फागु पर्वको सबैमा शुभकामना

मेचीकाली संवाददाता

२९ फाल्गुन २०८१, बिहीबार
60 shares

टेकराज पन्थी

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजनाअनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो ।

हिरण्यकश्यपुकी बहिनी होलीकालाई ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् । अग्निले पनि जलाउन नसक्ने वरदान पाएकी होलीकाले दाजुको आदेशअनुसार प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा भगवान विष्णुका परम् भक्त प्रह्लादलाई आगोले केही नगरी होलिका जलेर नष्ट भइन् । तर भगवान् विष्णुका परम भक्त प्रह्लादलाई केही भएन । होलीकाले ब्रह्माबाट प्राप्त बरदानको सदुपयोग गर्नुको सट्टा कसैलाई जिउँदै जलाएर मार्नका लागि उनले बरदानको दुरुपयोग गरेकी थिइन् । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । शक्तिको दुरुपयोग गर्ने, हिंसा गर्ने, अर्कालाई कष्ट पु¥याउने जस्ता गलत क्रियाकलापलाई अन्त्य होस् भन्नका लागि पनि होली पर्वको महत्व रहेको छ । त्रेता यूगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग पनि होली पर्वलाई जोडेर हेरिन्छ ।

त्रेतायुगमा सुवर्ण वस्त्रधारी हिरण्यकश्यपु राक्षस एक हिन्दू पौराणिक पात्र हुन् । होलिका हिरण्यकश्यपुकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू दिदी हुन् । ब्रह्माबाट प्राप्त वरदानको फाइदा उठाउँदै उनीले जलाएर मार्नको लागि आफू नग्न भएर विष्णुका भक्त रहेका प्रह्लादलाई आफ्नो काखमा लिएर आगोमा बसेकी थिइन् । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन् र विष्णुका भक्त प्रल्हादलाई केही नभएकोले घमण्ड धेरै दिन टिक्दैन भन्ने देखिन्छ । यही दिनको खुसियालीमा हिन्दू धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन् । यो चाडले वसन्त ऋतुको आगमनको शंखघोष पनि गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन् । असत्य माथि सत्यको जित भएको होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास रहेको छ ।

पछिल्लो समयमा होली पर्वलाई रमाइलो तरिकाले मनाउने गरेको पाइन्छ । फागु वा होला पर्व वसन्त ऋतुमा मनाइने हुँदा वसन्त पर्वका रूपमा लिने पनि गरिन्छ । होली रङ्गीन रङ्गहरूको चाड हो । विशेष गरी हिन्दूधर्मालम्बीहरू मात्र नभएर अन्य धर्म मान्नेहरू पनि होलीमा सहभागी भएको पाइएकोले यसलाई आपसी सद्भावको पर्व पनि मानिन्छ । नेपालमा परम्परागत विभिन्न कला र संस्कृतिले भरिएका चाडपर्वहरु मनाउने गरिन्छ । यस्तै फागुन शुक्लपूर्णिमाको दिन होली पर्व मनाउने गरिएको हो ।

होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरू लगाई दिएर एक अर्कालाई रङ्गीन बनाउँछन् । होली खेल्ने दिनभन्दा अघिल्लो दिन राती होलीका दहन गरिन्छ । होलीको अघिल्लो रातमा प्रह्लादलाई काखमा लिएकी होलिकाको एक माटोको मूर्ति तयार गरिन्छ । यो प्रतिमालाई दाउराको खातमा राखेर दहन गरिन्छ र प्रह्लाद बचेको अनि होलिका मरेको अनुभूति गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएकोले पानीमा रङ्ग घोलेर एक अर्का माथि रङ्ग फाल्ने पनि चलन छ । पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मानिस एक अर्कासँग मिल्ने दिन पनि हो । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले फगुआ पर्व पनि भनिन्छ । रङहरुको पर्व होली विशेष गरेर यस वर्ष फागुन २९ गते नेपालको पहाडी क्षेत्र र चैत १ गते तराई मधेशमा एक आपसमा रङ साटासाट गरेर मनाइन्छ ।

होली पर्वमा घरपरिवार, साथीभाइ, इष्टमित्रहरू, नातागोता आपसमा रङ्गमा रङ्गिएर उल्लासपूर्वक मनाउन्छ । फागुन शुक्ल पूर्णिमाको अवसरमा पहाडदेखि तराई मधेश र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । होलीको महत्व नबुझ्नेहरूले गलत रङ्ग बनाउने वा पानीमा विभिन्न केमिकल मिसाएर प्लास्टिकका पोका बनाएर हान्ने गरेको देखिन्छ । यस्तो गर्नु हँुदैन र गरेको पाइएमा कानुनी कारवाही हुने भएकोले सतर्क रहनुपर्दछ । होलीमा विभिन्न खाले विकृतिहरू पनि देखिन थालेका छन् । जबर्जस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृति गैह्र कानुनी भएकोले यस्तो कार्य नगर्न, नगराउन र गरेको पाइएमा कानुनी कारबाही हुनेछ ।

असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिने होली वा फागु पर्व मनाउन हामी सवैमा उत्साहका जागेको छ । आपसी वैमनस्यतालाई बिर्सेर एक अर्कासँग उमङ्ग र खुशी साटासाट गर्दै एक आपसमा मिलेर सुख, शान्तिको कामना गर्नु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव पनि हो । परम्परादेखि होली पर्वको माध्यमबाट भेटघाट, खुसी साटासाट गर्ने, रङ्ग लगाउने, आपसी सदभाव र शान्तिको कामना गर्ने दिन हो । विसं. २०८१ सालको होली पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, मेलमिलाप कायम गरी घमण्ड, शक्तिको दुरूपयोग र वैमनश्यताको अन्त्य भई सकारात्मक सोचको विकास होस् सबैमा हार्दिक शुभकामना छ । होली पर्वलाई शक्तिको दुरुपयोग गर्ने, हिंसा गर्ने, अर्कालाई कष्ट पु¥याउने जस्ता गलत क्रियाकलापको अन्त्य होस् र सवै खुसी छाओस् । यसो हुन सकेमा मात्र होली पर्वको वास्तविक पहिचान र महत्व भविष्यमा अज बढ्दै जानेमा विश्वास गर्न सकिन्छ ।