हेमन्त गौतम
यसभन्दा ठिक अघिल्लो लेखमा मैले श्री सूर्यनारायणज्यू उहाँ आफूमा विद्यमान ताप शक्तिजन्य अलौकिक विशिष्ट विशेषता समेतका कारण उहाँ कुनै निरन्तर रुपमा बल्दो ग्यासको एउटा निर्जीवभौतिक पिण्ड कदापि हुनुहुन्न जसलाई एउटा क्रियाशील पारमाणविक भट्टी समानसमेत मान्न सकियोस्, बरु यसको ठिक विपरीत उहाँ केवल एक मात्र प्रभु परमात्मा परमेश्वर रूपी परम चेतन तत्व हुनुहुन्छ भन्ने यथार्थलाई आवश्यक दृष्टान्त सहित स्पष्ट पार्ने प्रयास गरेको थिएँ । अबको यस लेखमा पनि उक्त विषय वा प्रसङ्गलाई थप दृष्टान्त दिँदै निम्नानुसार प्रष्ट गर्न चाहन्छुः
(२३) हामीहरूमध्ये कतिपयको मनले यस्तो पनि विचार गर्न सक्दछ कि आखिर एउटा बलिरहेको भौतिक वस्तु चाहे त्यो ग्यास वा अन्य कुनै पनि अवस्थाको होस्, त्यस बाहेक अन्य कुनै पनि वस्तुबाट तापशक्ति प्राप्त हुन सक्दैन भन्ने कुरा सर्व विवितै छ भने सूर्य (श्री सूर्य नारायणज्यू) एउटा निरन्तर रुपमा बलिरहेको ग्यासको भौतिक पिण्ड नभए अरु के होला र ? अवश्य होइन । किनकि आजसम्म पनि आगोको रूपमा बलिरहेको भौतिक वस्तुबाट बाहेक अन्य कुनै केहीबाट पनि तापशक्ति पैदा भएको प्रमाण कतै छैन ।
परन्तु यथार्थ त्यस्तो होइन, छैन । कारण, यस भौतिक संसारमै कतिपय वस्तुहरू त्यस्ता पनि छन् जो आफ्नो संरचनागत (बनोटजन्य) मौलिक विशिष्ट विशेषताको नतिजास्वरूप आगोको रूपमा नबल्दा नबोल्दै पनि आफसेआफ तापशक्ति पैदा गर्न सक्दछन् । उदाहरणको लागि सजीव वस्तुमा हामीले आफू स्वयंलाई लिन सक्दछौं भने निर्जीवमा चुन–ढुंगालाई लिन सक्दछौँ । हामी जीवित रहेसम्म हाम्रो शरीरमा आगो नलागेकै अवस्थामा पनि हाम्रो शरीरबाट तापशक्ति पैदा भइरहने र हामी आफैंले मात्र होइन हामीलाई स्पर्श गर्ने अर्को कुनै पनि व्यक्तिले समेत त्यो ताप शक्तिको अनुभूति गर्ने कुरा हामी सबैलाई ज्ञात नै छ, भनिरहनु पर्दैन । आखिर यसको एकमात्र रहस्य होहाम्रो जीवित शरीरको संरचनागत मौलिक विशिष्ट विशेषता जुन विशेषता गाई, भैंसी, भेडा, बाख्रा आदिको शरीरमा पनि उनीहरु जीवित रहेसम्म पाइन्छ । यसरी नै फेरि चुनढुङ्गा जो निर्जीव वस्तु हो त्यसमा आगो नलागिरहेको अझ भनौँ आगोले स्पर्शसम्म नगरेको अवस्थामा पनि यदि उक्त चुनढुङ्गाको अलिकति टुक्रा पानीमा राख्यो भने ती टुक्राहरु क्रमशः गल्दै जान्छन् र आफूभित्रको तापशक्ति बाहिर पानीमा छोड्दै पनि जान्छन् । फलस्वरूप पग्लेको चुन मिश्रित पानीसमेत क्रमशः यसरी तात्दै जान्छ कि कहिलेकाहीँ छुनै नसकिने पनि बन्न पुग्दछ । आखिर यो पनि त्यस चुनढुंगाको संरचनागत मौलिक विशिष्ट विशेषताकै परिणाम हो, सङ्का छैन ।
यस प्रकार जब सजिव वा निर्जीव लौकिक (सांसारिक) वस्तुहरूले त तिनको आफ्नै प्रकारको संरचनागत विशिष्ट विशेषताका कारण आफूभित्रैबाट उपर्युक्तबमोजिम स्वतःस्फुर्त रुपमा सामान्य वा विशेषस्वरूपको तापशक्ति पैदा गर्न सक्दछन् भने श्री सूर्यनारायणज्यू जो सर्वशक्तिमान् परम प्रभु परमात्मा परमेश्वर रूपी अलौकिक परम आध्यात्मिक शक्तिपुञ्ज हुनुहुन्छ, उहाँको आफ्नै प्रकारको संरचनागत विशिष्ट विशेषताका कारण कुनै बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नहुँदा नहुँदै पनि उहाँ भित्रैबाट नित्य निरन्तर रुपमा आफ्नै प्रकारको तापशक्ति पैदा भई विश्व ब्रह्माण्डको नजिक वा टाढा सबैतिर विखरित भइरहनु कुन आश्चर्यको विषय भयो र ? त्यसैले श्री सूर्यनारायणज्यूलाई कुनै धपधप गरी बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड होइन कि उपर्युक्त ताप शक्तिजन्य विशिष्ट विशेषता समेतले सहित भएका एकमात्र प्रभु परमात्मा परमेश्वररुपी चेतन तत्व अथवा उक्त बमोजिमका अलौकिक परम आध्यात्मिक शक्तिपुञ्ज नै हुनुहुन्छ भन्ने तथ्यलाई परम सत्य भनी हामी सबैले स्वीकार्नु नै पूर्णतया विज्ञान संमत कार्य ठहरिन जान्छ ।
