अटिज्म र अभिभावक

मेचीकाली संवाददाता

१२ भाद्र २०७८, शनिबार
1358 shares

ओम बानियाँ
अटिज्म कुनै एक रोग नभएर मस्तिष्क विकाससम्बन्धी रोगहरुको समूह (न्यूरो डेभलप्मेन्टल डिसअर्डस्) हो । त्यसैले यसलाई अटिजम स्पेक्ट्रम विकार (एएसडी) भनिन्छ । अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । यदि बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ ।

अटिजमका लक्षणः
अटिज्ममा झट्ट बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहोराउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् ।

अटिजमको पहिचानः
कुनै पनि बालबालिकाको भाषा विकास हुनुअगावै १६ महिनादेखि ३ वर्ष अगाडि नै उसमा औँलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औँलाले देखाएको वस्तुमा आँखा लैजाने, चिनेको आवज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबालिकामा अटिजमको शंका गर्न सकिन्छ । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रष्ट रूपमा यसका लक्षण चिन्न गाह्रो हुन्छ । शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ ।

अटिज्मको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न । विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ । बालबालिकाको पहिलो गुरु नै अभिभावक हुन । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउँछन् । त्यसैले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक हुन्छ । बालबालिकालाई घरका विभिन्न परिस्थितीमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापीदिँदा सबैभन्दा लाभदायक हुन्छ ।

शारीरिक रुपमा धेरै जसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् । र यसै कारणले डाक्टरकहाँ लैजान्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्ष उमेरमा गएर मात्रै पहिचान हुने गरेको अवस्था छ ।

नेपालमा अटिजमः
नेपालमा अटिजम भएका सबै बालबालिकाको पहिचान नहुँदा अभिभावक तथा बालबालिका दुवै पीडित हुनु परेको छ । पहिचान नहुँदा यस्ता समस्याले ग्रसित बालबालिकाहरू दनीय अवस्था छन् । ध्यान दिनुपर्ने कुरा समस्या पहिचान गरी परिवारले उनीहरूको व्यवस्थापनसम्बन्धी तालिम लिएपछि यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सक्छन् । ब्रेन ट्रेनिङ, संगीत, आर्टस् तथा स्पीच थेरापीजस्ता क्रियाकलापबाट उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । यो समस्या पूर्णरूपमा समाधान नभए पनि केही रूपमा भए पनि सहजीकरण भने हुन्छ ।

अटिजमको उपचारः
यो रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न । विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ । बालबालिकाको पहिलो गुरु नै अभिभावक हुन् । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउँछन् । त्यसैले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक हुन्छ । बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिँदा सबैभन्दा लाभदायक हुन्छ ।
अटिजम भएकाहरु बौद्धिक रुपमा ठीक भएपनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् । त्यसैले अभिभावकहरुले मात्र उनीहरुको ख्याल राख्न कठिन हुन्छ । त्यसैले नेपालमा पनि उनीहरुको राम्रोसँग पालन पोषण गर्ने वातावरण हुनु जरुरी छ ।

अटिजम समस्या बढ्दो छ । संसारमा ७ करोडभन्दा बढी अटिजमबाट प्रभावित छन् । हरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । बालबालिकाले उमेरअनुसारको सामान्य गतिविधिहरु गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ ।