ओम बानियाँ
केही महिना पहिला कुरा हो । राती करीब ८ बजेतिर मेरा एक परिचितको फोन आयो, दाइलाई साँझदेखि पेट दुख्ने, मुटु पोल्ने तथा सास फेर्न गाह्रो भएको छ । चक्कर पनि लागेको छ भन्नुहुन्छ । मेडिकलबाट लगेको औषधी खाँदा पनि केही भएन । दाइ, निकै आत्तिनुभएको छ । के गर्ने होला ? कहाँ लैजाने होला ?
मलाई उनको कुरा सुन्दा मुटुको समस्या हो कि भन्ने शंका लाग्यो र मैले तुरुन्त मुटुरोग विशेषज्ञ डा.लक्ष्मण दुबेलाई देखाउनु भनेँ । मेरो सुझावअनुसार बिरामीलाई राती ९ बजेतिर अस्पताल पु¥याए । आकस्मिक कक्षमा जाँचपडताल भयो, मेडिकल अफिसरलाई हृदयघातको शंका लाग्यो । खबर पाउनसाथ डा. लक्ष्मण दुबे १० बजे नै अस्पताल आए ।
आवश्यक चेकजाँच गरेपछि एन्जियोग्राफी गर्ने र यदि मुटुमा ब्लकेज आएको खण्डमा एन्जियोप्लास्टी गरेर स्टेन्ट हाल्ने निचोडमा पुगे । एन्जियोग्राफी गर्दा नभन्दै उनले अनुमान गरे जस्तै भयो । अनि उनले तत्काल स्टेन्ट हाले । उनको ज्यान बच्यो । यदि समयमै इन्टर्भेसन नगरेको भए बाइपास सर्जरी गर्नु पर्ने अवस्था आउने थियो या उनको ज्यान नै जान सक्थ्यो । तर उचित ठाउँमा उचित इन्टर्भेन्सनल कार्डियोलोजी सेवाका कारण उनी अहिले पहिलाझैं सामान्य अवस्थामा फर्किएका छन् ।
हेल्थ फस्ट
डा.लक्ष्मण दुबे
इन्टर्भेन्सनल कार्डियोलोजी एक त्यस्तो मुटुरोग चिकित्सा हो, जसले ओपन हर्ट सर्जरीबिना मुटु र रक्तनलीमा लचिलो ट्युब (क्याथेटर) पुराएर अनेक प्रकारका मुटुका समस्याहरुको निदान तथा चिकित्सा गर्ने कार्य गर्दछ । यस प्रक्रियालाई मेडिकल भाषामा क्याथेटेराइजेसन भनिन्छ । क्याथेटेराइजेसन विकासले अधिकांश ओपन हर्ट सर्जरीको आवश्यकता हटाएको छ भने औषधिले मात्र गरिने चिकित्सा भन्दा बढी प्रभावकारी परिणाम दिने गरेको छ । इन्टर्भेन्सनल कार्डियोलोजिष्ट बन्न १२ कक्षा उत्तीर्ण गरेपछि कम्तिमा १२ वर्ष थप चिकित्सा शास्त्रको अध्ययन गर्नुपर्छ । करिब साढे ५ वर्ष एमबिबिएस गरेपछि ३ वर्ष इन्टरनल मेडिसिनमा एमडी अनि ३ तीन वर्ष जेनरल काडिर्योलोजीमा डिएम गरेपछि कम्तीमा एक वर्ष इन्टर्भेन्सनल कार्डियोलोजीमा फेलोसिप गरेपछि इन्टर्भेन्सनल कार्डियोलोजिष्ट बन्ने गर्छन् । इन्टर्भेन्सनल कार्डियोलोजिष्टले मुटुको भल्भको रोग, ऐथेरोस्क्लेरोसिस, हर्ट अट्याक, क्यारोटिड आर्टरी डिजिज, कोरोनरी आर्टरी डिजिज, हाइपरटफिक कार्डियोमायोपैथी, कोरोनरी आर्टरी फिस्टुला, पेरिफेरल आर्टरी डिजिज, क्रोनिक भिनस डिजिज, एओर्टिक भल्भ स्टेनोसिस, थ्रोम्बोम्बोलिक डिजिज, एन्युरिज्म, अर्टियल सेप्टल डिफेक्टस् तथा भेन्ट्रीकुलर सेप्टल डिफेक्ट आदिको चिकित्सा गर्छन् । नेपालमा हाल औंलामा गन्न सक्ने इन्टर्भेन्सनल कार्डियोलोजिष्टहरु कार्यरत छन् । तीमध्ये एक हुन्–बुटवलमा कार्यरत मुटुरोग विशेषज्ञ डा.लक्ष्मण दुबे ।
