बुटवल-पाल्पा सडक आज सुचारु नहुने

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
588 shares

बुटवल । अविरल बर्षाका कारण पहिरो खसेर आइतबार विहान देखी अवरुद्ध भएको बुटवल पाल्पा सडक आज सुचारु नहुने भएको छ। बर्षाका कारण सिद्धार्थ राजमार्गका एक दर्जन स्थानमा पहिरो गएपछि विहानै देखि बुटवल पाल्पा सडक अवरुद्ध भएको थियो ।

अन्य ठाउँको पहिरो पन्छाएको भएपनि डुम्रे झरेको नयाँ पहिरोका कारण सडक सुचारु हुने सम्भावना कम भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। पहिरो पन्छाउने काम भइरहेको छ तर ठूलो पहिरो छ । आज खुल्ने सम्भावना छैन। उनले भने ।

विहानै गएको सिद्धबाबा सहितका ठाउँका पहिरो पन्छाएको भएपनि १० बजेतिर तान्सेन नगरपालिका ८ डुम्रेमा अर्को पहिरो गएको छ । डुम्रेमा स्थानिय देवबहादुर सारुको २ तले पक्किी घर सहित बगाउँदा राजमार्ग अवरुद्ध भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए ।

यो पनि पढ्नुहोस
पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
बुटवलको ज्योतिनगरमा पहिरोः दर्जन बढि घरमा क्षति