विशेष गरेर सोभियत मोडेलको समाजवादको असफलता र सोभियत संघलगायत पूर्वी युरोपका समाजवादी शासन व्यवस्थाको विघटनले अक्टोबर समाजवादी क्रान्तिपछि सुरु भएको नया“ युगको एउटा चरणलाई नै अन्त्य गरीदियो जसबाट विश्व राजनीतिक शक्ति सन्तुलनमा ठूलाठूला प्रतिकूलताहरु सिर्जना भए । इतिहासको अन्त्य र विचारको मृत्यु जस्ता भविष्यवाणी गरी माक्र्सवादको सान्र्दभिकता तथा समाजवादको भविष्यमाथि पुँजीपति वर्गले ठूलो आक्रमण ग¥यो । यस्तो परिस्थितिमा असफलताका कारणहरुको अन्वेषण गरी क्रान्ति र समाजवादको नया“ बाटो निरुपण गरी माक्र्सवादको सहिपना र समाजवादको अपरिहार्यतामाथि दृढ विश्वास कायम गर्नु आवश्यक थियो ।

विश्व कम्युनिष्ट आन्दोलनमा कार्यनीतिका सन्दर्भमा देखा परेका अन्यौलपूर्ण अवस्थाको बारेमा समयसापेक्ष समाधान निकाल्दै शान्तिपूर्ण रुपले पनि समाजको आमूल परिवर्तन गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विचार स्थापित गर्नु नितान्त आवश्यक थियो । अर्कोतर्फ विश्व कम्युनिष्ट आन्दोलनको साथै नेपालको कम्युनिष्ट आन्दोलनमा माक्र्सवादलाई जडसूत्रको रुपमा ग्रहण गर्ने, अन्य देशहरुमा भएका क्रान्तिका विशिष्ट अनुभवहरुलाई यान्त्रिक रुपमा ग्रहण गर्ने, बन्दुकको नालबाट मात्र सत्ता प्राप्ति हुन्छ भन्ने मान्यता राख्ने र एकदलीय अधिनायकवादी शासन व्यवस्थाको वकालत गर्ने मानसिकतामा समयसापेक्ष परिर्वतन गर्दै माक्र्सवाद र कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुपर्ने आवश्यकता थियो ।

जबजको सैद्धान्तिक तथा दार्शनिक मान्यता
यहि ऐतिहासिक आवश्यकता पूरा गर्ने सन्र्दभमा परिवर्तित समयमा क्रान्तिलाई मौलिक ढ¨ले अगाडि बढाउनुपर्दछ भन्ने सोभियत मोडेल समाजवादको असफलताबाट प्राप्त शिक्षा, राज्य, क्रान्ति र पार्टी निर्माण सम्बन्धमा नेपालको कम्युनिष्ट आन्दोलनले विकास गर्दै ल्याएका मौलिक अवधारणाहरु र नेपालको लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहीकरणमा नेपाल कम्युनिष्ट पार्टीले खेलेको निर्णायक भूमिकाको जगमा मदन भण्डारीले जनताको बहुदलिय जनवादी सिद्धान्तको प्रतिवादन गर्नुभयो (नवाँै महधिवेशनको राजनितिक प्रतिवेदन) । सर्वहारा तथा श्रमजिवी वर्गको क्रान्तिको सिद्धान्त माक्र्सवादलाई जवजको रुपमा सिर्जनात्मक प्रयोग गर्दै समाजको वर्गीय सारअनुरुपको बहुदलिय शासन प्रणाली हुने तथा शासन प्रणालीमा विपक्षको व्यवस्थासहित द्धन्दवादको प्रतिस्थापन गर्ने नविनतम दार्शनिक मान्यता अगाडि सार्नुभयो ।

