

बुटवल। लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा स्टार्ट अप कन्फ्रेन्स २०२५ सम्पन्न भएको छ । कार्यक्रममा कन्फ्रेन्स आयोजनाको उद्देश्यमाथि क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रकाश पारेका थिए । साथै उनले नेपाल सरकारले स्टार्ट अप नेसन २०३० कार्यक्रम मार्फत उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न पहलहरू गरिरहेको सन्दर्भमा लुम्बिनी वाणिज्य क्याम्पसले पनि सहकार्य गर्र्दै यो कन्फ्रेन्स आयोजना गरेको बताए । विद्यार्र्थीहरुलाई स्थानीय सिप तथा स्रोतसाधनको अधिकतम उपयोग गर्दै साना उद्यम सञ्चालनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्नको लागी क्याम्पसले काउन्सिलीङ प्लेसमेन्ट तथा उद्यमशीलता विकास सेल र इन्कुवेसन सेन्टरको स्थापना गरेको समेत उनले बताए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नेपालकै नमुना क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसले स्टार्ट अप कन्फ्रेन्स २०२५ को आयोजना गरी उदाहरणीय कार्य गरेको बताए । साथै उनले नेपालमा सम्भावनाका क्षेत्रहरु धेरै भएकाले विद्यार्थीहरुले आफ्नो रुचीको क्षेत्रमा योजना बनाई स्टार्ट अपका लागि अगाडि बढ्नुपर्ने र निरन्तर कर्ममा लाग्ने व्यक्ति नै सफल हुने भएकाले कर्ममा निरन्तरता अत्यावश्यक रहेको बताए ।
कन्फ्रेन्सका प्रमुख वक्ता एवं औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाडौका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले कन्फ्रेन्समा नेपालको सन्दर्भमा स्टार्ट अपको विगत, वर्तमान अवस्था र आगामी भविष्यका बारेमा चर्चा गरे । स्टार्ट अपका लागि नेपाल सरकारले गर्दै आएका प्रयासहरुको बारेमा समेत प्रस्तुतिकरण प्रस्तुत गरेका थिए । साथै उनले नेपाल सरकारले स्टार्ट अपका लागि दिने अनुदान, स्टार्ट अपको कार्यविधि, कानुनी प्रावधानहरु र योजनाहरुका बारेमा प्रकाश पार्दै अन्र्तक्रिया समेत गरे ।
‘सीपको खाडललाई पूरा गर्दैः औद्योगिक आवश्यकता पूर्ति गर्ने’ शिर्षकको प्यानल डिस्कसन सत्रमा प्यानलिस्ट चौधरी फाउन्डेसनकि प्रमुख सञ्चालन अधिकृत मेरिना रन्जित, प्यानलिस्ट स्किल ल्याव नेपालका प्रमुख कार्यकारी अधिकृत नन्द किशोर मण्डल, प्यानलिस्ट भू.पू. विद्यार्र्थी समाज लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष एवं उद्यमी अनिल प्रसाद श्रेष्ठ र सहजकर्ता भु.पू. विद्यार्र्थी समाजका सदस्य एवं बैंकर अर्जुन ज्ञवालीले छलफल तथा अन्र्तक्रिया गरेका थिए । जसमा स्टार्ट अप गर्ने सोचलाई सफल उद्यमीसम्म पु¥याउनका लागि शैक्षिक संस्थाहरुले पाठ्यक्रममा सिपयुक्त विषयहरु समावेश गर्नुपर्ने, स्टार्ट अपको क्रममा आउनसक्ने समस्याहरु, समस्याहरुका समाधानका उपायहरु, अवसर र चुनौतिहरुको सम्बन्धमा अध्ययनकोे विषय बनाइनुपर्ने, सफल उद्यमीहरूको सफलताको अनुभवबाट सिक्नुपर्ने ज्ञान र असफल भएका उद्यमीहरुबाट लिन सकिने पाठको बारेमा विद्यार्थीहरुमाझ छलफल गरिनुपर्ने निष्कर्ष निकालिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले स्टार्ट अपमा सबैले राम्रो गर्दछु, सफल हुन्छु भन्ने सोचका साथ सुरु गर्ने भएतापनि सबै सफल हुन नसक्ने तितो यर्थाथताका बिच विद्यार्थीहरुले अनुशासन, धैर्यता, लगनशिलता, प्रविधिको अधिकतम सदुपयोग, सकारात्मक सोचाईका साथ योजना निर्माण गरी स्टार्ट अपका लागि अगाडि बढ्नुपर्ने र सो कार्यमा क्याम्पसले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आजभोलि युवाहरुमा विदेशिने लहर चलिरहेको अवस्थामा यूरोपको विलासितापूर्ण जीवनयापनलाई त्यागी पाल्पा जिल्लामा रहेको गाँउको घर इको फार्मका सञ्चालक समुन्द्र घिमिरे क्षेत्री र उत्पादन तथा सेवा क्षेत्रमा आफ्नो व्यवसायीक यात्रालाई अगाडि बढाउनुभएका युवा उद्यमी इ–ड्राइभ लुम्बिनीका सञ्चालक राज कुमार गुप्ताले व्यावसायिक यात्राका सुरुका दिनहरु र हालको प्रगतिको बारेमा सहभागीहरु माझ उत्प्रेरणात्मक भनाईहरु राख्दै आ–आफ्नो अनुभवहरु शेयर गरेका थिए ।
संघसंस्थाको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले इच्छा शक्ति, धैर्यता र निरन्तरताबाट नै उद्यमशिलतामा सफलता हासिल गर्न सकिने बताए । स्याट संयोजक उपप्राध्यापक पुनाराम घिमिरेले लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकासका लागि गरेका प्रयासहरुको बारेमा प्रस्तुतिकरण प्रस्तुत गरेका थिए । कन्फ्रेन्सको सञ्चालन मुकुन्द ज्ञवालिले गरेका थिए ।