परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१२ आश्विन २०८१, शनिबार
144 shares

हेमन्त गौतम

मैले ठिक यस पूर्वको लेखमा श्री सूर्य नारायणज्यूको तापशक्ति र एउटा ग्यास वर्र्न वा ग्यास चुलो जो बलिरहेको अवस्थामा होस्, त्यसबाट निस्केको आगोको ज्वालाको तापशक्तिको बिचमा तिनको कार्यक्षमता एवं प्रभावकारितालाई लिएर विभिन्न दृष्टान्त सहित तुलना गर्दा तिनमा समानताको अवस्था कत्ति पनि नरहेको बरु श्री सूर्य नारायलज्यूको तापशक्ति भन्दा उक्त ग्यास वर्र्न वा ग्यास चुलोको आगोको ज्वालाको तापशक्ति असंख्य गुणा कमजोर देखिएबाट श्री सूर्य नारायणज्यू उक्त ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वाला समान कुनै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई तापशक्तिजन्य अलौकिक विशिष्ट विशेषता समेतले सहित भएका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै सिद्ध हुनुहुन्छ भन्ने तथ्यलाई यथाशक्य सुस्पष्ट गर्ने प्रयास गरेको थिएँ । अबको यस लेखमा पनि सोही विषय वा प्रसङ्गलाई थप दृष्टान्त सहित प्रस्तुत गर्न गइरहेको छु ।

(१९) हाम्रो मुलुकका पहाडवासी किसानहरूले आफ्नो बारीमा छरेका वैशाख–जेठ महिनातिरका मकैका बिरुवाहरू कहिलेकाहीँ अलि ठूलो खडेरी पर्दा दिनको समयको प्रचण्ड धुप भन्नुको तात्पर्य श्री सूर्य नारायणज्यूको कडा तापले गर्दा ओइलाएर सुरुका दिनमा नजानिँदो झुम्रुक्क देखिन्छन् । रातको समयको केही न केही चिसो वातावरण पाउँदा अर्को दिन बिहान र दिनको केही समयसम्म करिब साविकको जस्तै अलिक ताजा नै देखिन जान्छन् तापनि मध्यान्हपछिको धुपमा फेरि थप ओइलाएर अरु झुम्रुक्क पर्छन् । यो क्रम केही दिनसम्म जारी रहँदा ती मकैका बिरुवाहरू झनपछि झन ओइलाएर जान्छन् र सो खडेरी अरु लम्बिएमा कदापि नबाच्लान् कि भन्ने अवस्थामा पुग्दछन् । तर त्यत्तिकैमा जब आकाशबाट अलिक राम्रैगरी झम्म पानी पर्दछ र ती बिरुवाको जराले समेत राम्रोसँग पानी पाउने गरी माटो भित्दछ, अनि त सुक्खा खडेरीले ओइलाएर कहिँकतै मर्लान् कि जस्ता बनेका ती मकैका बिरुवा फेरि हलक्क भएर हुर्कन्छन् र कमशः काला बन्दै जान्छन् । यस प्रकारको मकैलाई किसानहरु ‘खडेरीले खाएको मक’ै भन्दछन् र यस्तो मकै अपेक्षाकृत बढी मात्रामा फल्ने विश्वास राख्दछन् ।

परन्तु उक्त समयमा नै उमारिएको मकैको बिरुवासहितको एउटा गमलालाई एउटा बलिरहेको ग्यास वर्र्न वा ग्यास चुलोसहितको बन्द कोठामा राखिएका कारण सो मकैको बिरुवा उपर्युक्तबमोजिम नै मुर्झाएको छ भने त्यसलाई लगातार जतिसुकै पानी दिए पनि अथवा आकाशको पानी उपर्युक्तबमोजिम वा अरु धेरै मात्रामा परे पनि सो बिरुवा पुनः पुरानै अवस्थामा फर्किएला र अरु हुर्केर गई राम्रो फल देला भन्नु कदापि पर्दैन, बरु अन्ततः मरेर जान्छ । यदि श्री सूर्य नारायणज्यू कुनै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नै भए उपर्युक्तबमोजिम सुक्खा खडेरीको समयमा उहाँको तापशक्तिबाट अति प्रभावित भई उपर्युक्तबमोजिमको अवस्थामा कहीँकतै मर्लान् कि जस्ता भएका उक्त मकैका बिरुवाहरू आकाशबाट राम्ररी पानी पर्नासाथ पुनः पुरानो अवस्थामा फर्कनुको साथै हलक्क हुर्केर अरु काला बन्दै जाने थिएनन्, बरु उक्त ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वालाको तापको प्रभावले ओइलाएर गएको उक्त मकैको बिरुवा वर्षात्को पर्याप्त पानीसमेत पाउनुको बाबजुद पनि पुनः पुरानो अवस्थामा फर्की हुर्कनुको सट्टा अन्ततः मरेर गएजस्तै मरेर जाने थिए । तसर्थ पनि यही प्रमाणित हुन्छ कि श्री सूर्य नारायणज्यू वनस्पति मात्रको लागि समेत जीवनदायिनी शक्तियुक्त उपर्यक्त तापशक्तिजन्य अलौकिक विशिष्ट विशेषतासमेतले सहित भएका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ न कि कुनै बलिरहेको ग्यासको एउटा जड भौतिक पिण्ड ।

(२०) हामीले दुईवटा पशुशाला (गोठ) निर्माण गरौं जसमध्ये एउटा बन्द स्वरूपको होस् भने अर्को खुला स्वरूपको होस् । ती प्रत्येक पशुशाला कमसेकम दुईवटा पशुहरू राम्ररी राख्न सकिने प्रकारका होउन् जसमध्ये बन्द पशुशालामा पनि हावाको आवागमनको समुचित प्रबन्ध भएको तर श्री सूर्य नारायणज्यूको प्रकाश प्रत्यक्ष रुपमा त्यस (पशुशाला) भित्र प्रवेश गर्न नपाउने प्रकारको होस् ताकि त्यहाँ उहाँ श्री सूर्य नारायणज्यूको प्रकाशशक्तिको साथमा रहने तापशक्तिले कतै प्रवेश गर्न नपाओस् । यसकालागि थप उक्त बन्द पशुशालाको एकमात्र प्रवेशद्वार पनि त्यहाँ राखिएका पशुहरूको सेवा वा रेखदेखका लागि भित्र प्रवेश गर्ने व्यक्तिले प्रवेश गर्नासाथ एवं सो कार्य समाप्त भएपछि बाहिर निस्कनासाथ तत्कालै बन्द गर्ने कुराको पनि सुनिश्चितता गरिएको होस् ।

अब घरपालुवा पशुहरू–गाई, भैंसी, भेडा, बाख्रामध्ये एकै जातका चारवटा पशुहरू लिऊँ र तीमध्ये २ वटालाई उक्त बन्द पशुशालामा र अरु बाँकी दुई वटालाई खुला पशुशालामा यसरी दूरी मिलाई बाँधेर राखौं कि उनीहरू घाँसपात तथा दानापानी खाने, बस्ने, आराम गर्ने जस्ता सवालमा पूरै स्वतन्त्र होऊन् । यसपछि उक्त बन्द पशुशालामा तीनवटा साना ठूला ग्यास वर्र्न वा ग्यास चुलो बाली ती पशुहरूको दायाँबायाँ तथा माथितिर समेत पारी केवल दिनको समयमा मात्र राख्ने गरौं यस वास्तविकतालाई समेत पूरै ध्यानमा राखेर कि उक्त बन्द पशुशाला भित्रको तापक्रमको अवस्था र अर्को खुला पशुशालाको तापक्रमको अवस्था समान–समान होस् । अब उक्त बन्द पशुशाला र खुला पशुशालामा बाँधिएका ती सबै पशुहरूलाई नियमित रुपमा समान किसिमले घाँसपात, दानापानी दिँदै जाऊँ । ती दुवै पशुशालाको सरसफाईमा पनि समान रुपमा ध्यान पु¥याइएको होस् ।

करिब १५–२० दिनको अन्तराल पछि ती दुवै पशुशालामा राखिएका सबै पशुहरूको स्वास्थ्य–परीक्षण गरौं अथवा गराऊँ । बन्द पशुशालामा राखिएका पशुहरू साविक (पहिले) को अपेक्षा अलिक बढि अस्वस्थ, रुग्ण एवं कमजोर पाउनेछौँ भने खुला पशुशालामा राखिएका पशुहरू चाहिँ साबिकबमोजिम नै स्वस्थ एवं वलिष्ठ पाउनेछौं । के यसबाट जन्तु जगतभित्र पर्ने प्राणीहरूको लागि पनि आवश्यक जीवन दायिनी शक्ति–बाँच्नका लागि नभइनहुने एक प्रकारको शक्ति जुन श्री सूर्य नारायणज्यूको तापशक्तिबाट प्राप्त हुने हो, त्यो शक्ति कुनै बलिरहेको ग्यास वस्तुको आगोको ज्वालाको तापशक्तिबाट कदापि प्राप्त हुन सक्दैन भन्ने कुरा प्रमाणित हुँदैन र ? त्यसरी नै फेरि श्री सूर्य नारायणज्यू कुनै एउटा निरन्तर रुपमा बल्दो ग्यासको भौतिक (जड) पिण्ड नभई उपर्युक्त प्रकारको अलौकिक विशिष्ट विशेषतायुक्त तापशक्ति समेतले सहित भएका एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने तथ्य पनि त पूर्णरूपेण सत्य साबित हुन जान्छ नि, होइन र ? अरु बाँकी सबै आगामी लेखहरूबाट । अंक १० (क्रमश…..)