यसका अतिरिक्त राजनितिक अधिकार आर्थिक अधिकारको पूर्वशर्त हुने, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण गर्ने, उत्पादक शक्तिको विकास नै राष्ट्रको विकास हो भन्ने चरणबद्ध विकासको सिद्धान्त र बहुलवादलाई आत्मसात् गर्ने तथा एकत्वबाट विकास हुँदै बहुतत्वमा बा“डिन्छ र क्रिया प्रतिक्रियाले विचारको क्षेत्रमा परिवर्तन हुन्छ भन्नेलगायतका अन्य नवीनतम दार्शनिक मान्यताहरु जबजको रुपमा अगाडि सार्नुभयो । जनताको बहुदलीय जनवादको रुपमा मदन भण्डारीले एकातिर हिसांलाई क्रान्तिको पर्यायवाची ठान्ने परम्परागत मान्यताको परित्याग, आन्दोलनका रुपहरु विरोधीहरुको भूमिकामाथि निर्भर रहने मान्यताको व्याख्या, परिवर्तित परिस्थितिमा समाजको शान्तिपूर्ण रुपान्तरणको सम्भावनाको विकास, जनवादी तथा समाजवादी सत्तामा बहुदलीय प्रतिस्पर्धा तथा लोकतान्त्रिक प्रणालीको अवलम्बन जस्ता विषयहरुसहितको नया“ राजनीतिक सैद्धान्तिक मान्यताहरु अगाडि सार्नुभयो भने अर्कोतर्फ मिश्रित अर्थतन्त्र, शान्तिपूर्ण रुपमा क्षतिपूर्ति सहित सामन्ती भू स्वामित्वको अन्त्य, विदेशी पुँजी र प्रविधिको प्रयोग, जनवादी क्रान्तिपछि समाजवादमा संक्रमणका लागि लामो तयारी र तीनवटा चरणहरु हुँदै अगाडि बढ्ने सहितको अर्थतन्त्रको क्षेत्रमा नया“ सैद्धान्तिक मान्यताहरु अगाडि सार्नुभयो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको बेला सिद्धान्त र जीवनलाई जोड्दै नेपालको सन्र्दभमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक प्रवाहमा हि“डाउन अनिवार्य थियो । यस्तो परिस्थितिमा एकातिर प्रजातान्त्रिक प्रणालीको अवलम्वन त गर्ने तर वर्गीय समाजको रुपान्तरणको पक्षपोषण नगर्ने अर्कातिर समाजको रुपान्तरणको विषयलाई राम्रोसँग उठाउने तर प्रजातान्त्रिक प्रणालीलाई व्यवहारिक प्रयोगमा नल्याउने सोचलाई समन्वय गरी सशस्त्र संघर्षवाट मात्र होइन प्रजातान्त्रिक प्रणालीवाट पनि वर्गीय समाजको आमूल रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता जबजका माध्यमबाट अगाडि आएको छ ।

जबजको रुपमा अगाडि सारिएका यस्ता विचारहरुले एकदलीय तानाशाही अथवा कम्युनिष्ट पार्टीको बलार्थ नेतृत्वमा सत्ता सञ्चालन गर्ने चेतनामा हुर्केर दश“कौ देखि जडताको शिकार बनेको कम्युनिष्ट आन्दोलनलाई प्राण सञ्चार गर्ने काम गरेको छ । क्रान्तिपूर्व पनि जनताको अभिमतबाट कम्युनिष्ट पार्टी सरकारमा पुग्न सक्छ र प्रगतीशिल सुधारका कार्यक्रमहरु लागू गर्दै क्रान्तिकारी शक्ति सञ्चयलाई अगाडि बढाउन सकिन्छ भन्ने परिकल्पना गर्दै जनताको शक्तिमाथि आधारित रहेर शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्ने र लोकतान्त्रिक विधिबाट जनवादी–समाजवादी सत्ताहरु सञ्चालन गर्ने विचार जबजले विजारोपण गरेको छ ।

यसका अतिरिक्त संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनको शासन, नागरिक स्वतन्त्रतालगायत लोकतन्त्रका आधारभूत मान्यताहरुको सैद्धान्तिकृत गर्ने काम पनि जबजले गरेको छ । जनवादी राज्यसत्ता सहितको क्रान्तिकारी लक्ष्य जबजको सार हो भने बहुदलीय प्रतिस्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्ने लोकतान्त्रिक विधि यसको रुप हो । अर्कोतर्फ शान्तिपूर्ण ढंगले जनवादी समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने गरी आन्तरिक लोकतन्त्रले युक्त संगठन निर्माण गर्नु पार्टी निर्माणसम्बन्धी यसको मान्यता रहेको छ (नवौँ महाधिवेशनको राजनीतिक प्रतिवेदन) ।

जबजको व्यवहारिक प्रयोग
आज जनताको बहुदलीय जनवादी सिद्धान्तको सूत्रपात भएको करिब ३२ वर्ष पुग्दा यो अग्रगामी परिवर्तनका लागि चलेको सर्घषको वास्तविक नेताको रुपमा स्थापित भएको छ । त्यतिबेला जबजले अगाडि सारेका मान्यताहरु र त्यसको आधारमा लोककल्याणकारी सरकार सञ्चालन गरी श्रमजीवी वर्गको पक्षमा चालेका कदमहरुको चर्को विरोध गर्ने नवउदारवादी र उग्रवामपन्थीहरुले समेत अहिले आएर तिनै मान्यता र कार्यक्रमहरुको अनुशरण गर्नुले जबजको सहिपना र सान्दर्भिकता अहिले झन बढेर गएको छ ।

जनताको जनवादी सत्ताले पहिले पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने अवधि, दोस्रो नया“ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्न केन्द्रित भएर लाग्ने अवधि र तेस्रो समाजवादमा संक्रमणको लागि भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि पार गरी समाजवादमा पुग्ने कुराको सुनिश्चित गरेको छ ।

