परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

५ आश्विन २०८१, शनिबार
93 shares

हेमन्त गौतम

श्री सूर्य नारायणज्यू कुनै एउटा धपधप गरी बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई केवल एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने यथार्थ कुरा विभिन्न वैज्ञानिक तर्क, तथ्य एवं प्रमाणहरू सहित सुुस्पष्ट गर्दै जाने क्रमको यसभन्दा अघिल्लो लेखमा मैले बलिरहेको ग्यास पदार्थबाट प्राप्त हुने प्रकाशशक्ति तथा तापशक्ति र श्री सूर्य नारायणज्यूबाट प्राप्त हुने प्रकाशशक्ति र तापशक्तिको बिचमा रहेको अतुलनीय स्वरूपको विशाल अन्तर भिन्नतालाई स्पष्ट गर्ने हेतुले आवश्यक कतिपय तर्क, तथ्य एवम् प्रमाणहरु दृष्टान्त सहित प्रस्तुत गरेको थिएँ । अब म त्यसै सन्दर्भको बाँकी अंशलाई निम्न बमोजिम प्रस्तुत गर्न गइरहेको छुः

(१५) कुनै दुईवटा भाँडोमा थोरै थोरै काँचो दूध लिऊँ । तीमध्ये एउटा भाँडोको दुधलाई घामको तातोमा केही बेरसम्म राखौं र त्यसको तापक्रम समेत लिऊँ । फेरि अर्को भाँडोको दुधलाई ग्यास वर्र्न वा ग्यास चुलोको आगोको तातोमा उति नै तापक्रमसम्म तताऊँ । अब ती दुवैथरी दुधलाई पालैपालो चाखौँ । तीमध्ये घाममा अर्थात् श्री सूर्य नारायणज्यूबाट प्राप्त तापशक्तिमा तताएको दुध कताकता फाटेको र मिठासमा अत्यन्त खल्लो (स्वाद रहित) पाउनेछौं भने ग्यास वर्र्न वा ग्यास चुलोको आगोको तापशक्तिमा तताएको दूध कत्ति पनि नफाटेको, अरु बढी मिठो र स्वादिलो पाउनेछौं । त्यसैले प्रष्ट छ कि श्री सूर्य नारायणज्यू कुनै बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ, अन्यथा उक्त फरक फरक तापशक्तिको माध्यमबाट तताइएको भए तापनि उक्त दुवै भाँडोको दुधको स्वरूप, स्वाद वा मिठासमा एक समान अवस्था नै देखापर्ने थियो ।

(१६) एउटा बलिरहेको ग्यास वर्र्न वा ग्यास चुलोको जति नै ठूलो आगोको ज्वालाबाट आएको प्रकाशशक्ति भएपनि त्यसको परावर्तन क्षमता श्री सूर्य नारायणज्यूको प्रकाश शक्तिको परावर्तन क्षमताको अपेक्षा असंख्य गुना कम भएजस्तै उक्त ग्यास वर्र्न वा ग्यास चुलोको आगोको ज्वालाबाट आएको ताप शक्तिको परावर्तन क्षमता पनि श्री सूर्य नारायणज्यूबाट आएको तापशक्तिको परावर्तन क्षमताको अपेक्षा उसरी नै असंख्य गुना कम भएको देखिन्छ । प्रमाणको लागि यदि श्री सूर्य नारायणज्यूको प्रकाशलाई सिधै एउटा ऐनाको सतहमा पारी त्यसबाट परावर्तित प्रकाशलाई हाम्रो शरीरको कुनै पनि खुला अङ्गमा पा¥यो भने सो प्रकाश शक्तिको साथसाथै त्यससँगै आएको ताप शक्ति पनि परावर्तीत भई हाम्रो सो अङ्गमा पर्न जान्छ र हामीलाई उहाँ श्री सूर्यनारायणज्यू स्वयंबाट सोझै हाम्रो शरीरमा परेको ताप शक्तिकै करिब बराबर बराबर उक्त परावर्तित तापशक्तिको प्रभाव (तातोपन) अनुभव हुन जान्छ । परन्तु उक्त ग्यास वर्न वा ग्यास चुलोको आगोको ज्वालाबाट आएको प्रकाशलाई उसरी नै ऐनाको सतहमा पारी परावर्तित गराउँदा र उक्त बमोजिम नै हाम्रो शरीरको खुला अङ्गमा पार्दा त्यसको प्रभाव अर्थात् त्यस प्रकाश शक्ति सँगसँगै परावर्तित भएको तापशक्तिको प्रभाव उहाँ श्री सूर्य नारायणज्यूको तापशक्तिको प्रभावको तुलनामा असंख्य गुना कम अनुभव हुन्छ । जब श्री सूर्य नारायणज्यूको परावर्तित तापशक्ति र उक्त ग्यास वर्र्न वा ग्यास चुलोबाट उत्पन्न आगोको ज्वालाको परावर्तित तापशक्तिको प्रभावकारितामा उक्त प्रकारको अतुलनीय स्वरूपको विशाल अन्तर पाइन्छ भन्ने यसको अर्थ हुन्छ– श्री सूर्य नारायणज्यू कुनै निरन्तर रूपमा बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड कदापि हुनुहुन्न, बरु उहाँ त उक्त प्रकारको ताप शक्तिजन्य अलौकिक विशिष्ट विशेषताले समेतसहित भएका एकमात्र परम प्रभु परमात्मा परमेश्वर रूपी परम चेतनतत्व नै हुनुहुन्छ । कारण, यदि श्री सूर्य नारायणज्यू साँच्चै नै उक्त बमोजिम बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड नै भए उहाँको ताप शक्तिको परावर्तन क्षमता र त्यसको प्रभाव पनि उक्त ग्यास वर्र्न वा ग्यास चुलोबाट उत्पन्न आगोको ज्वालाको तापशक्तिको परावर्तन क्षमता र त्यसको प्रभाव समान (बराबर) नै हुने थियो ।