(२४) कुनै पनि बलिरहेको भौतिक वस्तु चाहे त्यो ठोस होस् चाहे त्यो तरल अथवा ग्यास होस्, त्यसबाट उत्पन्न हुने तापशक्तिको कुनै व्यक्ति, वस्तु वा स्थानमा पर्ने प्रभाव त्यस बलिरहेको वस्तुको आयतन वा आकार र त्यसबाट प्रभावित हुने व्यक्ति, वस्तु वा स्थानसँगको दूरीमा निर्भर गर्दछ । यहाँ वर्तमानमा दूरीको सन्दर्भमा मात्र विचार गर्दा उक्त बलिरहेको वस्तु जो ताप शक्तिको स्रोत हो, त्यस स्रोत र त्यसबाट प्रभावित हुने व्यक्ति वस्तु वा स्थानबिचको दूरी कम भएमा उक्त स्रोतबाट आएको तापशक्तिको प्रभाव बढी र दूरी बढी भएमा प्रभाव कम पर्दछ । जस्तो कि कुनै बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट उत्पन्न आगोको ज्वालाको तापशक्तिको हामीमा पर्ने प्रभाव उक्त आगोको ज्वालाबाट हाम्रो दूरी कम भएमा (प्रभाव) बढी र दूरी बढी भएमा (प्रभाव) कम हुन्छ । यसकारण नै हो कि हामी घरमा बलिरहेको आगोको जति बढी नजिक जान्छौं उति नै बढी तातो लाग्छ र जति बढी टाढा जान्छौ उति नै बढी कमतातो अर्थात् उति नै बढी चिसो लाग्दछ । यदि श्री सूर्यनारायणज्यू साँच्चै नै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड भए उक्तबमोजिम नै उहाँको जति बढी नजिक गयो उति नै बढी तातो लाग्ने र उहाँबाट जति बढी टाढा गयो उति नै बढी कम तातो लाग्ने अर्थात् उति नै बढी चिसो लाग्नु हुनुपर्ने हो । परन्तु यसको ठिकविपरीत श्री सूर्यनारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसो लाग्दछ भने जति बढी टाढा गयो उति बढी कम चिसो अर्थात् उति बढी तातो लाग्दछ । त्यसै भएर नै हामी पहाडको जतिजति माथि चढ्छौँ त्यति त्यति नै बढी ठण्डा (चिसो) हावापानी पाउँछौं भने जतिजति तलतिर ओर्लिन्छौं त्यति त्यति नै बढी गरम (तातो) हावापानी पाउँछौँजबकि श्री सूर्यनारायणज्यू माथि आकाशमा हुनुभएका कारण पहाडको माथितिरको–टुप्पोतिरको भाग उहाँ श्री सूर्य नारायणज्यूको नजिक पर्दछ भने तलतिरको–फेँदीतिरको भाग स्वतः टाढा पर्दछ । यसै तथ्यलाई पुन प्रष्ट पार्दा यदि श्री सूर्य नारायणज्यू एउटा बलिरहेको ग्यासको भौतिक पिण्ड नै भए उहाँको अपेक्षाकृत बढी नजिक पर्ने पहाडको टुप्पोतिर अपेक्षाकृत बढी तातो (गरम) हावापानी र टाढा पर्ने फँेदीतिर चिसो (ठण्डा) हावापानी पाइनुपर्दथ्यो । होइन र ? तर हामी उक्त बमोजिम यसको विपरीत अवस्था पाउँछौं ।
त्यति मात्र होइन, श्री सूर्यनारायणज्यूको नजिक पर्ने पहाडको टुप्पोमा हिउँ–बरफ नजमी पग्लिनु पर्ने र त्यहाँको जमिन खाली हुनु पर्ने अनि त्यसको विपरीत उहाँ श्री सूर्यनारायणज्यूबाट टाढा पर्ने त्यस पहाडको तल फँेदीमा हिउँ जमिरहनुपर्नेमा हामी उक्त पहाडको टुप्पोमा हिउँ जमिरहेको र तल फँेदीतिरको भागको हिउँ पग्लीहिमनदी बनिरहेको पाउँछौं । आखिरी यी दुई प्राकृतिक अवस्थाले पनि श्री सूर्य नारायणज्यू कुनै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई उक्त प्रकारको तापशक्तिजन्य अलौकिक विशिष्ट विशेषतासमेतले सहित भएका एकमात्र परम चैतन्यस्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा अरु थप प्रमाणित हुन जान्छ । यसमा कुनै शङ्का–सन्देह गर्ने स्थान कत्ति पनि देखिँदैन । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क १२ (क्रमश)