न्तिपूर्ण जनक्रन्तिका उपलब्धीहरुलाई संस्थागत गर्दै, सामाजिक आर्थिक तथा सांस्कृतिक रुपान्तरणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएर समाजवादका आधारशीला निर्माण गर्ने, सामन्ती उत्पादन सम्बन्धका अवशेषहरुलाई समाप्त गर्दै राष्ट्रिय पू“जीको विकास गरी प्रगतिशील उत्पादक शक्तिलाई चौतर्फी रुपले अगाडि बढाउने, परनिर्भरताको लामो विरासतलाई अन्त्य गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी आर्थिक समृद्धिको दिशामा मुलुकको नेतृत्व गर्ने र श्रमजीवी वर्गको पक्षपोषण गर्दै लोकतान्त्रिक गणतन्त्रको सामाजिक आर्थिक तथा सांस्कृतिक ढाँचा विकास गरेर समाजवादमा पुग्न जनताको बहुदलीय जनवादको मार्गदर्शन अनिवार्य रहेको छ । मूलतः पुँजीवादी–जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादमा संक्रमण गर्ने र समृद्ध समाजवाद निमार्ण गर्ने काममा जबजले मार्गदर्शन गर्ने छ ।

जबजको आगामी बाटो
नेपालको कम्युनिष्ट आन्दोलनको अगुवाई र नेतृत्व गर्ने जनताको बहुदलीय जनवाद जस्तो नवीन विचारका प्रतिपादक कमरेड मदन भण्डारीको ४० वर्षको अल्पायुमै निधन भयो । प्रतिकृयावादीहरुले उहाँको प्रतिभाको सुइ“को पाउनासाथ षडयन्त्रपूर्ण रुपले हत्या गरे । तर पनि उहा“ सदैव नेपाली समाजमा बाचि“रहनुभएको छ र कम्युनिष्ट आन्दोलनमा उहा“ले दिएको योगदानको चिर कालसम्म मूल्याङ्कन हुनेछ ।

जननेता कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको यस जबजको सिद्धान्त नेपालका कम्युनिष्ट पार्टीलाई मात्र होइन यसले अब विस्तारै विश्व कम्युनिष्ट आन्दोलनमा समेत मार्गदर्शक सिद्धान्तको रुपमा स्थान लिँदै गएकोमा हामीले गर्वबोध गरेका छौं । आज ल्याटिन अमेरिकी देशहरुलगायत विश्वका अन्य कम्युनिष्ट तथा वामपन्थी शक्तिहरुले बहुदलीय प्रतिस्पर्धा, मिश्रित अर्थतन्त्र र आधारभूत लोकतान्त्रिक मूल्य मान्यताहरु अंगीकार गरेर शासन व्यवस्था सञ्चालन गर्दै अगाडि सारेका क्रान्तिकारी सुधारका कार्यक्रमहरुले जनताको बहुदलीय जनवादलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै यसको सान्र्दभिकता पुष्टि गरेको छ ।

अझ अर्को शब्दमा भन्दा जबसम्म कम्युनिष्ट तथा वामपन्थी पार्टीहरु बहुदलीय प्रतिस्पर्धा र आधारभूत लोकतान्त्रिक मूल्य मान्यताहरुका आधारमा अगाडि बढ्नेछन् तबसम्म जबजको सान्दर्भिकता र औचित्व अझै मुखरित भएर जानेछ । जनताको बहुदलीय जनवादले अगाडि सारेको तीन चरणहरु पार गर्दै समाजवादमा पुग्ने र साम्यवादमा पुग्नुभन्दा अगाडिसम्म समाजको वर्गीय सारअनुरुपको शासन प्रणालीको स्वरुप बहुदलीय हुने कुराले यसको औचित्व र सान्दर्भिकता झनै बढेर जानेकुरा सुनिश्चित छ । तथापि जननेता मदन भण्डारीका विचार जड नभएर एक गतिशिल विचार हो जुन व्यवहारिक परिक्षणका क्रममा तथा आवश्यकता र औचित्यका आधारमा समृद्ध र विकास भएर जाने नै छ । स्वयम् मदन भण्डारीको शब्द सापटी लिएर भन्नु पर्दा ‘सिद्धान्त सिद्धान्तका लागि होइन, जीवनका लागि हो ।’ सिद्धान्तको जन्म मानव व्यवहारकै क्रममा हुने तथा व्यवहारले नै सिद्धान्तको औचित्व स्थापित गर्ने हुदा“ यसको बिचमा निरन्तर द्वन्द्वात्मक सम्बन्ध रहिरहने नै छ । (लेखक नेकपा एमाले बुटवलका सचिव हुनुहुन्छ ।)