(१७) हामीले एउटा म्याग्निफाइङ्ग ग्लास अथवा भनौँ हाते लेन्स लिऊँ । अब श्री सूर्य नारायणज्यूबाट आएको प्रकाशलाई त्यही हाते लेन्स हुँदै कुनै पातलो कागज वा कपासको टुक्रामा पारौँ । सो हाते लेन्सलाई ध्यानपूर्वक मिलाई यस प्रकारको अवस्थितिमा राखौँ कि त्यसबाट छिरेर गएको उहाँ श्री सूर्य नारायणज्यूको प्रकाशका किरणहरू पूरै केन्द्रीकृत भई उक्त कागज वा कपासको टुक्रामा पर्न सकून् । नभन्दै त्यसको केही क्षणपछि सो कागज वा कपासको टुक्रा बल्न सुरु गर्दछ । वास्तवमा यसो हुनुको एकमात्र कारण श्री सूर्य नारायणज्यूको प्रकाश शक्तिसँगै रहेको ताप शक्तिको प्रभाव नै हो । किन्तु कुनै बलिरहेको ग्यास वर्र्न वा ग्यास चुलोको आगोको ज्वालाबाट आएको प्रकाश शक्तिलाई उसरी नै उक्त हाते लेन्स हुँदै केन्द्रीकृत रूपमा त्यस्तै अर्को कागज वा कपासको टुक्रामा उति नै वा अरु अधिक समयसम्म नै पारे पनि त्यो कागज वा कपासको टुक्रा कदापि बल्ने छैन । यदि श्री सूर्य नारायणज्यू पनि कुनै उक्तबमोजिम नै बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड भए उहाँको प्रकाशशक्तिसँगै रहेको तापशक्तिका कारण उक्त कागज वा कपासको टुक्रा कुनै पनि अवस्थामा बल्न सक्ने थिएन । त्यसैले हामीले निशङ्क रुपमा मान्नै पर्ने देखिन्छ कि श्री सूर्यनारायणज्यू उपर्युक्तबमोजिम एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ न कि कुनै अविरल एवं अविच्छिन्न रूपमा बल्दो ग्यासको जड भौतिक पिण्ड ।

(१८) धेरैजसो किसानहरू आफ्ना धान, मकै, गहु, जस्ता अन्न बालीहरू भित्र्याउने क्रममा भावी समयमा लगाइने तत्तत् बालीहरूको लागि आवश्यक बिउबिजन अलग गरी त्यसलाई एक–दुई घाम वा दुई–तीन घाम सुकाई भण्डारण गरेर राख्दछन् । भन्नुको तात्पर्य उनीहरु सोे बिउबिजनलाई श्री सूर्य नारायणज्यूको प्रकाशमा अझ खास भनौँ भने त्यस प्रकाश सँगै रहेको तापमा एक–दुई वा दुई–तीन पटक सुकाएर भण्डारण गरी राख्दछन् । यसो गर्दा सो बिउबिजन किरो वा अन्य रोग लाग्नबाट प्रायः सुरक्षित रहन जान्छ भन्ने विश्वास धेरैजसो किसानमा रहिआएको पाइन्छ, यद्यपि आजभोलि सो बिउबिजनको सुरक्षाको लागि कतिपय औषधिहरू पनि प्रयोग गर्ने चलन चलेको समेत देखिन्छ । जे होस्, कुनै प्रकारको रोग वा किराहरू नलागेको अवस्थामा सो बिउबिजन उम्रनेमा प्रायः कुनै शंका रहँदैन । किन्तु सो बिउबिजन उक्तबमोजिम श्री सूर्य नारायणज्यूको तापमा सुकाउनुको सट्टा कुनै भाँडोमा राखी त्यति नै तापक्रममा त्यति नै पटक त्यति नै समयसम्म कुनै बलिरहेको ग्यास वर्र्न वा ग्यास चुलो बाट निस्केको आगोमा ततायो भने उक्त धान, मकै, गहुमध्ये कुनै पनि बिउ–बिजन कदापि उम्रन सक्दैन । कारण, श्री सूर्य नारायणज्यूको तापशक्तिले उक्त बिउबिजन भित्रको भू्रणलाई जीवित रहन र त्यसबाट टुसा पलाउन पूर्ण स्वरूपको स्वाभाविक (प्राकृतिक) मद्दत गर्दछ भने उक्त ग्यास वर्र्न वा ग्यास चुलोबाट निस्केको आगोको तापले–तापशक्तिले उक्त भ्रूणलाई जीवित रहन मद्दत गर्नुको सट्टा त्यसलाई मार्दछ र परिणाम स्वरूप सो बिउबिजनबाट टुसा पलाउने वा सो बिउबिजन उम्रने भन्ने कुरा स्वतः असम्भव हुन जान्छ । यदि श्री सूर्य नारायणज्यू निरन्तर रूपमा बल्दो ग्यासको कुनै निर्जीव भौतिक पिण्ड नै भए उक्त बमोजिम घाममा याने उहाँको तापशक्तिमा सुकाइएका उक्त बिउबिजनहरू पनि कदापि उम्रन सक्ने थिएनन्, शङ्का छैन । त्यसैले यसबाट पनि श्री सूर्य नारायणज्यू एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ न कि कुनै नित्य निरन्तर रुपमा बल्दो ग्यासको भौतिक पिण्ड भन्ने तथ्य परम सत्य प्रमाणित हुन्छ । अरु बाँकी अंश सबै आगामी लेखहरूबाट । अङ्क ९ (क्रमश)