इन्टर्भेन्सनल कार्डियोलोजी एक यस्तो मुटुरोग चिकित्सा हो, जसले ओपन हर्ट सर्जरी बिना मुटु र रक्तनलीमा लचिलो ट्युब (क्याथेटर) पुराएर अनेक प्रकारका मुटुका समस्याहरुको निदान तथा चिकित्सा गर्ने कार्य गर्दछ । यस प्रक्रियालाई मेडिकल भाषामा क्याथेटेराइजेसन भनिन्छ । क्याथेटेराइजेसन विकासले अधिकांश ओपन हर्ट सर्जरीको आवश्यकता हटाएको छ भने औषधीले मात्र गरिने चिकित्साभन्दा बढी प्रभावकारी परिणाम दिने गरेको छ ।
इन्टर्भेन्सनल कार्डियोलोजी र सामान्य कार्डियोलोजीबिचको मुख्य भिन्नता भनेको इन्टर्भेन्सनल कार्डियोलोजिष्टहरु हृदय रोगको लागि क्याथेटर आधारित उपचारहरू गर्न पनि प्रशिक्षित हुन्छन् भने अर्कोतर्फ सामान्य हृदय रोग विशेषज्ञहरू यस्ता प्रक्रियाहरूमा प्रशिक्षित हुँदैनन् ।
सामान्यतया इन्टर्भेन्सनल कार्डियोलोजिष्ट बन्न १२ कक्षा उत्तीर्ण गरेपछि कम्तीमा १२ वर्ष थप चिकित्सा शास्त्रको अध्ययन गर्नुपर्छ । करिब साढे ५ वर्ष एमबिबिएस गरेपछि ३ वर्ष इन्टरनल मेडिसिनमा एमडी अनि ३ तीन वर्ष जेनरल काडिर्योलोजीमा डिएम गर्नुपर्छ । त्यसपछि कम्तीमा एक वर्ष इन्टर्भेन्सनल कार्डियोलोजीमा फेलोसिप गरेपछि इन्टर्भेन्सनल कार्डियोलोजिष्ट बन्ने गर्छन् ।
इन्टर्भेन्सनल कार्डियोलोजिष्टले मुटुको भल्भको रोग, ऐथेरोस्क्लेरोसिस, हर्ट अट्याक, क्यारोटिड आर्टरी डिजिज, कोरोनरी आर्टरी डिजिज, हाइपरटफिक कार्डियोमायोपैथी, कोरोनरी आर्टरी फिस्टुला, पेरिफेरल आर्टरी डिजिज, क्रोनिक भिनस डिजिज, एओर्टिक भल्भ स्टेनोसिस, थ्रोम्बोम्बोलिक डिजिज, एन्युरिज्म, अर्टीयल सेप्टल डिफेक्टस् तथा भेन्ट्रीकुलर सेप्टल डिफेक्ट आदिको चिकित्सा गर्छन् ।
नेपालमा हाल औंलामा गन्न सकिने दक्ष्य इन्टर्भेन्सनल कार्डियोलोजिष्टहरु कार्यरत छन् । तीमध्ये एक हुन्–मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुबे ।
डा. लक्ष्मण दुबे नेपालको मुटु स्वास्थ्य क्षेत्रमा चम्किँदै गरेका तारा हुन् । छोटो समयमा नै निकै लोकप्रियता हासिल गरेका डा. लक्ष्मण दुबेले एमबीबीएस तथा एमडी तथा मुटुरोग (कार्डियोलोजी) मा डीएम गरेका छन् भने युरोपको प्रागबाट इन्टर्भेन्सनल कार्डियोलोजीको थप प्रशिक्षण पनि लिएका छन् ।
कार्डियोलोजीमा डीएम गरेपछि आफ्नै जन्मथलो रुपन्देहीको मणिग्राम फर्केर इमानदारीपूर्वक बिरामीहरुलाई चिकित्सा सेवा दिँदै आएका डा. दुबे यस प्रदेशका नागरिकहरुका लागि पहिलो रोजाइका मुटु रोग चिकित्सक हुन् । बुटवल तथा आसपासका बिरामीहरु मात्र होइन, उनको परामर्श लिन गुल्मी, अर्घाखाँची, कपलिवस्तु, नवलपरासी, प्युठान तथा दाङबाट समेत बिरामीहरु आउने गर्छन् ।
इन्टर्भेन्सनल कार्डियोलोजिष्ट डा. लक्ष्मण दुबेले अहिलेसम्म करीब २ सय जना व्यक्तिको मुटुमा सफलतापुर्वक पेसमेकर राख्ने कार्य गरेका छन् भने करीब ५ हजार बिरामीहरुको एन्जियोग्राफी तथा १ हजारभन्दा बढी बिरामीहरुको एन्जियोप्लास्टी गरेर हृदयघातबाट बचाएका छन् । यसरी डा. दुबेको औषधोपचार तथा परामर्शबाट थुप्रै बिरामीहरुले स्वास्थ्य लाभ प्राप्त गरेका हुनाले नै उनीप्रति बिरामीहरुको आस्था र विश्वास बढेको हो ।
शान्ति नमुना माविका शिक्षक तथा स्थानीयवासीहरुले त उनलाई मणिग्रामको मुटु भन्ने गर्छन् । सरल र आम मानिस जस्तो देखिने मृदुभाषी डा. दुबे मनोवैज्ञानिक दृष्टिकोणमा दायाँ दिमाग (मस्तिष्क) बढी सक्रिय भएका व्यक्ति हुन् । दायाँ दिमाग सक्रिय भएका व्यक्तिहरुले गर्नुपर्ने कार्य पनि कला, सिप तथा सिर्जनात्मक कार्यहरु हुन् ।
सफल चिकित्सा परामर्श पनि एक कला हो । एक सिप हो । बिरामीहरुलाई विश्वास जगाउन सक्ने खुबी हो । यही कारणले पनि सबै चिकित्सकहरु डा. लक्ष्मण जस्तो सिपालु हुन सक्दैनन् । डा. दुबेको मनोविज्ञान बुझ्दा उनले मुटुरोग विशेषज्ञ बनेर आफ्नो सही प्रतिभा चिनेको भन्न सकिन्छ । वास्तवमा उनले चिकित्सक नबनेर अन्य क्षेत्र रोजेको भए साहदै यति सफलता प्राप्त गर्न सक्दैन्थे ।
रुपन्देहीको मणिग्राममा जन्मे हुर्केका डा. लक्ष्मण दुबे बाल्यकालदेखि नै मेधावी, मेहनती र अब्बल विद्यार्थी थिए । उनका दाजु कुमार दुबेका अनुसार सानैदेखि नै उनको ध्यान केवल पढाइ लेखाइमा हुने गर्दथ्यो । उनको बाल्यकाल देखिको चाहना नै चिकित्सक बन्ने थियो ।
डा. लक्ष्मण दुबे कामप्रति जति इमानदार छन्, त्यत्ति नै सेवाभावले ओतप्रोत छन् । चिकित्सा शास्त्रमा उच्चतम शिक्षा हासिल गरेर पनि आफ्नो गाउँमा फर्किएर पैसालाई भन्दा पनि सेवालाई महत्व दिई दिनरात काममा खटिनु नै उनको निश्वार्थ सेवाभावको प्रमाण हो । नेपालमा बसेर नेपालीहरुको सेवा गर्ने इच्छाले नै आफ्ना समकक्षी साथीहरु तथा आफन्तहरु विदेशीय पनि आफू नेपाली समाजमा नै बसेर आफूले सिकेको ज्ञान बाँडेको उनी बताउँछन् ।
गलत जीवनशैली तथा भागदौडको जीवन र अत्याधिक मानसिक तनावका कारण नेपालमा पनि मुटुरोग बढ्दै गएको डा. दुबेको भनाइ छ । त्यसैले मुटु रोगबाट बच्न आफ्नो जीवनशैली ठिक राख्ने, शारीरिक श्रम गर्ने, शारीरिक श्रम नगर्नेले व्यायाम तथा हिँडाइदौडाइ गर्ने, मानसिक तनाव व्यावस्थापन गर्ने, सकारात्मक चिन्तनमनन गर्ने, जीवनका विविध पक्षलाई सरल र सहजरुपमा ग्रहण गरी उज्यालो पक्षलाई लिएर हिँडने र मनलाई पिरोल्ने कुनै समस्या भए त्यसको स्थायी समाधानतिर लाग्ने । र, आफ्नो स्वास्थ्यमा कुनै समस्या आए, चिकित्सकसँग परामर्श लिने । यी नै मुटु स्वस्थ र दीर्घायु राख्ने सरल उपायहरु हुन् ।
पुछारमाः हो, मुटुरोग विशेष डा.लक्ष्मण दुबेले उल्लेख गरेका उपर्युक्त उपायहरुलाई व्यवहारमा ल्याउने हो भने निश्चित रुपमा मुटुका रोगहरुबाट बच्न सकिन्छ, मुटुका रोगहरु लागेको छ भने नियन्त्रण गर्न सकिन्छ । त्यसैले मुटु रोगको उपचारलाई सर्वशुलभ बनाउने एक संकल्प लिएर खटिएका डा. लक्ष्मणको लक्ष्य र निश्वार्थ सेवाभावलाई मेरो पनि हृदयदेखि शुभकामना । यसरी नै उनले काम गरे भने उनी मणिग्रामको मात्र होइन, रुपन्देहीको मात्र होइन, लुम्बिनी प्रदेशको मात्र होइन, सारा नेपालकै ढुकढुकी बन्ने पक्का छ ।